newsone

सिर्जनशील पत्रकारिता पुरस्कार राससकर्मी शर्मालाई

newstwo सिर्जनशील पत्रकारिता पुरस्कार राससकर्मी शर्मालाई

बेनी, म्याग्दी । नेपाल पत्रकार महासंघ बागलुङले धौलागिरि क्षेत्रका पत्रकारमध्ये जेष्ठता, श्रेष्ठता र निरन्तरताका आधारमा प्रदान गर्ने नन्दहरि सिर्जनशील पत्रकारिता पुरस्कार यस वर्ष म्याग्दीका पत्रकार राससकर्मी धु्रवसागर शर्मालाई प्रदान गरेको छ । 

आइतबार बेलुकी बागलुङमा आयोजित एक समारोहमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले पत्रकार शर्मालाई नगद रु १५ हजार १५५ सहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभएको हो । 

२०६६ सालमा नेपाल पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष हरिनारायण गौतम र उहाँको परिवारले आफ्ना दिवंगत आमाबुबाको नाममा अक्षयकोष स्थापना गरी त्यसको ब्याजबाट हरेक वर्ष धौलागिरिका एक जना पत्रकारलाई पुरस्कार प्रदान गर्दै आउनुभएको छ । 

सो कार्यक्रममा युवा तथा खेलकुदमन्त्री विश्वकर्माले सामाजिक रुपान्तरण, विकास र जनतामा सकारात्मक सोच बृद्धिका लागि पत्रकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । विगतका निकै प्रतिकूल अवस्थाको पनि सामना गर्दै मोफसलमा बसेर दुई दशकभन्दा बढी निरन्तर पत्रकारिता गर्नु निकै चुनौतीपूर्ण रहेको बताउँदै मन्त्री विश्वकर्माले अब आर्थिक समुन्नतिका लागि पत्रकारले कलम चलाउनुपर्छ भन्नुभयो । 

सांसद, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, उद्योगी, व्यवसायी एवं सञ्चारकर्मी उपस्थिति सो समारोहमा पुरस्कृत शर्माले आफू अझै सक्रिय भएर पत्रकारितामा लाग्ने, विकास, समृद्धि र सकारात्मक सन्देश प्रवाह गर्ने समाचारलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive