newsone

क्रोएशिया विश्वकपको फाइनलमा, उपाधिका लागि फ्रान्ससँग भिड्ने

newstwo क्रोएशिया विश्वकपको फाइनलमा, उपाधिका लागि फ्रान्ससँग भिड्ने

इंग्ल्याण्डलार्इ २-१ ले पराजित गर्दै क्रोएशिया रुस विश्वकपको फाइनलमा प्रवेश गरेको छ। योसँगै फाइनलमा क्रोएशियाले अाइतबार उपाधिका लागि फ्रान्ससँगको भेट पक्का गरेको छ।

स्ट्राइकर मारिया मान्डजुकिकले अतिरिक्त समयको १ सय ९ औं मिनेट इभान पेरिसिकको फ्लिकमा निर्णायक गोल गरेका थिए। पाँच पटक विश्वकप खेलेको क्रोएशिया पहिलो चोटी विश्वकपको फाइनलमा प्रवेश गरेको हो। 

त्यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलको खेल निर्धारित समयमा १-१ को बराबरीमा रोकिएको थियो। खेलको पाँचौं मिनेटमा किरन ट्रिपरले फ्रिकिक मार्फत गोल गर्दै इंग्ल्याण्डलार्इ सुरुवाती अग्रता दिलाएका थिए। इभान रिकिटिकले डी बक्सबाहिर जोर्डन हेन्डरसनलार्इ लडाएपछि पाएको फ्रिकिकमा ट्रिपरले गरेको प्रहारले सिधै जाली चुमेको थियो। 

पहिलो हाफमा इंग्ल्याण्डले १-० को अग्रता बनाए पनि ६८ अौं मिनेटमा इभान पेरिसिकले क्रोएशियाबाट बराबरी गोल फर्काएका हुन्। सिमी भर्सजिकोले डी बक्समा उठाएर दिएको बललार्इ पेरिसिकले पोस्टको दिशा दिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो।पराजित इंग्ल्याण्डले भने अब तेस्रो स्थानका लागि शनिबार बेल्जियमसँग खेल्नेछ। 

 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive