newsone

नाथुलामा चीन र भारत आमनेसामने

newstwo नाथुलामा चीन र भारत आमनेसामने

 अञ्जली राई
भारत र चीनबीच डोकलाममा चीनको सडक निर्माणको विषयलाई लिएर तनाब बढेको छ । डोकलाम पठारी भू–भाग हो । उक्त स्थान दुवै देशका लागि सैनिक रणनीतिक दृष्टिले महत्वपूर्ण छ । यो भारतको सिक्किम, भुटान र चीनको सिमानामा पर्छ ।

डोकलाम नाथुला नाकामै पर्छ । यो नाकामा भारत र चीनबीच ३ हजार ५ सय वर्ग किलोमिटर भूभाग विवादित छ । यो विवादित क्षेत्रमा चीनले बनाउँदै गरेको बाटोलाई भारतीय सैनिकले अबरुद्ध गरेपछि दुवै देशबीच तनाब बढेको हो । त्यहाँ तनाब बढेपछि चिनियाँ सेनाले भारतीय सेनको ‘दुईवटा पोष्ट’ बुल्डोजर लगाई भत्काइदिएको छ । तर, दुवै सेना पोजिसनको रुपमा छन् । भारतीय सेनाले त्यहाँ मानबसाङ्लो बनाई सडक निर्माण गर्न बाधा पु¥याएको छ ।

अरुणञ्चलमा मात्र चीन र भारतबीच ९० हजार वर्ग कि.मी. जमिन भारततर्फ घुसेको चीनको दावी छ । यो विवादको कारण सन् १९६२ मा भारत र चीनवीच युद्ध भयो । उक्त युद्धमा भारततर्फ ठूलो क्षति भयो । यही कारण भारतका हालका रक्षामन्त्री अरुण जेट्लीले सन् २०१७ साल १९६२ जस्तो नभएको भन्दै चीनलाई चेतावनी दिएका छन् । त्यसबेला चीनसँग भारतको पराजयसँगै भारतको विस्तारवादी महत्वाकांक्षा खुम्चियो भन्ने भनाइ छ । 

भारत अहिले ‘इष्ट एक्ट’ रणनीतिमा छ । त्यही रणनीतिलाई कार्यान्वयन गर्ने भारतले आफ्नोतिर राज्यहरुमा ब्यापक रुपमा सैनिक दृष्टिले महत्वपूर्ण पुर्वाधारहरु निर्माण गर्दैछ । त्यही सिलसिलामा भारतले आसामको ‘रिमा सन्दिया’ नदीमा नौ कि.मी. लामो पुल बनाएको छ । यो पुल निर्माणपछि चीनसंग विवादित क्षेत्रमा सैनिक सामग्रीहरु पठाउन सक्छ । भारतका लागि उसका पूर्वी राज्यहरु काश्मिर जत्तिकै समवेदनशील छ । यो क्षेत्रमा अझै पृथकताबादी आन्दोलन छ । 

चीनले पनि यो विवादित क्षेत्रलाई अत्यन्त संवेदनशील क्षेत्र मानेको छ । यही कारणले चीनले नाथुलातर्फ रेलमार्ग निर्माण गर्दैछ । नाथुलासम्म रेलमार्ग आएपछि भारतको सिलगुढी कोरिडोर क्षेत्रमा चीनको पहुँच स्थापित हुनेछ । कुखुराको घाँटी आकारको यो क्षेत्र ‘सेभेन सिस्टर्स’ नामले पनि चिनिन्छ । यो करिडोर क्षेत्रमा चीनको पहुँच स्थापना हुनु भनेको बंगलादेश, भुटान, म्यानमार र माल्दिब्समा पनि चिनियाँ प्रभाव र पहुँच अधिक बढ्नु हो । 

भारत र चीनले यो विवादित क्षेत्रमा धेरै अगाडिदेखि नै सैनिक तैनाथी बढाएको छ । यो क्षेत्रमा दुवैतिरका सेनाबीच साधारण दोहोरो भिडन्त पटकपटक भइ रहन्छ । सन् १९६७ मा पनि यो भूभागको विषयलाई लिएर झण्डै दुई देशबीच युद्ध छेडिएको थियो ।

सन् १८९० मा चीन बेलायतबीच यो भूभागको विषयमा सन्धि भएको थियो । त्यो सन्धि हुँदा भारतको सार्वभौमसत्ता इष्टइण्डिया कम्पनीमा निहित थियो । त्यही कारण त्यस क्षेत्रका सीमा विवाद सम्बन्धमा भारतको तर्फवाट चीन बेलायतले चीनसँग सन्धी गरेको थियो ।

सन् १९५९ मा तत्कालीन भारतका प्रधानमन्त्री जवाहरलाल नेहरुले चिनियाँ प्रधानमन्त्री चाउएनलाई चिठ्ठी लेखी उक्त क्षेत्र चीनमा पर्ने कुरा स्वीकारेको दावी हालै चिनियाँ विदेश मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा बतायो । त्यसपछि अन्तर्राष्ट्रिय रुपमै चीनले त्यो क्षेत्र आफ्नो भएको दावी दृढतापूर्वक उठाइरहेको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लागि चीनसँगको यो विवाद भालुको कान भएको छ । चीनसँगै सैनिक रुपले जाइलाग्ने पक्षमा भारत अहिले छैन । किनभने काश्मिरको कारण थलथलिएको भारत युद्ध लडी अधिक नोक्सानी हुन चाहँदैन । भारतीय सेनालाई चिनियाँ सेनाको शक्ति राम्ररी नै थाहा छ । चीनले अहिले सैनिक आधुनिकीकरणमा ठूलो सफलता प्राप्त गरेको छ । चिनियाँ सैनिक शक्तिदेखि विश्व महाशक्ति राष्ट्रहरु पनि अहिले तर्सिन थालेका छन् । 

हालैमात्र चिनियाँ जलसेनाले आफ्नो आधुनिक युद्धपोत बनाई नैनाथी ग¥यो । दक्षिणी चिनियाँ सागरको सैनिक अखडाले अमेरिकालाई नै तर्साइरहेको छ । उक्त सागरमा विश्वलाई अचम्मित पार्दै मानब निर्मित टापु बनाएको छ । त्यस टापुलाई अमेरिकाले चर्को रुपमा विरोध गरिरहेको छ । 

चीन पनि भारतसँग लडाई लडी हाल्ने पक्षमा छैन । चीनले अहिले शान्तिपूर्ण निकास नीति अवलम्बन गरेको छ । यो नीति भनेको शान्तिपूर्ण रुपमा आफ्नो अडान राख्ने र जाइ नलाग्ने । तर, आइपरेमा पछि नहट्ने । विगतको युद्धको अनुभवको आधारमा यो नीति अबलम्बन गरेको चिनिया प्राध्यापकहरु बताउँछन् । विगतको युद्धमा चीनलाई फाइदा भन्दा बढी गुमायो रे । यही कारण भारतसँग युद्ध नै गरिहाल्ने पक्षमा चीन अहिले छैन । 

तथापि चीनले अहिले यो विषयमा होशियारीपूर्वक पाइला चालिराखेको छ । चीनले आफ्नो नागरिकहरुलाई भारत जाँदा साबधानी अबलम्बन गर्नु भनी सचेत गरिसकेको छ । अर्कोतिर, हिमाञ्चल प्रदेश हुँदै ५६ भारतीयलाई मानसरोबर तीर्थयात्रामा जानको लागि अनुमति दिएको छ ।

तर नाथुला नाका चाहिँ भारतीयहरुका लागि बन्द नै गरेको छ । नाथुला नाका हुँदै भारतीय हिन्दु तिर्थालु मानसरोबर जान्छन् । मानसरोबर तिब्बतमा पर्छ र त्यो स्थल हिन्दुहरुका लागि पवित्र स्थल भएकोले त्यहाँ जान मरिमेट्छन् । नेपालको बैतडी हुँदै पनि मानसरोबर जान मिल्छ । 

चीन र भारतबीचको सीमा विवाद टुङ्ग्याउन दुवै देशको सहमतिमा करिव २० वर्ष अगाडि नै संयुक्त कार्यदल बनेको छ । यो कार्यदलको नेतृत्व भारतको तर्फवाट राष्ट्रिय सुरक्षा सल्लाहकारले गर्ने चलन छ । चीनबाट चाहिं त्यस कार्यदलमा सार्वजनिक सुरक्षा विभागको प्रमुखले भाग लिन्छन । हालको विवादलाई थाती राखी यही कार्यदल मार्फत दुवै देशबीच सम्वाद संचालन हुन्छ । 

सन् १९६२ मा चीनसँग भारत पराजय भएपछि नेपाललाई सवैभन्दा ठूलो राहत भएको थियो । त्यही बेला नेपालले भारतीय सैनिक फिर्ता पठाउने निर्णय गरेको थियो । अहिले चीन र भारतबीच युद्ध भयो भने अप्रत्यक्ष रुपमा नेपालमा पनि त्यसको असर पर्नसक्छ ।  
 

newsthree

प्रतिकृया दिनुहोस्

newsfour
newsfive