newsone

कांग्रेसले बनायो १७ सदस्यीय संसदीय समिति, को – को परे ?

newstwo कांग्रेसले बनायो १७ सदस्यीय संसदीय समिति, को – को परे ?

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसले आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न केन्द्रीय संसदीय समिति गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले १७ सदस्यीय समिति गठन गरेको हो। 

१. सभापति शेरबहादुर देउवा, 
२. महामन्त्री शशांक कोइराला, 
३. बरिष्ठ नेता रामचन्द्र पौडेल, 
४. कोषाध्यक्ष सितादेवी यादव, 
५. खुमबहादुर खड्का, 
६. गोपालमान श्रेष्ठ, 
७. विमलेन्द्र निधि,
८. प्रकाशमान सिंह,
९. कृष्णप्रसाद सिटौला, 
१०. पूर्णबहादुर खड्का, 
११. रामशरण महत, 
१२. ज्ञानेन्द्रबहादुर कार्की, 
१३. महेश आचार्य, 
१४. प्रकाशसरण महत, 
१५. बालकृष्ण खाँड, 
१६. अर्जुननरसिह केसी र 
१७. चित्रालेखा यादव  

समितिले असोज २७ गतेसम्म प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने र देशभरबाट सिफारिस भएका नामहरुबाट चुनाव जित्न सक्नेलार्इ समितिले उम्मेदवार चयन गर्ने बताइएको छ ।

संसदीय समितिमा ९ औं बरियातका केवी गुरुङ, १५ औं बरियातका बलबहादुर के.सी., १७ औं नरहरि आचार्य, १८ औं बरियातका प्रदिप गिरी, २१ औं बरियातका रमेश रिजाल, २२ औं बरियातका नारायण खड्का, २३ औं बरियातका मिनेन्द्र रिजाल अटाउन सकेनन् भने उनीहरु सवैलाई पछि पार्दै २४ औं बरियातका प्रकाशशरण महतले बाजी मारेका छन् । 

कांग्रेसको विधान अनुसार संसदीय समितिमा ११ सदस्य मात्र राख्न सक्छन् भने पदाधिकारी नियुक्त गरेपछि पनि १४ सदस्य भन्दा बढी अटाउन सक्दैनन् । देउवाले आफ्नै पक्षका नेता ब्यवस्थापन गर्नकोलागि १७ सदस्य संसदीय समिति बनाएको श्रोतको दावी छ ।

संसदीय समितिमा भ्रष्टाचार ठहर भै जेल भुक्तान गरिसकेका र आगामी चुनाव लड्न नपाउने खुमबहादुर खड्का भने अटाएका छन् । 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive