newsone

शेयर बजारमा सामान्य सुधार, कारोबारले साथ दिएन

newstwo शेयर बजारमा सामान्य सुधार, कारोबारले साथ दिएन

३० जेठ, काठमाडौं । शेयरबजारमा बढ्दो ब्याजदरको त्रास थपिदा कारोबारमा घटेको हो । बुधबारको बजार सामान्य बढेपनि कारोबार भने २१ करोडमै सिमित भयो ।  शेयरको लाभकर गणनाको बिषयमा सरकार र लगानीकर्ताबीचको किचलो अझै समाधान नभएको र बैंकहरुले धमाधम मुद्धती निक्षेपमा ब्याजदर बढाएका सूचनाहरु प्रकासित गर्दा कर्जाको ब्याजदर बढ्ने चिन्ता शेयर लगानीकर्तामा देखिएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अन्तिम तयारी गरिरहदा केही राहतको पर्खाइमा पनि लगानीकर्ता देखिएका बसझिन्छ । लगानीकर्ताले मार्जिन लेन्डिङ सिमा बढाउनका साथै बढ्दो ब्याजदर नियन्त्रणको माग अघि सारेका छन् ।

प्राथमिक बजारका ठुला निष्कासनले पनि लगानीकर्ताको ध्यान तानेको छ । बुधबारदखि मात्रै एनएमबि बैंकले एक करोड १४ लाख कित्ता एफपिओ निष्कासन गरेको हो ।

बुधबार नेप्से २।८१ अंकले बढेर १२४२।०७ अंकमा पुगेको छ । कारोबार समय अवधि भरी एउटै गतिमा चलेको नेप्सेमा १६२ कम्पनीहरुको १५ लाख ३२ हजार कित्ता सेयर २१ करोड ४८ लाख रुपैयाँ बराबरमा किनबेच भए ।
कारोबारमा आएका दश उप समूह मध्ये बीमा समूहको सूचक सबैभन्दा धेरै १८।६६ अंकले बढेको छ । त्यस्तै होटल समूहको १७।६४ अंकले बढ्दा उत्पादनमुलक,हाईड्रोपावर, विकास बैंक लगायत नौ उप समूहको सूचक सामान्य बढेको छ भने अन्य उपसमूहको सूचक घटेको छ ।

बुधबारको सेयर बजारमा ग्रामीण विकास लघु वित्तको सबैभन्दा धेरै एक करोड ३५ लाख ४४ हजार रुपैयाँको कारोबार भयो । बोनस सेयर संशोधन गरेको मेगा बैंकको सबैभन्दा धेरै ७८ हजार २२७ कित्ता सेयरको खरिद बिक्री भएको छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive