categoryone

स्वास्थ्यकर्मी नहुँदा स्वाथ्य चौकी आउने बिरामी अलपत्र

July 26, 2017 Posted by Jhilko.com
स्वास्थ्यकर्मी नहुँदा स्वाथ्य चौकी आउने बिरामी अलपत्र

११ साउन, सल्लेरी (सोलुखुम्बु) । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्यकर्मी नहँदा उपचारमा कठिनाइ भएको छ । भौगोलिकरूपले विकट यस जिल्लाका अधिकांश स्वास्थ्य चौकीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा उपचारका लागि स्वाथ्य चौकी आउने बिरामी अन्यत्र धाउनुपर्ने भएको हो ।  लिखुपिके गाउँपालिका–५ स्थित भकाञ्जे स्वास्थ्य चौकी दुईजना एनएमको भरमा चलिरहेको छ । पाँचजना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि तीन जनाको पद रिक्त रहेको र भएका दुईजना पनि कहिलेकाहीँ बिदामा बस्दा आफूहरुले समयमा नै उपचार सेवा पाउन नसक...बाँकी

स्वास्थ्य सचिवका कारण एउटा स्थापित अर्धसरकारी संस्था धरापमा

July 25, 2017 Posted by Jhilko.com
स्वास्थ्य सचिवका कारण एउटा स्थापित अर्धसरकारी संस्था धरापमा

काठमाडौं । ५३ वर्षदेखि सञ्चालित एउटा स्थापित र नाफामा चलिरहेको अर्धसरकारी संस्था सचिव स्तरीय एउटा निर्णयबाट धरासायी हुँदैछ । स्वास्थ्य सचिव किरण रेग्मीले सरकारी अस्पतालमा आफ्नै औषधि पसल अनिवार्य राख्ने र त्यहाँ रहेका सबै निजी र अर्धसरकारी औषधि पसल यही आर्थिक वर्षबाट हटाउने भन्दै असार १६ गते कडा परिपत्र जारी गरेपछि अर्धसरकारी साझा स्वास्थ्य सेवा संकटमा परेको छ । साझा स्वास्थ्य सेवाले देशैभरि ३५ ठाउँमा जनतालाई सस्तो मूल्यमा औषधि बेचिरहेको छ । कतिपय सरकारी अस्पतालको हातामै उसको वर्षाैदेखिको संरच...बाँकी

गोविन्द केसीले शुरु गरे ११ औं अनसन 

July 24, 2017 Posted by Jhilko.com
गोविन्द केसीले शुरु गरे ११ औं अनसन 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. गोविन्द केसी ११ पटक अनसनमा बसेका छन् । चिकित्सा क्षेत्रको सुधारसँगै भ्रष्टाचारजन्य गतिविधिको विषयमा पटकपटक अनसन बस्दै आएका केसीले आफ्नो माग पूरा गर्न सरकार गम्भीर नबनेको भन्दै ११ पटक अनसन बस्न बाध्य भएको उनले बताए । डा. केसीले आफ्ना माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएका थिए। सरकारले माग सम्बोधन नगरेपछि डा. केसीले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमानसिंह भवनमा अनशन थालेका छ...बाँकी

विनाप्रत्यारोपण कलेजो उपचार

July 22, 2017 Posted by Jhilko.com
विनाप्रत्यारोपण कलेजो उपचार

कालिका खड्का ७ साउन, काठमाडौँ । “कलेजोमा समस्या भएर बाँच्ने आशा मरिसकेको थियो, आयुर्वेदिक औषधि पाएर अहिले ठीक भएको छ”, ७७ वर्षीया कपित्रामाया लिम्बूले सुनाए । तेह्रथुम पौठा–१ स्थायी घर भई हाल कोटेश्वर बस्ने लिम्बूले कलेजोमा समस्या भएर मेडिकेयर अस्पतालमा उपचार गराउनुभयो तर ठीक भएन । लिम्बूले भने, “रु छ÷सात लाख पनि सकियो अस्पतालमा, ठीक पनि भएन, आयुर्वेदिक औषधि पाएपछि अहिले ठीक छ ।” लिम्बूको शरीरमा रातो रक्तकोष कम हुँदै गएको थियो । ललितपुरस्थित कुप...बाँकी

नेपालमा नसर्ने रोगको विगविगी बढ्यो

July 21, 2017 Posted by Jhilko.com
नेपालमा नसर्ने रोगको विगविगी बढ्यो

कल्पना पौडेल ६ साउन, काठमाडौँ । सरकारले रोगको प्रकृतिमा परिवर्तन देखिन थालेपछि जनता स्वास्थ्य क्लिनिकको भौतिक पूर्वाधार निर्माणका लागि रकम पठाउन थालेको छ । पछिल्लो समय नसर्ने रोगको बिगबिगी बढ्न थालेपछि यसबारे जनतालाई सचेत गराउने उद्देश्यले काठमाडौँका  विभिन्न १० स्थानमा जनता स्वास्थ्य क्लिनिक खोल्ने लक्ष्य छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ  रोगको प्रकृतिमा परिवर्तन आएकाले पछिल्लो समय जीवनशैलीसँग सम्बन्धित रोग क्य...बाँकी

श्राद्धको प्रसाद खाँदा बिरामी

July 20, 2017 Posted by Jhilko.com
श्राद्धको प्रसाद खाँदा बिरामी

४ साउन, नुवाकोट । बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० जना बिरामी परेका छन् । बिरामीमध्ये १० जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई उपचारका लागि काठमाडाँै लागिएको छ । पिप्लेका भोजबहादुर आलेमगरको घरमा यही साउन १ गते श्राद्धको प्रसाद खाएपछि बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने समस्याले सिकिस्त भएपछि दुई परिवारका दश जनालाई आज बिहान एम्बुलेन्समार्फत काठमाडाँै लागिएको स्थानीय कृष्णप्रसाद लामिछानेले जानकारी दिए ।  बिरामी पर्नेमा धु्रबबहादुर लामा र कृष्णप्रसाद लामि...बाँकी

स्वास्थ्य सचिवको मिलेमतोमा करोडौंको सम्पत्ति झ्वाम 

July 20, 2017 Posted by Jhilko.com
स्वास्थ्य सचिवको मिलेमतोमा करोडौंको सम्पत्ति झ्वाम 

 किरण श्रेष्ठ तनहुँ । नेपाल सरकारको एक सचिव अध्यक्ष रहेको स्वास्थ्य संस्थाको चल तथा अचल सम्पति माफियाको मिलेमतोमा झ्वाम पार्दा पनि सम्वन्धित निकायले कुनै चासो राखेको छैन् । प्रमुख जिल्ला अधिकारी नै सदस्य रहेको संस्थाको सम्पत्ति माफियाको मिलेमतोमा ब्यक्तिले आफ्नो बनाएका हुन् ।  तनहुँको शुक्लागण्डकी नगरपालिका दुलेगौंडामा रहेको जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रको नगद तथा जमिनसमेत ब्यक्तिले आफ्नो नाममा पारेका छन् । मन्त्री परिषद्को निर्णयलाई समेत भूमाफियाहरुले चुनौती दिँदै...बाँकी

पूर्वराजा ज्ञानेन्द्रको नर्भिक अस्पतालमा उपचार हुँदै

July 19, 2017 Posted by Jhilko.com
पूर्वराजा ज्ञानेन्द्रको नर्भिक अस्पतालमा उपचार हुँदै

४ साउन, काठमाडौँ ।  पूर्व राजा ज्ञानेन्द्र शाहको भर्खरै एनजीओप्लाष्टी गरिएको छ । मुटुको धमनीमा अवरोध आएपछि अस्पताल भर्ना भएका पूर्वा राजा शाहको एनजीओप्लाष्टी गरेर अवरोध खोलिएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा डा। यादव भट्टको नेतृत्वमा डा। शिवजीविक्रम शिलवाल, डा। शेखर राजभण्डारी र डा। नमा श्रेष्ठको टोलीले एनजीओप्लाष्टी गरेको अस्पताल स्रोतले बताएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य समस्या देखिएका कारण आज विहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज...बाँकी

छोेरीले आफ्नो कलेजो दिएर बचाइन बाबुको जीवन

July 17, 2017 Posted by Jhilko.com
छोेरीले आफ्नो कलेजो दिएर बचाइन बाबुको जीवन

रमेश गिरी  भक्तपुर । बाबुआमाको कलेजोको टुक्रा हुन् छोराछोरी, छोराछोरीको कलेजोका टुक्रा हुन् बाबुआमा भन्ने भनाइलाई काठमाडौँ महानगरपालिका–१२, लगनटोलकी २४ वर्षीया सरिता महर्जनले चरितार्थ पारेकी छन्।  आज मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुरले यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा गत असार १८ गते आफ्नै कलेजो दिएर ५७ वर्षीय बाबु हीराकाजी महर्जनलाई बचाउने साँहिली छोरी सरिताले बाबुआमा पनि कलेजाका टुक्रा हुन् भन्ने भनाइलाई चरितार्थ पारेकी हुन्।  कलेजो प्रत्यारोपणपछि हीरा...बाँकी

भरतपुरमा अर्को ठूलो क्यान्सर अस्पताल

July 14, 2017 Posted by Jhilko.com
भरतपुरमा अर्को ठूलो क्यान्सर अस्पताल

चितवन । निजी क्षेत्रमा क्यान्सरको समेत उपचार गराइरहेको यहाँको एनपिआई नारायणी सामुदायिक अस्पतालले ठूलो लगानीमा छुट्टै क्यान्सरको विशेषज्ञ अस्पताल सञ्चालन गरिने भएको छ ।  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्व अध्यक्ष र कार्यकारी निर्देशक रहिसकेका डा भक्तमान श्रेष्ठको नेतृत्वमा रहेको नारायणी सामुदायिक अस्पतालले नेपालमै सबैभन्दा ठूलो लगानीमा अत्याधुनिक क्यान्सर अस्पताल सञ्चालन गर्न लागिएको हो ।  नारायणी सामुदायिक अस्पतालका कार्यकारी अध्यक्ष समेत रहनुभएका श्रेष्ठका अनुसार बर्...बाँकी