newsone

वाणिज्य बैंकहरुको सुस्ताउँदो यात्रा

newstwo वाणिज्य बैंकहरुको सुस्ताउँदो यात्रा

काठमाडौं। पहिलो त्रैमासिक विवरण प्रकाशित गर्ने १६ वाणिज्य बैंकहरुको वित्तीय विवरण हेर्दा सुस्ताएको देखिन्छ । विगत वर्षमा प्रगतिपथमा देखिएका बैंकहरुलाई पनि यस आर्थिक वर्षको सुरुवातमा नै चुक्ता पुँजीको भारी बहन गर्न हम्मेहम्मे परेको देखिन्छ । चुक्ता पुँजी बृद्धि भए पनि पुँजी बृद्धिसँगै बैंकहरुले कार्यक्षेत्र विस्तार गर्न नसक्नु नै  बैंकहरुको सुस्ताउँदो यात्राको कारण देखिन्छ ।  

इन्भेष्टमेन्ट बैंकको पुँजी अन्य बैंकहरुको तुलनामा धेरै देखिन्छ । इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै चुक्ता पुँजी १० अर्ब ६२ करोड पु¥याएको छ भने अन्य ७ बटा बैंकहरु नविल बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, सनराइज बैंक, सिटिजन बैंक, सानिमा बैंक, एसविआई बैंकले ८ अर्बभन्दा बढी चुक्ता पुँजी पु¥याएको वित्तीय विवरण प्रकाशित गरेका छन् । केही बैंकले हकप्रद र बोनशको पुँजी बृद्धि समेटे तापनि केहीले समावेश गरेका छैनन् ।

चुक्ता पुँजीका आधारमा मात्र हेर्दा जनता बैंकले एक वर्षको अवधिमा सबैभन्दा धेरै पुँजी बढाएको छ । ग्लोबल आईएमई बैंकले एक वर्षको अवधिमा सबैभन्दा थोरै पुँजी बढाएको छ । जनता बैंकले २३९.५० प्रतिशतले पुँजी बढाउँदा ग्लोबल आईएमईले १३ प्रतिशत मात्र पुँजी बढाएको देखिएको छ । केही बैंकहरुले गत आर्थिक वर्षको बोनसलाई पुँजीकरण गरेका छन् भने अधिकांशले गरेका छैनन्  ।

इन्भेष्टमेन्ट बैंकले पहिलो त्रैमासिकमा ८९ करोड खुद नाफा कमाएर सबैभन्दा धेरै नाफा कमाउने बैंकमा आफूलाई उभ्याएको छ भने नविल बैंक प्रतिशेयर आम्दानीमा अब्बल देखिएको छ । नविल बैंकको पहिलो त्रैमासिकमा प्रतिशेयर आम्दानी ४१.१ प्रतिशत कायम रहेको छ  । नविललाई पछ्याउँदै एभरेष्ट बैंकले ३५.२२ प्रतिशत र इन्भेष्टमेन्ट बैंकले ३३.६९ प्रतिशत आम्दानी कायम गरेका छन् । सबैभन्दा कम प्रतिशेयर आम्दानी हुनेमा सनराइज बैंक ९.९९ प्रतिशत, मेघा बैंक ६.८८ प्रतिशत र जनता बैंक ३.७१ प्रतिशत रहेका छन् ।

सबै वाणिज्य बैंकहरुले प्रतिशेयर आम्दानीमा धेरै नै गिरावट आएको वित्तीय विवरण प्रकाशन गरेका छन् । यसमा एनएमबी बैंकको प्रतिशेयर आम्दानी सबैभन्दा कम अनुपातमा घटेको देखिन्छ । एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी पनि गत आर्थिक वर्षको तुलनामा ५४ प्रतिशतले घटेको देखिन्छ।  

जगेडा कोषको आकार सबैभन्दा धेरै बढाउनेमा पनि जनता बैंक पहिलो स्थानमा परेको छ । बैंक अफ काठमाडौंको जगेडा कोषको आकार भने घटेको छ ।  अधिकांश बैंकहरुको प्रतिशेयर नेट वर्थ घटेको छ । सनराइज, ग्लोबल र प्राइम बोहकका सबै बैंकको नेट वर्थमा गिरावट आएको छ । सिद्धार्थ बैंकको नेट वर्थ सबैभन्दा धेरै घटेको छ । ७ वटा वाणिज्य बैंकको खुद व्याज आम्दानी घटेको देखिएको छ । 

चुक्ता पुँजी बृद्धिको हतारोमा रहेका बैंकहरु चुक्ता पुँजीपछिको बजार ब्यवस्थापनमा भने असन्तुलित भएका छन् । सबै बैंकहरुको ओरालो लागेको वित्तीय विवरण आएपछि लगानीकर्ता  उत्साहित हुन सकिरहेका छैनन् । चुनावी माहोलले देश ढपक्कै ढाके तापनि लगानीकर्ता अलमलमा परेका छन् । लगानीकर्ता वित्तीय विवरण हेरेर निराश नै बनेका छन् । देशको पछिल्लो राजनीतिक माहोलले पनि लगानीकर्ता अलमलमा परेका हुन् । 

बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर दलहरु चुनाबमा होमिए तापनि आर्थिक एजेण्डा घोषणापत्रमा प्रष्ट पार्न नसक्दा अब बजारको रंग कस्तो हुने हो भन्नेमा लगानीकर्ता पर्ख र हेरको स्थितिमा रहेको बुझिन्छ । ठूला चाडवाडपछि चुनावी माहोल ह्वात्तै बढे तापनि लगानीकर्ता ढुक्क हुन नसकेकोले दोस्रो बजारले आकार लिन नसकेको हो । विशेषगरी दोस्रो बजारमा बाणिज्य बैंकको नै दवदवा रहेको र बैंकहरुको वित्तीय विवरण सोचेअनुरुप हुन नसकेपछि यसको असर धितोपत्र बजारमा देखिएको छ । 

पहिलो त्रैमासिक रिपोर्टको आधारमा अहिल्यै आत्तिइहाल्नु पर्ने अवस्था भने छैन । बैंकहरुले आउँदो दिनमा कस्ता विवरण प्रकाशित गर्छन्, राजनीतिले कस्तो प्रारुप तयार पार्छ भन्ने मुख्य विषय हुने हुँदा साना लगानीकर्ता आत्तिइहाल्नुपर्ने अवस्था छैन । दोस्रो बजारमा महंगो मूल्यमा उचालिएर किन्नुभन्दा राम्रा कम्पनीहरुको शेयर छानीछानी उठाउने यो सयम अनुकूल रहेको धितोपत्र बजारका जानकार बताउँछन् ।
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive