newsone

पाँच वर्षपछि विश्वमा खाद्य संकट पर्नसक्छ

newstwo पाँच वर्षपछि विश्वमा खाद्य संकट पर्नसक्छ

व्यवसायी गोविन्द थपलिया

काठमाडौं । म्यानपावर व्यवसायीका रुपमा काम गर्दै आएका गोविन्द थपलिया ठूला कृषि व्यवसायी पनि हुन् । म्यानपावर व्यवसायमा डुबेर उनले यस क्षेत्रमा हात हालेका भने हैनन् । उनी त म्यानपावरमा सफल व्यवसायीका रुपमा पुरस्कृत भएका व्यक्ति हुन् । उनले कृषि व्यवसायमा जग्गाबाहेक ६ करोडभन्दा बढी लगानी गरिसकेका छन् । थपलियाले काभ्रे जिल्ला पाँचखाल नगरपालिकाको कास्कोटेमा ६० रोपनी भन्दा बढी जमिनमा तरकारी खेती, गाईभैसी र बंगुर पालनसँगै गरिरहेका छन् । आफ्नो कृषि व्यवसायबाट उत्पादित कृषि उत्पादन उनले स्वदेशी मात्र होइन, विदेशी उपभोक्तासम्म पु¥याउँदै आइरहेका छन् । उनले आफ्नो कृषि फर्मका उत्पादनहरु कतार एवम् दुवईसम्म निर्यात गरिरहेका छन् । पाँच वर्षदेखि काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा कृषि व्यवसाय गर्दै आएका उनै गोविन्द थपलियासँग गरिएको कृषि वार्ता –

तपाईलाई कृषि क्षेत्रले कसरी आकर्षित ग¥यो ?

– कृषि नै यस्तो क्षेत्र हो, जसले सम्पूर्ण मानवजातिको जीवन बचाउँछ । यसको बजार बढ्दै जान्छ । कृषि नै आउने दिनमा सबैभन्दा मुनाफामुलक व्यवसाय हुनेछ भनी डब्लुएफओ (World Food Organization) ले भनिसकेको छ । हरेक मानिसले दिनमा कम्तीमा पनि दुईपटक खानुपर्छ र त्यो खानाको श्रोत भनेकै कृषि हो । 

यो क्षेत्रमा प्रवेश गर्दा कस्ता किसिमका कठिनाइसित सामना गर्नुप¥यो ?

– यो क्षेत्र हाम्रो देशको हालको परिस्थितिमा अति नै जोखिमपूर्ण छ । बजार व्यवस्थित छैन् । सरकार अस्थिर छ । जनता अन्यौलमा छन् । तैपनि दिन÷ प्रतिदिन सुधारहरु भइरहेका छन् । हुँदै अगाडि बढ्नुको विकल्प छैन् । 

कृषि उत्पादन बढाउन र कृषिलाई दिगो विकास गर्न के गर्नुपर्ला ?

– कृषिमा दक्ष जनशक्ति उत्पादन गर्ने । राज्यले बजार विस्तार र व्यवस्थित गर्ने बेरोजगार नेपाली युवाहरु विदेशमा गएर काम गर्नुभन्दा स्वदेशकै माटोमा मेहनत गर्ने बानी बसाल्नु पर्दछ । निजी क्षेत्रलाई लगानी गर्ने वातावरण बनाउने काम पनि सरकारबाट हुनुपर्ने देखिन्छ । 

कृषि क्षेत्रमा कस्तो सम्भावना देख्नुभएको छ ?

– नेपाल जस्तो देश जहाँ ६३ प्रतिशत जनसंख्या कृषि क्षेत्रमा कार्यरत छन् भने यस क्षेत्रलाई उत्पादनमुलक बनाउन अति नै सजिलो छ । मात्र निजी क्षेत्र र सरकार दुवैको प्राथमिकतामा पर्नुप¥यो । त्यसपछि कृषि क्षेत्रको भविष्य उज्ज्वल छ । 

कृषि विकासका लागि के के कुरामा जोड दिनुपर्ला ?

– विश्वका सबै देशमा, विशेषगरी विकसित देशहरुमा यस क्षेत्रमा अनुदानको व्यवस्था छ । नेपालमा पनि कृषकहरुलाई आकर्षित गर्न अनुदानका क्षेत्रहरु तोकी सोको अनुमगन र प्राविधिक सहयोग दिनु अनिवार्य छ । यसैगरी व्यवसाय सम्बन्धी तालिम र प्राविधिक सहयोग राज्यबाट हुनु जरुरी छ । 

अन्त्यमा यस विषयमा थप केही भन्नु छ कि ?

– अबको पाँच वर्ष सन् २०२२ पछि विश्वका खाद्य संकट पर्नसक्छ । यो कुरा यस क्षेत्रका अन्तर्राष्ट्रिय संस्थाहरुले भनिसकेका छन् । सो अवस्थामा हाम्रो जस्तो देश जहाँ ६३ प्रतिशत जनसंख्या कृषिमा निर्भर छन्, तिनलाई उत्पादनमुखी बनाएर उत्पादन बढाउन सकियो भने हाम्रो देश खाद्यान्नमा आत्मनिर्भर हुनुको साथै विदेशमा निर्यात गरेर ठूलो धनराशी आर्जन गर्नसक्छ । यसबाट यस क्षेत्रमा लागेका उद्यमीहरुले पनि नाफा कमाउने अवसर पाउनेछन् । तसर्थ आजैबाट कृषिमा लगानी गरौं र कृषि उद्यमी बनौं १
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive