categoryone

डा. गोविन्द के.सी. जहाँ अनसन बस्छन्, म त्यहीं बस्छु

January 17, 2017 Posted by Jhilko.com
डा. गोविन्द के.सी. जहाँ अनसन बस्छन्, म त्यहीं बस्छु

सामाजिक अभियन्ता चैतन्यप्रकाश मैनाली यतिवेला डा. गोविन्द केसीको अभियानको विरोधमा खुलेर लागेका छन् । डा. गोविन्द केसी जुन प्रयोजनका लागि महाराजगंजस्थित टिचिङ अस्पतालमा १० औं अनशन बस्दै थिए, त्यसकै विरोधमा उनी झापामा अनशन बसिरहेका थिए । डा. केसी सरकारले उनले उठाएका माग पूरा नगरेको, गद्धारी गरेको भन्दै आन्दोलनको चेतावनी दिइरहँदा केसीको विपक्षमा चैतन्यप्रकाश मैनाली पनि कुर्लिरहेका छन् । डा. केसीले जुन तरिकाले आन्दोलन गर्दैछन, त्यही तरिकाले प्रतिवाद गर्न चैतन्यप्रकाश मैनाली तयार भ...बाँकी

बाह्य शक्तिको आडमा मधेसी जनता हिड्छन् भन्नु अतिवादी सोंच

December 02, 2016 Posted by Jhilko.com
बाह्य शक्तिको आडमा मधेसी जनता हिड्छन् भन्नु अतिवादी सोंच

नयाँ संविधान त्रुटीपूर्ण रहेको भन्दै संविधान संशोधनको माग राखी मधेसमा अधिकार प्राप्तिको लागि आन्दोलन चल्यो । अहिले संविधान संशोधन पनि हुने भएको छ । यसलाई कसरी लिनु भएको छ ? मुलुकमा राजनीतिक परिवर्तनका लागि चलेका विभिन्न आन्दोलनहरु आमजनताको शासन सत्तामा समान पहुँच र अधिकारकै लागि भएका हुन् । मधेस आन्दोलन पनि त्यसकै एक कडीको रुपमा आएको हो ।  विभेदमा परेका उत्पीडित समुदायका जनताको लागि नयाँ बन्ने संविधानले सम्बोधन गर्नेछ र त्यसमा आफ्नो हक अधिकार सुनिश्चित हुने नै छ भन्ने अपेक्षालाई प्राप...बाँकी

नेपालले भारतलाई “फेस सेभ” गर्ने मौका दिनुपर्छ

December 09, 2015 Posted by Jhilko.com
नेपालले भारतलाई “फेस सेभ” गर्ने मौका दिनुपर्छ

भारतीय पत्रकार विशाल अरोराले दुई हप्ताअघि ‘रिप इण्डियन इन्फ्लुयन्स इन नेपाल’ शीर्षकमा नेपालमाथिको नाकाबन्दीबारे एउटा लेख लेखे । त्यो लेखमा पत्रकार अरोराले भारतले नाकाबन्दी गरेर कूटनीतिक रुपमा आत्महत्या गरेको र नेपालमा आफ्ना मित्रहरु गुमाउँदै गएको तर्क गरेका छन् । तर, त्यो लेख उनको र त्यसलाई शेयर गर्नेहरुको फेसबुक पेजबाट एक्कासी हटाइयो । भारत सरकारले नै त्यसो गरेको अनुमान छ । यो लेख लेखेपछि पत्रकार अरोरा केही दिनका लागि काठमाण्डौ आएर रिपोर्टिङ गरेर फर्के । भारतीय म्यागेजिन ‘दि क...बाँकी

राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई अलग्याएर सोच्नै सकिन्न

February 03, 2016 Posted by Jhilko.com
राष्ट्रियता, जनतन्त्र र जनजीविकालाई अलग्याएर सोच्नै सकिन्न

अध्यक्ष कमरेड, देशको विषम परिस्थितिमा सचिवालयको वैठक भयो । वैठकले के कस्ता निर्णयहरु ग¥यो ? – पार्टीको केन्द्रीय सचिवालयको बैठकमा देशको वर्तमान राजनीतिक परिस्थिति, अत्यन्तै जटिल बन्दै आएका राष्ट्रिय स्वाधीनताको रक्षा, जनतन्त्र र जनजीविकाका समस्या, सच्चा क्रान्तिकारी कम्युनिस्टहरूसहित माओवादीहरूका बीच सिद्धान्तनिष्ठ एकताको आवश्यकता लगायतका विषयमा गम्भीरतापूर्वक छलफल भयो र ती विषयमा महत्वपूर्ण निर्णयहरू लिइएका छन् । सच्चा क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुबीचको एकताका लागि तपाईंहरुल...बाँकी

सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिष्टहरुले असाधारण कदम उठाउने साहस गर्नै पर्दछ !

February 19, 2016 Posted by Jhilko.com
सम्पूर्ण देशभक्त क्रान्तिकारी कम्युनिष्टहरुले असाधारण कदम उठाउने साहस गर्नै पर्दछ !

जनयुद्ध प्रारम्भ गरेको दुई दशक नाघेको छ । जनयुद्धको पहलकर्ताहरुमध्येको एक जना प्रभावकारी नेता हुनुको नाताले तपाईंले ती दिनलाई कसरी स्मरण गरिरहनुभएको छ ? जनयुद्ध, नेपालको इतिहासमा एउटा महान् राजनैतिक परिघटना थियो । दश वर्षको युगान्तकारी उथलपुथलको क्रममा सर्वहारावर्गको नेतृत्वमा नेपाली जनताले विवेक र बलिदानका अभूतपूर्व कीर्तिमानहरु स्थापित गरे । दशौं हजार सपुतहरुले आºनो अमूल्य जीवनको आहुति दिए । हजारांैं बेपत्ता पारिए र हजारौं हजारले जेलमा कठोर यातनालाई हासी–हासी पचाए । परिणामतः नेपा...बाँकी

प्रधानमन्त्री ओलीको चीन भ्रमणको राष्ट्रिय, द्विपक्षीय र क्षेत्रीय महत्व समेत बढेको छ

March 18, 2016 Posted by Jhilko.com
प्रधानमन्त्री ओलीको चीन भ्रमणको राष्ट्रिय, द्विपक्षीय र क्षेत्रीय महत्व समेत बढेको छ

प्रधानमन्त्री के.पी. ओलीको चीन भ्रमणलाई कसरी हेर्नुहुन्छ ? प्रधानमन्त्री के.पी. शर्मा ओली आगामी चैत्र ७ गते छिमेकी मित्र राष्ट्र चीनको भ्रमण गर्न र त्यसपछि बुआओ सम्मेलनमा सहभागी हुन जाँदै हुनुहुन्छ । बेइजिङमा राष्ट्रपति सी जिनपिङ, उपराष्ट्रपति लो युआन चाओसित भेट्ने र समकक्षी प्रधानमन्त्री खछ्याङसित द्विपक्षीय वार्ता गर्नु हुनेछ । चैत्र ९ गतेदेखि चीनको हाइनान प्रान्तमा हुने बोआओ फर एशिया सम्मेलनमा सहभागी भएर संबोधन गर्न र एशियाका नेता र व्यवसायिक व्यक्तित्वहरुसित साइड लाइनमा भेट्नु हुनेछ । गत...बाँकी

