categoryone

झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

October 06, 2017 Posted by Jhilko.com
झाडापखालाको प्रकोप, दर्जनौँ बिरामी

२० असोज, राजविराज । सप्तरीको दक्षिणी भेगमा रहेको बाढी प्रभावित तिलाठी कोइलाडी गाउँपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ ।  पछिलो पटक सो गाउँपालिकाअन्तर्गत सकरपुराका बाढीपीडितमा एक्कासि झाडापखालाको प्रकोप बढ्न थालेपछि त्यहाँ का दर्जनौँ सर्वसाधारण बिरामी परेका छन् भने आधा दर्जन सिकिस्त समेत भएका छन् ।  घर नजिकै रहेको नदीमा माछा मारेर खाँदा एक्कासि फैलिएको झाडापखालाको प्रकोपले तिलाठी कोइलाडी–३ सकरपुराका मनोज मण्डल र उनी श्रीमती गीतादेवी मण्डल सिकिस्त बिरामी परेकी छिन् । ...बाँकी

स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

September 25, 2017 Posted by Jhilko.com
स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन सरकारको आग्रह

९ असोज, काठमाडौँ । सरकारले नागरिकको स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकलाई सम्मान गर्दै स्वास्थ्य सेवा बन्द गर्ने निर्णय अविलम्ब फिर्ता लिन आन्दोलनरत चिकित्सक संघलाई आग्रह गरेको छ ।  आजको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संघले राखेका स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षालगायतका मागबारे आगामी मन्त्रिपरिषद्को बैठकबाट सम्बोधन गर्ने हुँदा स्वास्थ्य संस्था बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिए ।  सूचना तथा सञ्चार मन्त्री...बाँकी

भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

September 24, 2017 Posted by Jhilko.com
भरतपुर अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी

८ असोज, चितवन । पछिल्लो दशकमा बढ्दो समस्याका रुपमा रहेको मिर्गौलाका बिरामीका लागि मिर्गौला प्रत्यारोपणको काम यहाँको सरकारी अस्पताल भरतपुर अस्पतालले थाल्ने तयारी गरेको छ । कूल जनसंख्याको करिब १० प्रतिशतमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या हुने गरेको बताइन्छ । तिनीहरुमध्ये नेपालमा वर्षमा करिब तीन हजारलाई मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । राजधानीका चार अस्पतालले मिर्गौला प्रत्यारोपण गर्दै आएको भए पनि राजधानी बाहिर हालसम्म प्रत्यारोपणको काम नियमित भएको छैन । भरतपुर अस्पतालका मेडिकल सुपर...बाँकी

आजदेखि चिकित्सकहरु हड्तालमा

September 22, 2017 Posted by Jhilko.com
आजदेखि चिकित्सकहरु हड्तालमा

६ असोज, काठमाडौं  । नेपाल मेडिकल एसोसिएसन (एनएमए) र स्वास्थ्य मन्त्रालयबीचको वार्ता बिहीबार रातिसम्म पनि निष्कर्षबिहीन भएपछि आजदेखि देशभरका अस्पतालको सेवा प्रभावित भएको छ ।  मन्त्रिपरिषद् बैठकले चिकित्सकको लापरबाहीले विरामीको मृत्यु भएमा क्षतिपूर्ती चिकित्सकवाट नै भराउने गरी कानुन बनाउन स्वास्थ्य मन्त्रालयलार्य निर्देशन दिएसँगै चिकित्सकहरुले ७२ घण्टे अल्टिमेटम दिँदै निर्णय फिर्ता नभए आन्दोलन गर्ने बताएका थिए ।   बर्ता असफल भएपछि एनएमएले असोज ६ गतेदेखि  देशभरका सम्पूर्ण...बाँकी

सरकारी अस्पतालको बेहाल, निजी अस्पताल मालामाल !

September 19, 2017 Posted by Jhilko.com
सरकारी अस्पतालको बेहाल, निजी अस्पताल मालामाल !

३ असोज, सप्तरी। गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल राजविराज लथालिंग भएकाले त्यहाँ उपचार गराउने बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।  बिरामीको उपचार गर्ने सो अस्पताल अहिले आफैंं अस्वस्थ भएको स्थानीय बासिन्दाले बताएका छन् । उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेका छैनन् । सोही कारण अस्पतालमा आउने बिरामी निजी अस्पताल तथा क्लिनिकमा उपचार तथा प्रयोगशाला जाँचका लागि जान बाध्य भइरहेका छन् ।  विसं २०७३ मंसिरमा नेपाल सद्भा...बाँकी

जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग  गर्ने :

September 17, 2017 Posted by Jhilko.com
जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग  गर्ने :

हरि अधिकारी  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग गर्ने निश्चित भएसँगै स्थानीय जनता उत्साहित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नै भारतले उपचार केन्द्रलाई सहयोग गर्ने घोषणा भएको हो । भारतले यो सहित सहयोगको १० क्षेत्र समेत पहिचान गरेको छ । नेपाल र भारतको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तनहुँमा जीपी कोईराला नेशनल सेन्टर फर रेस्पिरेटरी डिज...बाँकी

बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

September 17, 2017 Posted by Jhilko.com
बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

१ असोज, दाङ,  ।  यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।  आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिए । उनीहरूको निःशुल्क आँखाको शल्यक्रिया गरिने नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवी रिजालले जानकारी दिए । रा...बाँकी

नेपालमा मृगौलारोगी बढ्दै 

September 13, 2017 Posted by Jhilko.com
नेपालमा मृगौलारोगी बढ्दै 

केही नभईकन अस्पताल गएर जँचाउने हामी नेपालीको बानी छैन । आफूलाई केही नभईकन कमैले मात्र नियमित स्वास्थ्य परीक्षण गर्ने गर्छन् । त्यसै गएर जचाउँदा कुनै नयाँ रोग पो देखा पर्ने हो कि भन्ने डरले पनि कतिपय नेपालीहरु अस्पताल गएर जँचाउन मन गर्दैनन् । किड्नी अर्थात् मृगौला शरीरको निक्कै महत्वपूर्ण अंगमध्ये एक हो । मृगौलाले शरीरमा रगत सफा गर्नेदेखि, हर्माेन बनाउने, खराव पदार्थलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । मृगौला फेल भइसकेपछि यसको उपचार सामान्य नेपालीलाई धान्न मुश्किल छ...बाँकी

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

September 11, 2017 Posted by Jhilko.com
भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

२६ भदौ, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।  भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा...बाँकी

सरकारी अस्पताललाई विश्वासगर्न मन्त्री पोखरेलको आग्रह

September 03, 2017 Posted by Jhilko.com
सरकारी अस्पताललाई विश्वासगर्न मन्त्री पोखरेलको आग्रह

१८ भदौ, काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताका छन् ।  मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किएका मन्त्री पोखरेलले मन्त्री भएर मात्र होइन आफूले पहिले पनि वीरमा भर्ना भएरै उपचार गराएको बताए । उनले सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आँफू हस्पिटल आएको उपचारपछि त्यही विश्वासलाई बलियो बनाएर घर फर्किदैं गरेको बताए ।  मन्त्री पो...बाँकी