categoryone

नोबेलले थाल्यो नयाँ पद्दतिबाट उपचार : बिनाचिरफार मुखबाट निकालियो पित्त नलीको ढुङ्गा

January 01, 2019 Posted by Jhilko.com
नोबेलले थाल्यो नयाँ पद्दतिबाट उपचार : बिनाचिरफार मुखबाट निकालियो पित्त नलीको ढुङ्गा

१५ पुस, बिराटनगर। नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिनाचिरफार पित्त नलीको पथरिया (ढुङ्गा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्दतिमार्फत् मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको ढुङ्गा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुङ्गा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, बिनाचिरफार मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै ढुङ्गा निकाल्न थालिएपछि विरामीहरुलाई सहज भएको छ । यो प्रविधिबाट नेपालमा...बाँकी

नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचार: बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)

December 31, 2018 Posted by Jhilko.com
नोबेलले थाल्यो नयाँ पद्धतिबाट उपचार: बिना चिरफार मुखबाट निकालियो पित्त नलीको ढुंगा (भिडियोसहित)

   नोबेल शिक्षण अस्पतालमा नयाँ प्रविधिको प्रयोग गरी बिना चिरफार पित्त नलीको पथरीया (ढुंगा) निकाल्न थालिएको छ । ईआरसीपी उपचार पद्धतिमार्फत मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिको ढुंगा मुखबाटै सहज रुपमा निकाल्न थालिएको हो ।       सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नैपर्ने बाध्यता हुन्छ । तर, विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर मुखबाटै ढुंगा निकाल्न थालिएपछि बिरामीहरुलाई सहज भएको छ । य...बाँकी

पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य

December 31, 2018 Posted by Jhilko.com
पशु चिकित्सा पढाउने सबै क्याम्पस अयोग्य

  –नारायण अधिकारी  नेपालमा पशु चिकित्सा तथा पशुपालन शास्त्र (भेटेरिनरी) पढाउने सबै विश्वविद्यालयका क्याम्पसहरूले मापदण्ड पूरा गर्न नसकेपछि भर्ना लिन पाएका छैनन् । नेपाल पशु चिकित्सा परिषद्ले मापदण्ड पूरा गर्न नसकेपछि ती क्याम्पसको भर्नामा रोक लगाएको हो ।  त्रिभुवन विश्वविद्यालयको आफ्नै आङ्गिक क्याम्पस पक्लिहवा, कपिलवस्तु, कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुर, चितवन र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको नेपाल पोलिटेक्निक इन्स्टिच्यूट भरतपुर र हिमालयन कलेज...बाँकी

सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

December 31, 2018 Posted by Jhilko.com
सबै स्थानीय तहमा आयुर्वेद चिकित्सा सेवा पु¥याउन माग

   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।  योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु...बाँकी

अज्ञात रोगले एक हजार बाख्रा मरे

December 24, 2018 Posted by Jhilko.com
अज्ञात रोगले एक हजार बाख्रा मरे

 बाँकेको डुडुवा गाउँपालिका– ५ कम्दी गाउँमा फैलिएको अज्ञात रोगबाट एक हजारभन्दा बढी बाख्रा मरेका छन् ।  दैनिकजसो बाख्रा मर्न थालेपछि किसान चिन्तित भएका छन् । कम्दी गाउँका मात्रै एक हजारभन्दा बढी बाख्रा मरिसकेको वडाध्यक्ष पर्शुराम बुढाथोकीले जानकारी दिनुभयो ।  बाख्राको पेट फुल्ने, मुखबाट ¥याल छोड्ने, पातलो दिसा गर्ने ज्वरो आउने र मर्ने गरेको किसान सुकमाया बोहोराको भनाइ थियो । “बाख्रा पालेरै खर्च चलाउने हामीलाई ठूलो क्षति भयो, अझै कति बाख्रा मर्ने हुन् थाह छैन&rd...बाँकी

आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्

December 23, 2018 Posted by Jhilko.com
आलेख : ४ प्रतिशत मात्रै सुत्केरी हुन स्वास्थ्य संस्था पुग्दैनन्

कुनै बेला अन्धविश्वास र अशिक्षाका कारण जीवन मरणको पर्वाह नगरी घरमै जोखिमपूर्ण सुत्केरी हुने चलन थियो । अशिक्षित, गरीब परिवारमा मात्र नभई शिक्षित र धनीमानी परिवारमा पनि स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनुपर्छ भन्ने सोचाइ कमैमा थियो । यस्तो स्थिति रहेको पाल्पा जिल्लामा अहिले भने स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने महिलाको दर शतप्रतिशत नजीकै पुगेको छ । पछिल्लो तथ्याङ्कले जिल्लामा ९६ प्रतिशत महिलाहरु स्वास्थ्य संस्थामै पुगेर सुत्केरी हुने गरेको देखाएको छ ।  पहिले धेरै सुत्केरी महिला...बाँकी

बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो

December 23, 2018 Posted by Jhilko.com
बीस वर्षमा २१ प्रतिशतले पुड्कोपन घट्यो

बीस वर्षमा पाँच वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनको सङ्ख्या २१ प्रतिशतले घटेको छ ।  सन् १९९६ मा ५७ प्रतिशत बालबालिकामा रहेको पुड्कोपन हाल ३६ प्रतिशतमा झरेको नेपाल जनस्वास्थ्य प्रतिष्ठानले शनिबार सार्वजनिक गरेको ‘नेपालमा पुड्कोपना न्यूनीकरण अध्ययन’ प्रतिवेदनमा तथ्याङ्क उल्लेख छ ।  पछिल्लो समय बालबालिकाको पोषण, मातृशिशु स्वास्थ्य, आमाको खानपान, खानेपानी तथा सरसफाइमा सुधार, आमा सुरक्षा कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविकाको उदाहरणीय भूमिकाले नेपालले पुड्कोपना न्यूनीक...बाँकी

दैनिकी परिवर्तसँगै मधुमेहका रोगी बढ्दै

December 23, 2018 Posted by Jhilko.com
दैनिकी परिवर्तसँगै मधुमेहका रोगी बढ्दै

मानिसको दैनिकीमा आएको परिवर्तसँगै पछिल्ला दिनमा मधुमेह ९डायबिटिज० रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको चिकित्सकले औँल्याएका छन् ।  विशेषगरी शहरी क्षेत्रमा मदिरापान, धुम्रपान, चिल्लोपन तथा रातो मासुको प्रयोगले मधुमेह रोगीको सङ्ख्या बढ्दो क्रममा रहेको छ । शरीरको मोटोपनका कारण मुटु रोग तथा मधुमेहको जोखिम उच्च रहेको उहाँहरुले जनाएका छन् ।  डायबिटिज एण्ड र इण्डोक्राइनोलोजी एशोसिएशन अफ नेपाल र सिनर्जी कर्पोरेशनद्वारा संयुक्तरुपमा मधुमेह रोगसम्बन्धी आज यहाँ आयोजित ‘मधुमेह रोग’स...बाँकी

उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण

December 23, 2018 Posted by Jhilko.com
उपमहानगरद्वारा स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण

सङ्घीयता कार्यान्वयन सघैँ यहाँको उपमहानगरपालिकाले पहिलो पटक स्थानीय स्वास्थ्य ऐन तथा स्वास्थ्य नीति निर्माण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको स्वास्थ्य ऐन तथा नीति नगरसभाबाट समेत पारित गरेको छ ।  नागरिकको स्वस्थ रहन पाउने अधिकारलाई सुनिश्चित गर्दै उपमहानगरपालिकालाई ‘स्मार्ट हेल्थ सिटी’को रुपमा रुपान्तरण गर्ने लक्ष्य सहित आफ्नै स्वास्थ्य नीति पहिलोपटक निर्माण गरेको स्वास्थ्य शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिनुभयो ।  स्वास्थ्य नीतिअनुरुप उपमहानग...बाँकी

चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

December 21, 2018 Posted by Jhilko.com
चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु

लहान, ६ पुस  चिकित्सको लापरवाहीका कारण एक सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्त तथा स्थानीयवासीले सिरहाको लहानस्थित ओम गुरुकुल हेल्थ केयर प्रालि अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।  स्थानीय हेल्थ केयर प्रालिमा कार्यरत चिकित्सकको लापरवाही र त्रुटीपूर्ण शल्यक्रियाका कारण मिर्चैया नगरपालिका–११ निवासी २१ वर्षीया सञ्जु पासवानको मृत्यु भएको भन्दै मृतकका परिवारजन तथा स्थानीयवासीले लापरवाही गर्ने चिकित्सकमाथि कारवाहीको मागसहित प्रदर्शन गरेका हुन् ।  व्यथाले चयापेपछि...बाँकी