newsone

हाय् राजन, राजतन्त्रजस्तै तिम्रो सपनाको महल....

newstwo हाय् राजन, राजतन्त्रजस्तै तिम्रो सपनाको महल....

कीर्तिपुर, मंसिर २१ गते । हार निश्चित भएपछि नेपाली काँग्रेसका काठमाडांै १० का प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्रकुमार केसी (राजन केसी)लाई आफ्नै पार्टीका कार्यकर्ताहरुले समर्थन नगरेपछि एक्लिएका छन् ।
वि.सं २०६४ सालको निर्वाचनमा प्रचण्डसँग हारे पछि पार्टी टुुक्रिएको अवस्थामा २०७० सालको निर्वाचनमा जित्न पुगेका राजनलाई चारमहिनासम्म युवा तथा खेलकुदमन्त्री बने पनि यस क्षेत्रको जनताको भाग्य र भविष्य अन्धकारमा राखेको राजन विरोधी खेमा चर्चा हुन थालेको छ ।
उहाँलाई उनकै सहोदर दाजुभाईहरुले समेत पत्याउन छोडेका छन् । चोभारमा जन्मे पनि काठमाडांै क्षेत्र नम्बर ८स्थित सोल्टीमोडमा चारदशक घर बनाएर बसेको केसीले भूकम्प पीडितलाई आएको पैसाले आलिसान घर बनाएको स्वय्म काँग्रेसबृतमा ब्याप्त छ ।
विहानदेखि आफू हार्ने संकेत पाएपछि तिमिल्याएका केसीले विहानदेखि आफ्नै दाजु कृष्ण केसीलाई कीर्तिपुर नगरपालिका वडा नम्बर ७ मा चुनावी माहौल बनाउन खटाएका छन् । सबेरै काठमाडौं क्षेत्र नम्बर ८ स्थित सोल्टीमोडमा राजन केसीले भोट दिनु पर्ने भए पनि ‘आफू मरेपछि डुमै राजा’ भन्ने उखानलाई पछ्याउँदै नेपाली काँग्रेसका नविन्द्रराज जोशीलाई समेत भोट नदिएको जानकारीमा आएको छ । यस्को स्वतन्त्र पुष्टि भने हुने बाँकी छ ।
जित्न नसक्ने भएपछि हजार लिएर बजार तताउन पुगेका राजनलाई स्थानीय केही समर्थकबाहेकले तिम्रो पैसाले पुनः यस क्षेत्रमा अर्काे राजतन्त्र जन्माउनु छैन भनेर फिर्ता पठाएका छन् । जसको फलस्वरुप हिजो राती दक्षिणकाली नगरपालिकाको छैमलेमा वाम गठबन्धनका कार्यकता विष्णु तामाङलाई मरणासन्न हुने गरी खुकुरी प्रहार भएको छ । सोही क्षेत्रबाट एकहुल परिवर्तनको खोजीमा स्थानीय काँग्रेसका कार्यकर्ताहरु वामपन्थी बने पछि असह्य भएका काँग्रेसी कार्यकर्ताहरुले उनीमाथि ज्यान लिने गरी खुकुरी प्रहार गरेका थिए । घाइते तामाङको अस्पतालमा उपचार भइरहेको छ । घटना घटेपछि छैमले आसपासमा काँग्रेसी कार्यकर्ताहरुको भागदौड शुरु भएको त्यहाँका स्थानीय सञ्जिव लामाले जानकारी दिनुभयो ।
त्यसैगरी, मन्त्री बन्ने सुअवसर पाए पनि एकथरीका काँग्रेसहरुलाई मात्र पालित पोसित गर्न पुगेका राजन केसीलाई स्थानीय तरुण दलले जसरी पनि हराउने अभियानमा लागेको गोप्य स्रोतबाट जानकारी आएको छ भने राप्रपा नेपालले पनि लोकतान्त्रिक गठबन्धनभन्दा राष्ट्रियताप्रति वाम गठबन्धन देखिएको भन्दै वाम गठबन्धनका उम्मेदवार हितमान शाक्यलगायतलाई भित्री रुपमा सहयोग गरिएको कुरा बाहिर सार्वजनिक भएको छ ।
उसो त गठबन्धन बनेपछि २०७० को चुनाव अनुसार राजन केसीभन्दा वाम गठबन्धनको सातहजारको मत अन्तर छ भने २०७० को स्थानीय निर्वाचनमा पनि मयेर, उपमेयर वडा अध्यक्षमा सबैमा गरेर दशहजारको अन्तर रहेको छ ।
मातीतीर्थ, भत्केपाटी, थानकोट, दक्षिणकाली, ट्यांग्लाफाँटमा केही प्रभाव भएको राष्ट्रिय जनमोर्चाका प्रतिनिधिसभाका प्रत्यक्ष उम्मेदवार विष्णु कुँवरले सार्वजनिक रुपमा क.हितमान शाक्य, क. दिलिप महर्जन र क. रमा आलेमगरलाई समर्थन गर्दै सबै देशभक्त, वामपन्थी र परिवर्तनकामी जनतामा आह्वान समेत गर्नुभएको थियो ।
वाम गठबन्धन जित्ने पक्का भएपछि एकहुल काँग्रेस समर्थित युवाहरु राजन काकाले मन्त्री हुँदा त हाम्रो क्लबलाई केही गर्न सकेन, अब उहाँ हार्नुभएपछि हाम्रो झन् खराब दिन आउँछ भन्दै कीनपा–६का युवाहरुको हुलले क. हितमान शाक्य र क.दिलिप महर्जनलाई जिताउन कम्मर कसेर लाग्ने भन्दै बुथ बुथमा वामपन्थीमय बनाउँदै बसेका छन् ।  

 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive