newsone

नेपालकै पहिलो श्वास प्रश्वास उपचारकेन्द्र तनहुँमा

newstwo नेपालकै पहिलो श्वास प्रश्वास उपचारकेन्द्र तनहुँमा

हरि अधिकारी/अमृता मगर 

दूलेगौंडा–तनहुँ । नेपालमै पहिलो पटक श्वास प्रश्वास सम्बन्धी उपचार गर्न तनहुँको दुलेगौंडामा श्वास प्रश्वास सम्बन्धी रोगको निदान गर्ने उद्देश्यका साथ जीपी कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र संचालन भईसकेको छ । यहाँ उपचारार्थ तनहुँ जिल्लाका साथै छिमेकी जिल्लावासी समेत आउने गरेका छन् ।

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको श्वास प्रश्वासको कारणले मृत्यु भएपछि नेपाली जनताले श्वासप्रश्वास  रोगले पिडित हुन नपरोस भन्ने सोच राखी स्थापित अस्पतालमा अहिले दिनहुँ सयौंका संख्यामा विरामी आउने गरेका छन् । यस केन्द्रमा श्वास प्रश्वास रोगको साथै अन्य सवै रोगहरुको समेत उपचार गर्ने गरिन्छ ।

नेपाल सरकारले तनहुँ जिल्लाको साविक दुलेगौंडा गा.वि.स., हाल शुक्लागण्डकी नगरपालिका वडा नं.५मा ७०० रोपनी जग्गामा अत्याधुनिक अस्पताल निर्माण गर्ने व्यवस्था गरी सकेको छ ।  प्रधानमन्त्री देउवाको पछिल्लो पटक भएको भारत भ्रमणमा यस सम्बन्धी सम्झौता भईसकेको छ ।

यस केन्द्रलाई प्रथम एकीकृत श्वास प्रश्वास सम्बन्धि सेवा दिने संस्थाको रुपमा विकास गर्ने  र श्वास प्रश्वास सम्बन्धी रोगको चाप कम गरी जीवनको गुणस्तर अभिवृद्धि गर्ने केन्द्रको रुपमा यसलाई अगि बढाउन खोजिएको छ ।

केन्द्रले हाल सेवाको निरन्तरता दिइरहेको छ भने नयाँ संरचनाको तयारी गरिरहेको छ । २०७३ आषाढ मसान्त सम्म सेतिगंगा सामुदायिक अस्पतालले दिदैं आएको दैनिक सेवालाई निरन्तरता दिइएकोमा अहिले सेवाको गुणस्तर र विरामीको उपस्थितिमा ब्यापक सुधार भईसकेको छ । हाल केन्द्रले बहिरङ्ग सेवा, आकस्मिक, अन्तरङ्ग, एक्स रे, ईसिजी, प्रयोगशाला, भिडियो एक्स रे, अस्थायी परिवार नियोजन, स्वास्थ्य विमितहरुलाई स्वास्थ्य, औषधी लगायतका प्रशासनिक कार्यहर नियमित गर्दै आइरहेको छ । 

यस उपचार केन्द्रलाई भविष्यमा अन्तर्राष्ट्रिय मापदण्डमा आधारित केन्द्रको रुपमा विकसित गर्ने लक्ष्यका साथ हाल प्रारम्भिक रुपमा २५ शैयावाट सेवा सुरु गरिएको छ ।  केन्द्रमा एउटा एम्बुलेन्स सञ्चालन गरिएको कारणवाट पनि विरामीहरुलाई सुविधा पुगेको स्थानीयहरुले बताउँछन् ।  

(स्थलगत रिपोर्टको आधारमा तयार पारिएको)
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive