categoryone

सरकारी अस्पतालको बेहाल, निजी अस्पताल मालामाल !

September 19, 2017 Posted by Jhilko.com
सरकारी अस्पतालको बेहाल, निजी अस्पताल मालामाल !

३ असोज, सप्तरी। गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल राजविराज लथालिंग भएकाले त्यहाँ उपचार गराउने बिरामीहरु समस्यामा पर्ने गरेका छन् ।  बिरामीको उपचार गर्ने सो अस्पताल अहिले आफैंं अस्वस्थ भएको स्थानीय बासिन्दाले बताएका छन् । उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेका छैनन् । सोही कारण अस्पतालमा आउने बिरामी निजी अस्पताल तथा क्लिनिकमा उपचार तथा प्रयोगशाला जाँचका लागि जान बाध्य भइरहेका छन् ।  विसं २०७३ मंसिरमा नेपाल सद्भा...बाँकी

जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग  गर्ने :

September 17, 2017 Posted by Jhilko.com
जीपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग  गर्ने :

हरि अधिकारी  तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ मा रहेको जिपी कोईराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई भारत सरकारले सहयोग गर्ने निश्चित भएसँगै स्थानीय जनता उत्साहित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा नै भारतले उपचार केन्द्रलाई सहयोग गर्ने घोषणा भएको हो । भारतले यो सहित सहयोगको १० क्षेत्र समेत पहिचान गरेको छ । नेपाल र भारतको संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तनहुँमा जीपी कोईराला नेशनल सेन्टर फर रेस्पिरेटरी डिज...बाँकी

बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

September 17, 2017 Posted by Jhilko.com
बाढीपीडित क्षेत्रमा निःशुल्क आँखा शिविर

१ असोज, दाङ,  ।  यहाँका बाढीपीडितलाई मध्यनगर गर्दै निःशुल्क आँखा शिविर गरि २१४ जनाको आँखा जाँच गरिएको छ । नेपाल नेत्रज्योति संघ दाङकोे आयोजना तथा राप्ती आँखा अस्पताल रक्षाचौरको प्राविधिक सहयोगमा तुलसीपुर–१३ फूलबारीमा शनिबार एकदिने निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।  आँखा जाँच गरिदा १५ जनाको आँखामा मोतियाबिन्दु देखिएको नेत्र सहायक रोहित कडायतले जानकारी दिए । उनीहरूको निःशुल्क आँखाको शल्यक्रिया गरिने नेत्रज्योति संघ दाङका सहसचिव चिरञ्जीवी रिजालले जानकारी दिए । रा...बाँकी

नेपालमा मृगौलारोगी बढ्दै 

September 13, 2017 Posted by Jhilko.com
नेपालमा मृगौलारोगी बढ्दै 

केही नभईकन अस्पताल गएर जँचाउने हामी नेपालीको बानी छैन । आफूलाई केही नभईकन कमैले मात्र नियमित स्वास्थ्य परीक्षण गर्ने गर्छन् । त्यसै गएर जचाउँदा कुनै नयाँ रोग पो देखा पर्ने हो कि भन्ने डरले पनि कतिपय नेपालीहरु अस्पताल गएर जँचाउन मन गर्दैनन् । किड्नी अर्थात् मृगौला शरीरको निक्कै महत्वपूर्ण अंगमध्ये एक हो । मृगौलाले शरीरमा रगत सफा गर्नेदेखि, हर्माेन बनाउने, खराव पदार्थलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । मृगौला फेल भइसकेपछि यसको उपचार सामान्य नेपालीलाई धान्न मुश्किल छ...बाँकी

भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

September 11, 2017 Posted by Jhilko.com
भाइरलको संक्रमण बढेपछि गाउँमै स्वास्थ्य शिविर सञ्चालन

२६ भदौ, डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा भाइरलजन्य रोगको संक्रमण बढेपछि गाउँपालिकाले आइतबारदेखि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।  दुर्गममा रहेको वर्षात्का कारण गाडी चल्न नसकेपछि भागेश्वर गाउँपालिकाको वडा नं ५ का विभिन्न गाउँमा भाइरलजन्य रोगका बिरामीको सहज उपचारका लागि भन्दै गाउँमै स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । भागेश्वर गाउँपालिकाको आयोजनामा वडा नं ५ को चौगाउँमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।  भागेश्वर गाउँपालिका अध्यक्ष कौशिला भट्टको विशेष पहलमा...बाँकी

सरकारी अस्पताललाई विश्वासगर्न मन्त्री पोखरेलको आग्रह

September 03, 2017 Posted by Jhilko.com
सरकारी अस्पताललाई विश्वासगर्न मन्त्री पोखरेलको आग्रह

१८ भदौ, काठमाडौँ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले सरकारी अस्पताललाई विश्वास गरी सबै खाले व्यक्तिले उपचार गराएर सक्षम बनाउनुपर्ने बताका छन् ।  मौसमी रुघाखोकीको समस्या देखिएपछि करिब एक साता वीर अस्पतालमा उपचार गराएर आज घर फर्किएका मन्त्री पोखरेलले मन्त्री भएर मात्र होइन आफूले पहिले पनि वीरमा भर्ना भएरै उपचार गराएको बताए । उनले सरकारी अस्पतालले गुणस्तरीय सेवा दिन्छन् भन्ने विश्वास लिएर आँफू हस्पिटल आएको उपचारपछि त्यही विश्वासलाई बलियो बनाएर घर फर्किदैं गरेको बताए ।  मन्त्री पो...बाँकी

काठमाडौंमा असामान्य रुपमा स्क्रब टाइफसको विरामी बढे 

September 01, 2017 Posted by Jhilko.com
काठमाडौंमा असामान्य रुपमा स्क्रब टाइफसको विरामी बढे 

१६ भदौ, काठमाडौं । विगत वर्षहरुमा भन्दा यस वर्ष काठमाडौंमा स्क्रब टाइफसको विरामी बढी देखिएका छन् ।  उपत्यकामा गएको दुइ हप्ता भित्र  १०० जना भन्दा बढीमा स्क्रब टाइफस देखिएको छ । काठमाडौंमा प्राय सवैजसो अस्पतालमा स्क्रब टाइफसका विरामी भेटिएका छन् ।  स्क्रब टाइफस  सरुवा रोग हो । काठमाडौं बाहिर नगएकालाई समेत स्क्रब टाइफस देखिएको छ । काठमाडौंको ग्रामिण क्षेत्र भन्दा पनि शहरी क्षेत्र भित्रै स्क्रब टाइफसका विरामी भेटिएका छन् ।  यस्को मुख्य लक्ष्णहरुमा अत्यधिक ज्वरो आउनु,...बाँकी

ज्योति फर्कने आशामा प्रगति

August 30, 2017 Posted by Jhilko.com
ज्योति फर्कने आशामा प्रगति

उनको ठूलो सपना थियो, साझा सपना थियो, सबैलाई उज्यालो दिने । खुशी छाउने । त्यही सङ्कल्प पूरा गर्न सामूहिक अभियानमा हिंड्दा उनको एउटा आँखा नै अपाङ्ग भयो । एउटा आँखा त उनको पहिला नै बन्द भइसकेको थियो ।  बाल्यकालमा नै बन्द भइसकेको प्रगतिको आँखाको उपचारको सम्भावना अब छैन । पछि बिग्रिएको आँखा बनाउन सम्भव छ । यसका लागि उनी बेस्सरी नै भिडिरहेकी छिन् । सबैतिर भौंतारिंदै हिंडिरहेकी छिन् । सहयोगका लागि याचना गरिरहेकी छिन् । उनीसँगै उनका श्रीमान् विहानी विक पनि लागिपरेका छन् । लामो समय उनीहरुका लागि...बाँकी

भाइरल ज्वरोले बिरामी तेब्बर

August 29, 2017 Posted by Jhilko.com
भाइरल ज्वरोले बिरामी तेब्बर

१३ भदौ, अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको संख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ ।  हाल दैनिकरुपमा जिल्ला अस्पतालको ओपिडीमा १२० देखि १५० भन्दा बढी र इमर्जेन्सीमा दैनिक ५० देखि ७० जना गरी २०० देखि २२० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका डा जगन्नाथ तिवारीले बताए । १५ श्ययाको जिल्ला अस्पतालमा भुईंम...बाँकी

देशैभरि भाइरल ज्वरोको प्रकोप

August 28, 2017 Posted by Jhilko.com
देशैभरि भाइरल ज्वरोको प्रकोप

काठमाडौं । मौसमी भाइरले देशैभरि विरामीको संख्यामा वृद्धि भएको छ । त्यसमा पनि केही दिन पहिला तराईको क्षेत्रमा आएको बाढीको कारण त्यस क्षेत्रमा भाइरल ज्वरोले अत्याधिक संख्यामा विरामीको चाप बढिरहेको छ । भाइरलले बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित बनाएको छ । निमोनियाँ, रुघाखोकी र ज्वरो कतिपयको ज्यान समेत जाने गरेको छ । केही दिन अघि ताप्लेजुङ्गजिल्लामा दुई महिलाको मृत्यु भएको छ । ज्वरोले थलिएर वसन्तपुर मुसाङखेलकी ५५ वर्षीया कलीमाया कार्कीको शुक्रबार र फुलेककी ४० वर्षीया कृष्णमाया सुवेदीको मृ...बाँकी