newsone

नागरिक समाजद्वारा नागरिक जागरण अभियान सञ्चालन गर्ने

newstwo नागरिक समाजद्वारा नागरिक जागरण अभियान सञ्चालन गर्ने

काठमाडौं । आसन्न प्रतिनीधिसभा र प्रदेशसभा निर्वाचनका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले कार्तिक महिनाभरि देशव्यापी रुपमा “नागरिक जागरण अभियान” सञ्चालन गर्ने भएको छ । राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रविन्दुमा राख्न राजनीतिक दलहरुलाई आग्रह गर्दै शान्ति समाजले २० बुँदे अवधारणा अघि सारेको छ भने राजनीतिक दल तथा उम्मेद्वारहरुबाट यस सम्बन्धमा स्पष्ट प्रतिवद्धताको अपेक्षा शान्ति समाजले गरेको छ । नागरिक जागरण अभियानका क्रममा समाजले अघि सारेका विषयहरुलाई आम नागरिक माझ पु¥याइने समाजले बताएको छ ।

राजनीतिक दलहरु, उम्मेद्वारहरु र नागरिक समाजमाझ जिल्ला जिल्लामा छलफल गरिने र जिल्लामा प्रतिवद्धता सभा समेत आयोजना गरिने बताइएको छ । नागरिक जागरण अभियानका क्रममा आयोजना गरिने कार्यक्रमहरुमा समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको समाजका महासचिव उत्तम पुडासैनीले बताएका छन् । 

नागरिक सेतु कार्यक्रम प्रारम्भ 

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका सन्दर्भमा मानव अधिकार तथा शान्ति समाजले नागरिक सेतु कार्यक्रम प्रारम्भ गरेको छ । यस क्रममा २०७४ असोज २५ गते साँझ काठमाण्डौँको जोरपाटीमा कोण सभा, शान्ति समाजको २० बुँदे अवधारणा पत्र वितरण र विचार गोष्ठी लगायतका कार्यक्रम सम्पन्न भएका छन् । 

असोज २५ गते साँझ जोरपाटी चोकमा कोण सभा कार्यक्रम सम्पन्न भएको छ कोण सभा अगाड “राष्ट्रिय स्वाभिमान, मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा र वातावरण संरक्षणलाई केन्द्रविन्दुमा राख्न राजनीतिक दलहरुलाई आग्रह” लेखिएको ब्यानिरसहित शान्ति समाजका सदस्य तथा शुभ चिन्तकहरु सम्मिलित जुलुस नारायणटारबाट प्रारम्भ भई जोरपाटी चोकसम्म पुगेको थियो भने शान्ति समाजले अघि सारेको २० बुँदे अवधारणा पत्र  १ हजार भन्दा बढी नागरिकलाई वितरण गरिएको थियो ।

यसैगरी शान्ति समाज काठमाण्डौ शाखाको आयोजनामा असोज २५ गते अपरान्ह् काठमाण्डौँमा “आगामि निर्वाचनमा शान्ति समाजको भूमिका” विषयक विचार गोष्ठी सम्पन्न भएको छ । आसन्न निर्वाचनका सन्दर्भमा शान्ति समाजले प्रारम्भ गरेको नागरिक जागरण अभियान अन्तर्गत देशव्यापी रुपमा नागरिक सेतु कार्यक्रम आयोजना गर्ने लक्ष्य रहेको छ । 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive