newsone

पराजयपछि देउवा झन् बलिया

newstwo पराजयपछि देउवा झन् बलिया

काठमाडौं । चुनावमा पार्टीले पराजय बेहोरेपछि कांग्रेस सभापति शेरवहादुर देउवा पार्टीभित्र कमजोर हुँदै गएको अनुमान धेरैको छ । झट्ट हेर्दा यस्तो देखिए पनि कांग्रेसको पराजयसँगै सभापति देउवा पार्टीभित्र झन् बलियो हुँदै आएका छन् ।

१३ औं महाधिबेशन सम्पन्न हुँदाका बखत कांग्रेसका ७५ जिल्ला सभापतिमध्ये ४४ जना रामचन्द्र पौडेल पक्षमा, ३१ जना देउवा पक्षमा र ० जना सिटौला पक्षमा थिए । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको बेलासम्म यो अवस्था थियो । तर, चुनावी परिणामसँगै यो समिकरण फेरिएको छ । पौडेल पक्षले अघिल्लो साता जिल्ला सभापतिहरुलाई काठमाडौं बोलाएको थियो । तर, पौडेल समूहको आह्वानमा जम्मा २४  जना जिल्ला समापतिहरु मात्रै उपस्थित भए । 

समाचारस्रोतका अनुसार सिटौला समूहले पौडेल पक्षका २० जना जिल्ला सभापतिहरुलाई आफूतिर तानेका छन् । चुनावमा पराजीत भएर काठमाडौं फर्कना साथ सभापति देउवासँग ४४ करोड रुपैयाँ बुझेको चर्चापछि कांग्रेसभित्र रामचन्द्र पौडेलको पारो स्वाट्ठै घटेको हो ।  

नेपाली कांग्रेसको पार्टी पक्तिमा यतिबेला सभापति देउवाविरुद्ध निकै ठूलो आक्रोस छ । यो आक्रोसलाई उपयोग गर्दै पौडेल पक्षले नेतृत्व परिवर्तनका लागि पहल गर्ने अपेक्षा धेरैको थियो । तर, पौडेलले पैसा खाएर र महामन्त्री डा शशांक कोइराला दारु खाएर मस्तराम बनेपछि देउवालाई केही राहत   भएको भनेर कांग्रेसवृत्तमा चर्चा चलेको छ । तर, यो राहत देउवाका लागि पिसावको न्यानो हुने ठम्याइ युवा नेताहरुको छ ।

गत महाधिबेशनमा महामन्त्री पदमा चुनाव लड्दा करिव २५ प्रतिशत भोट प्राप्त गरेका गगन थापा यतिबेला देउवाको काउण्टरमा खडा भएका छन् । उनलाई पार्टीभित्रको निकै  ठूलो पंक्तिले साथ दिइरहेको छ । गगनलाई साथ दिइरेहका युवा नेताहरु लोभलालचमा परेनन् भने नेपाली कांग्रेस विशेष महाधिबेशनमा जाने र बिशेष महाधिबेशन पनि पार्टीको नेतृत्व गगन थापाले लिनसक्ने संभावना नजिकिएको छ ।

गगन थापा नेपाली कांग्रेसभित्र भारतीय लवीका सबैभन्दा सिपाही भएको उनका विरोधीहरुले भन्ने गर्छन । भारतले पहिले सूर्यप्रसाद उपाध्यायलाई नेपाली कांग्रेसमा फिट गराएको बताइन्छ । आफू बूढो भएपछि उपाध्यायले आफ्नो ठाउँमा अर्जुननरसिंह केसीलाई फिट गराएको कांग्रेसमा धेरै पहिलेदेखि चर्चा गन्छि । यतिबेला केसीको ठाउँ गगन थापाले लिएको चर्चा छ । उनीहरु नाताले ज्वाइँ–ससुरा हुन् ।

सूचना संकलनका लागि फिट गरिएको व्यक्तिलाई भारतले नेतृत्वमा पुग्न दिएको उदाहरण नेपाली कांग्रेसभित्र नभएको बताइन्छ । क्षमता र योग्यता हुँदाहुँदै पनि सूर्यप्रसाद उपाध्याय र अर्जुन नरसिंह केसीले अवसर पाएनन्, भनिन्छ । अब गगन थापाले पाउलान भन्ने आधार नभएको उनीहरुको भनाइ छ । तर, पार्टीभित्रको युवा पंक्ति गगन थापाको पक्षमा जवर्जस्त खडा भएको छ । देउवा, पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह एक ठाउँमा उभिएको अवस्थामा बाहेक गगनलाई कमजोर बनाउन मुश्किल पर्ने अवस्था एकातिर देखिएको छ भने अर्कोतिर आफ्ना लागि भोलिका प्रतिस्पर्धी गगन थापा नै हो भन्ने माइन्ड सेट बनाएर शेरबहादुर देउवाकी पत्नी आरजु राणा जोडघटाउमा लागिसकेकी छिन् । गगन ४० वर्षका भए भने आरजु ५४ वर्षकी भइन् । त्यसैगरी  पौडेल ७५ र देउवा ७४ वर्षका भए । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive