newsone

पूर्व उच्च प्रहरी अधिकारीहरु ठूलो शंकाको घेरामा  

newstwo पूर्व उच्च प्रहरी अधिकारीहरु ठूलो शंकाको घेरामा  

काठमाडौं । साढे तेत्तीस किलो सुन प्रकरणमा पक्राउ परेका प्रहरी अधिकृतसहितको पक्षमा लबिङमा उत्रिएका तीन पूर्व उच्च प्रहरी अधिकारी आफै बदनाम भएका छन् । उनीहरुले क्याविनेटले गरेको छानविन समितिका बारेमा सार्वजनिक रुपमा जुन प्रश्न उठाए, तिनै पछिल्लो समयमा धेरै ठूलो प्रश्नको घेरामा परेका छन् । उनीहरुको विगतका विवादास्पद छविले यो प्रकरणमा उनीहरु पनि मुछिएको आशंका गरिएको छ ।  

सनम शाक्य हत्याकाण्डमा प्रहरीको अन्डर कभर अपरेशनअन्तर्गत तत्कालीन महानगरीय अपराध महाशाखाका प्रमुख रहेका एसएसपी दिवेस लोहनी र प्रजित केसीले काम गरेको र उनीहरुलाई अनुसन्धान गर्नै नहुने र थुन्नै नहुने भन्दै गत हप्ता पूर्व एआईजी राजेन्द्रराज भण्डारी, पूर्व डीआईजीहरु रमेश खरेल र हेमन्त मल्लले छानिएका केही पत्रकारहरुलाई बताएका थिए । 

भेला आयोजना भएको दोस्रो दिन सुन तस्कर चुडामणि उप्रेती ‘गोरे’ सँग सनम हत्याको केश मिलाइदिन्छु भनेर रु दुई करोड लिने र गोरे तथा उनको समूहलाई इन्काउन्टर गर्ने एसएसपी दिवेश लोहनी र डीएसपी प्रजित केसीको फोन संवाद बाहिरिएसँगै भेला आयोजकहरुको मिशन समेत धरापमा परेको छ । 

भेलामा पूर्व एआईजी भण्डारी र डीआईजी रमेश खरेल त राजनीतिक दलका नेता, मन्त्रीहरुको उछितो काडेका थिए । दुबै जना आफ्नो ब्याचमा दुई नम्बरमा परी आईजीपी बन्न असफल उच्च प्रहरी अधिकारी हुन् । आईजीपी बन्नबाट वञ्चित बन्नुपरेको तुष बोकेर हिँडिरहेका उनीहरु अन्टसन्ट बोल्ने र आफूलाई मिडियामा छाइरहने प्रयासमा मात्र हुन कि सुन प्रकरणमा बेस्सरी मुछिएका हुन त्यो भने छानविन गरेपछि प्रमाणित हुन्छ ।  

अदालतमा बहस चलिरहेको र सो सम्बन्धी क्याविनेटबाट गठन भएको छानविन समितिले छानविन गरिरहेको अवस्थामा सरकारी पेन्सन खाइरहेका व्यक्तिले यसरी अन्टसन्ट बोल्दै हिँड्नुलाई अन्तर्राष्ट्रिय प्रचलन विपरीत मानिन्छ । छिमेकी भारतमै पनि यसरी बोले कडा कारवाही हुन्छ र त्यस्ता व्यक्तिले राज्यबाट पाउँदै आएको सेवा, सुविधा खोसिन्छ ।

सार्वजनिक भएको अडियो वार्तालापमा एउटामा गोरेको मोरङमा लगेर नक्कली इन्काउण्टर गरेर मार्ने तयारी गरिएको छ । अर्को अडियोमा हत्या गरिएका सनमको केश मिलाइदिए बापत रु दुई करोड दिनुपर्ने डिल भएको छ । यस्तै  केश मिलाउनकै लागि डीएसपी केसीले शवको प्रतिवेदनमा तस्कर गोरेको नाम कहीं कतै नराखेको स्पष्ट पारेका छन् । प्रतिवेदनमा नाम नराखेका कारण गोरेलाई अब कुनै कानुनी कारवाही नहुनेमा केसीले आश्वस्त तुल्याएका छन् ।

यसले सुन तस्कर समूहसँग एसएसपी लोहनी र उनको समूहको साँठगाँठ भएको प्रष्ट पार्छ । पहिला उनलाई पैसा खाएर बचाउन खोजिएको छ । पछि आफू फस्ने भएपछि तस्कर समूहलाई पक्राउ गरी सूचना लिनुको साटो इन्काउन्टर गर्ने तयारी गर्नुले घटनालाई थप रहस्यमय बनाएको छ । आफूहरु पुलिस भएको भन्दै चेकजाँच गर्ने नाममा अनामनगरबाट साढे तेत्तीस किलो सुन लुटिएको थियो । यसरी प्रहरी हौँ भन्दै सुन लुटिएकाले सुन लुट्ने समूह कतै लोहनीकै समूह त होइन भन्ने प्रश्न पत्रकारहरुबीच चलेको छ ।  

गोरेको समूहलाई इन्काउन्टरको नाममा मारेर हराएको सुनको खोजतलास नै बन्द गर्ने र सुन आफूले हात पार्ने योजनावद्ध कार्यमा एसएसपी लोहनीको समूहले काम गरेको त होइन ? अपराध अनुसन्धानको बिटमा कार्यरत कतिपय पत्रकारहरुको तर्क छ । ‘हामी यसलाई त्यसरी पनि अध्ययन गरिरहेका छौं’ ती पत्रकारहरुको भनाइ छ ।

 प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्माका भाइ र कल्याणकुमार तिमल्सिनाका भाइ समेत सुन तस्करहरुसँगको साँठगाँठमा रहेको छानविन समितिले पत्ता लगाएको छ । यस्तै पूर्व एआईजी नवराज ढकाल समेत तस्करको जालोसँग सम्पर्कमा रहने गरेको खुलेको छ । पूर्व प्रहरी अधिकारीहरु सुन छानविन समितिको विरुद्ध बोल्नुमा यही कारण त लुकेको  होइन भन्ने विषयमा समेत समितिले अनुसन्धान सुरु गर्नुपर्ने देखिन्छ । अनुसन्धानको दायरालाई अलि बढाएर जानुपर्ने धेरैको मत छ । 

सहसचिव ईश्वरराज पौडेलको नेतृत्वले सुन प्रकरणमा गरिरहेको छानविनले तार्किक निश्कर्षमा पुग्नै लाग्दा अँध्यारो कोठामा बसेर षडयन्त्र गर्नेहरु सतहमा आउने क्रम बढ्ने देखिन्छ । सुन प्रकरणको लहरो तान्दै जाँदा वरिस्ठ पत्रकार तथा आईएनजीओकर्मी कनकमणि दीक्षित र उनका टिममा रहेका केही पत्रकारहरु यसलाई सामसुम पार्न सक्रिय हुनु भनेको लामो समयदेखि सुन तस्करी पर्गेल्नै नसकिने भयाबह जालो रहेको गत हप्ता कनकमणि दीक्षितको संयोजनमा भएको भेलामा उपस्थित एक पत्रकारले बताए । समयबद्ध साप्ताहिकबाट 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive