newsone

नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 

newstwo नेपाल पाँचौँ पटक बन्यो एसीसी यू–१९ च्याम्पियन, हङकङ ५ विकेटले पराजित 

काठमाडौँः एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ। हङकङले दिएको ७७ रनको लक्ष्य नेपालले १४।४ ओभरमा पूरा गर्दै हङकङलाई ५ विकेटले पराजित गर्दै नेपाल पाँचौँ पटक च्याम्पियन बनेको हो। । 

प्रनीत थापा मगरले १४औँ ओभरमा लगातार दुई छक्का प्रहार गर्दै नेपालको जित सुनिश्चित गरे। 

नेपालको इनिङमा कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २२ रन बनाए। यस्तै, ओपनर सन्दीप सुनारले १९ र अनिलकुमार साहले १६ रनको योगदान दिए। 

नेपालले १४औँ ओभरमा दुई विकेट गुमाएको थियो। बलिङतर्फ हङकङकका करनदीप सिंहले तीन विकट लिए। यसअघि मलेसियाको किन्नारा ओभलमा टस हारेर व्याटिङको निम्तो पाएको हङकङले ३२‍‍।१ ओभरमा अलआउट हुँदै ७६ रन बनाएको थियो। 

हङकङका लागि ओपनर हरप्रित सिंहले सर्वाधिक २० रन बनाए। मध्यक्रम र अन्तिमका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। 

बलिङतर्फ नेपालका साहब अलाम र सन्दीप लामिछानेले तीनरतीन विकेट लिए। यस्तै, अनिलकुमार साह र दीपेन्द्र सिंह ऐरीले एक विकेट लिए। हङकङका दुई ब्याट्सम्यान रनआउट भएका थिए। 
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive