newsone

नेपाल हङकङसँग पराजित

newstwo नेपाल हङकङसँग पराजित

२७ असोज, काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले हङकङसँग ८३ रनको पराजीत भएको छ ।

शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको सन् २०१९ मा हुने विश्वकप छनोटको यात्रामा धक्का लागेको छ ।

त्यसमात्र होइन यस पराजयले ए डिभिजनमा रहेको नेपाली क्रिकेट बी डिभिजनमा घटुवा हुन सक्ने छ । विश्व च्याम्पियनसिपमा आइतबार नेपालले हङकङसँग दोस्रो खेल खेल्नेछ भने आगामी डिसेम्बरमा अन्तिम चरण अन्तर्गत युएईसँग खेल्दैछ । ती सबै खेलमा जित हासिल गरेपनि नेपालले शीर्ष चारमा रहन अन्य खेलको नतिजामा भर पर्नुपर्ने भएको छ ।

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive