newsone

ज्ञानेन्द्र अतिवादीहरुको शरणमा

newstwo ज्ञानेन्द्र अतिवादीहरुको शरणमा

काठमाडौं । पुर्वराजा ज्ञानेन्द्र शाह अतिवादीहरुको शरणमा पुगेका छन । अब कहिल्यै राजतन्त्र फर्किन नसक्ने गरी गणतन्त्र सँस्थागत हुन लागेपछि अन्तिम प्रयास भन्दै ज्ञानेन्द्र भारत प्रस्थान गरेका छन । उनले भारतमा अतिवादीहरुसँग भेट गरी गणतन्त्र सँस्थागत हुन नदिने योजना बनाएका छन । नेपालमा प्रधानमन्त्री शेरबहादुर देउवाले जनमत अनुसार सरकार छोडन आनाकानी गरिरहेको समयमा ज्ञानेन्द्रले नेपालमाथि दबाब दिने उद्देश्य अनुरुप भारत भ्रमण सुरु गरेका हुन । 

स्थल मार्गबाट भारत पुगेका ज्ञानेन्द्रले सोमबार भारतको उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन । मुख्य मन्त्री आदित्यनाथले ट्विटर मार्फत ज्ञानेन्द्रसँगको भेटको तस्बिर सार्वजनिक गरेपछि सो कुरा बाहिर आएको हो । उनीहरुबीच भएको कुराकानीको कुनै जानकारी नभए पनि भारत जानु अघि ज्ञानेन्द्रले हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन अन्तिम प्रयास गर्छु भनेर सहयोगीहरुसँग भनेकोले भेटमा त्यसैसँग सम्बन्धित कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ । उनले आदित्यनाथ मार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रभाबमा पारेर नेपालमा गणतन्त्र सँस्थागत हुन नदिने योजना बनाएका छन । एकातिर देउवाले जनमत अनुसार काम नगर्नु र अर्कोतिर ज्ञानेन्द्रले अन्तिम प्रयास गर्नुबिच कतै सम्बन्ध त छैन ? प्रश्न गर्नुपर्ने अबस्था सिर्जना भएको छ । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive