newsone

सीता दाहालको स्वास्थ्यमा सुधार

newstwo सीता दाहालको स्वास्थ्यमा सुधार

१७ असार, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थमा सुधार आएको छ । 

श्रीमती दाहाल यही असार ३ गते उपचारका लागि अध्यक्ष दाहालसँग सिङ्गापुर गएकी थिइन्। जलचिकित्सा र चिकित्सकको सुझावअनुसारको औंषधि सेवनले उनको स्वास्थ्यमा सुधार आएको छ । तीन महिनापछि उनी पुनः जाँचका लागि सिङ्गापुर जानुपर्ने छोरी रेणुले बताइन्। 
स्वास्थ्यमा सुधार आएपछि उहाँहरु आज राति काठमाडौँ आउँदै छिन् । उनीसंगै गएकी छोरी गंगा र भतिजा समीर यही असार १० गते नै फर्कि सकेकी छिन् । 

यसअघि नयाँ दिल्लीमा सीताको उपचार गरिएको थियो । छोरी रेणुका अनुसार भाइ प्रकाशको निधनपछि आमालाई समस्या देखिएको हो । त्यस अघिसम्म घरायसी सबै काम गर्नसक्ने आमा एकाएक भाइको निधनपछि कमजोर हुँदै गएको उनले बताए। उनलाई उच्च रक्तचाप, मधुमेहजस्ता समस्या रहेको बताइएको छ । रासस 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive