categoryone

कम खान, बढी पिउन ओलीको निर्देशन   !

May 10, 2017 Posted by Jhilko.com
कम खान, बढी पिउन ओलीको निर्देशन   !

नेपाली बोलीचालीमा ठोस पदार्थलाई खानेकुरा भनिन्छ भने तरल पदार्थलाई पेयको रुपमा बुझिन्छ । ‘टुक्के–उखाने’ को पदवी पाएका एमाले अध्यक्ष के.पी. ओलीले फेरि एउटा गज्जवको कुरा गरेछन् । उनले आफ्ना कार्यकर्तालाई कम खान निर्देशन दिएछन् । ठोस कुरा धेरै खायो भने पचाउन गा¥हो पर्ला, चुनावको बेलामा छेरपाटी लाग्यो भने सडकतिर कार्यकर्ताले फोहोर गर्लान् भनेर ओली कामरेडले त्यसो भनेका हुन् भने त्यसलाई स्वाभाविक र स्वागतयोग्य नै मान्नु पर्ला । तर साङ्केतिक रुपमा ओलीले ठोस पदार्थ धेरै नखानू, तर...बाँकी

अविवेकी विवेकशील !

May 10, 2017 Posted by Jhilko.com
अविवेकी विवेकशील !

आफूलाई भ्रष्टाचारविरोधी बताउँदै गठन भएका विवेकशील दलको काठमाडौं मेयरकी उम्मेद्वारको भाषण सुनिनसक्नु हुन थालेको छ । हाम्रा गाउँमा टुप्पाबाट पलाएकोलाई टुप्पिएको भन्छन् । त्यसो भन्नुको अर्थ फेद छैन, जरा छैन एकैचोटि टुप्पामा पुग्नु भन्ने अर्थ लाग्छ । यो विवेकशील भन्ने दल पहिला कहिल्यै सुनिएको थिएन । दलहरुले परिवर्तनका लागि त्यत्रो जनयुद्ध लडे, जनआन्दोलन गरे– यो विवेकशील कता हराएको थियो । देश संघीय गणतन्त्रात्मक घोषणा भएपछि पनि थुप्रै राजनीतिक घटनाहरु भए । विरोध र समर्थनका स्वरहरु निस्किए ।...बाँकी

सर्वोच्चको आदेश

April 19, 2017 Posted by Jhilko.com
सर्वोच्चको आदेश

अरु देशमा जस्तै नेपालमा पनि सर्वोच्च अदालत भन्ने संस्था छ । मान्छेहरु न्याय नपाए न्यायालय अर्थात् अदालत धाउँछन् । यो जानेमानेकै कुरा भो । कुनै पनि देशको सर्वोच्च अदालत त्यस देशको कानुनको व्याख्या गर्ने सबैभन्दा माथिल्लो निकाय मानिन्छ । तर अहिलेसम्म बनेका कुनै पनि देशका कानुन शायद कुनै पनि देशको सर्वोच्च अदालतले बनाएको होइन होला । यो कानुन बनाउने, कार्यान्वयन गर्ने र व्याख्या गर्ने फरक फरक निकाय भएकै कारण विश्वका कयौं मुलुकहरुमा द्वन्द्व चर्किएका कुरा सुन्न पाइन्छ । अरु कुराहरु जस्तै कुनै पनि...बाँकी

समयबद्ध पत्रिका अघिअघि देश पछिपछि

April 19, 2017 Posted by Jhilko.com
समयबद्ध पत्रिका अघिअघि देश पछिपछि

यस समयबद्ध पत्रिका कहिलेकाहीं पढ्ने मौका पाएको छु । यसले पस्कने विचार, समाचार र विश्लेषणदेखि म निकै प्रभावित बनेको छु । पत्रिका पढेर बनाएको धारणा अनुसार नै देश चलेको मैले गम्भीर रुपले मनन पनि गरेको छु । समयबद्धले चैत्र २२ गते छापिएको ४४ अंकमा सहमतिको बाधक अब कांग्रेस मुख्य समाचार र तीन पेजमा छापिएको महेश भट्टराईको निर्वाचन विथोल्न चौतर्फी घेराबन्दी दुई पटक पढेको थिएँ । अहिले त्यस्तै भइरहेको छ । समयबद्ध पत्रिका अघिअघि देश पछिपछि भइरहेको महसुस मैले गरिरहेको छु । अहिले कांग्रेसले मधेसी मोर्चाको माग...बाँकी

बहादुर माओवादी, कायर माओवादी

January 19, 2017 Posted by Jhilko.com
बहादुर माओवादी, कायर माओवादी

ठाड्कानेलाई कुरा गर्न पनि अप्ठेरो लागिरा’छ । कुरा माओवादीकै हो । हिजो–अस्तिजस्तै लाग्छ, माओवादी भन्ने शब्द यस्तो थियो कि समाजमा कसैले गल्ती–फट्याइँ अथवा बेइमानी ग¥यो भने मानिसहरु माओवादीकाँ जान्थे । ‘पुरानो सत्ताको अदालतमा न्याय नपाए जनअदालत जानू’ भन्ने जनबोली बनेको थियो । भ्रष्टाचार, असत्य र झूठका विरुद्ध कोही लड्थ्यो भने माओवादी लड्थ्यो । गल्ती गर्नेहरु माओवादीको नामै सुन्दा अत्तालिन्थे । तर विडम्बना ! अहिले स्थिति अलि उल्टो जस्तो छ । अहिले हिजो माओवादी जेक...बाँकी

विप्लवको विप्लव !

January 19, 2017 Posted by Jhilko.com
विप्लवको विप्लव !

जुन कुरा विज्ञानले असत्य प्रमाणित गरेको छ, त्यसैलाई विश्वास गर्नु नै अन्धविश्वास हो । नेपाली समाजमा अझै पनि अन्धविश्वासको प्रभाव रहेको छ । शायद त्यसैको असर हुनुपर्छ, बेलाँ–बेलाँ हामीकहाँ विज्ञानले गलत सावित गरिसकेका विषय उठान गरेर असान्दर्भिक र अवैज्ञानिक हौवा फिंजाउनेहरु उम्रन्छन् । कतिपय वास्तविकता नबुझी दौडन्छन् । जे नहोस् भन्या, अहिले त्यस्तै एउटा घटना हुन लागेको छ । कुरा हो कमरेड विप्लवको । प्रचण्ड, वैद्य, वादलहरुले क्रान्ति नगर्ने भए भन्दै छुट्टै माओवादी पसल खोलेका कामरेड विप्लवले...बाँकी