माओवादीहरुबीचको एकता सम्भव छ

April 23, 2016 Posted by Jhilko.com
माओवादीहरुबीचको एकता सम्भव छ

रामबहादुर थापा ‘वादल’ वरिस्ठ नेता, क्रान्तिकारी माओवादी पार्टी एकताको कुरा कहाँ पुग्यो त ? – पार्टी एकता प्रक्रिया बहसमै छ । माओवाद÷विचारधारा मान्नेहरुको एकताको कुरा हो । हामीहरुबीच एकता बहस लामो समयदेखि चल्दै आएको छ । पछिल्लो समय एमाओवादीले एकतासम्बन्धी धारणा हाम्रो पार्टीसँग लिखित रुपमै राखेको छ । र, एकताबारे आफ्नो धारणा बनाउन हाम्रो पार्टी आन्तरिक छलफलमा छ । एमाओवादीको धारणाले पार्टी एकता हुने सम्भावना धेरै नै बढेको छ, हामी एकताको निकटमा छौँ । हिजो पार्टी...बाँकी

राजनीतिक पुर्वाग्रह साँधेर पुरस्कार खोसियो

May 26, 2016 Posted by Jhilko.com
राजनीतिक पुर्वाग्रह साँधेर पुरस्कार खोसियो

झङ्कार बुढा, जनकलाकार कृष्ण सेन ‘इच्छुक’ स्मृति प्रतिस्ठानले दिने भनिएको यो वर्षको पुरस्कार तपाईंलाई दिने निर्णय गरेर पछि अर्कैको नाममा घोषणा गरियो । भएको के हो ? — कृष्ण सेन ‘इच्छुक’ जस्तो आदर्श र सम्मानित व्यक्तिको नाममा खोलिएको प्रतिस्ठान र मोहन वैद्य ‘किरण’ जस्तो उच्च व्यक्तित्व संरक्षक रहेको संस्थामा परिवर्तनको पक्षमा अहोरात्र जुट्ने म जस्तो कलाको सिपाहीमाथि यस्तो अन्याय, अपमान हुन्छ भन्ने लागेकै थिएन । यसले मलाई असाध्यै पीडा दिएको छ । मलाई दि...बाँकी

एकता अभियान कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने उद्देश्यद्वारा प्रेरित छ

May 31, 2016 Posted by Jhilko.com
एकता अभियान कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने उद्देश्यद्वारा प्रेरित छ

माओवादीहरुबीचको एकता भएर मूलधार बनेको छ । माओवादी अब कसरी अघि बढ्ला ? – राजनैतिक दृष्टिले जो एकीकरण भयो र माओवादी केन्द्र बन्यो, यसको दूरगामी र ऐतिहासिक महत्व छ । यसले छरिएर रहेका सबै माओवादी धाराहरु र तिनका समर्थक, शुभचिन्तक, सहिद–बेपत्ता परिवार, घाइते–अपाङ्ग, जेलनेल भोगेका सबैलाई त खुशी तुल्याएकै छ । तर यो अभियान खालि माओवादीहरुबीचको एकताको अभियान मात्रै भनेर बुझ्नु चाहिं उचित हुँदैन । यो देशका सबै सच्चा कम्युनिस्टहरुलाई एकताबद्ध गर्ने अभियान हो । अन्तर्राष्ट्रिय कम्युनिस्...बाँकी

जनताका बीचमा निरन्तर जान्छु

June 02, 2016 Posted by Jhilko.com
जनताका बीचमा निरन्तर जान्छु

माओवादी जनयुद्धको उद्गम थलो रोल्पाको राङकोट गा.वि.स. जैपा निवासी काशीराम बुढा मगर ‘झङ्कार’ केन्द्रीय टोली सामना परिवारका संयोजक छन् । जनवादी कलाकारिता क्षेत्रमा आफ्नो करिब दुई दशक ऊर्जाशील समय उनले खर्चेका छन् । जनताका दुःख, पीडा, संघर्षलाई जनताकै भाषामा शब्द उन्न र सारंगी रेटेर गाउन उनी खप्पिस छन् । माओवादी आन्दोलनसँग जोडिदैं आएका स्थापित कलाकार झङ्कार दुई हप्तादेखि मिडियाको बहसमा छन् । अहिले के सोंच्दै छन र के गर्दै छन त झङ्कार ? झङ्कारजी आरामै हुनुहुन्छ ? के छ स्वास्थ्य अबस्था...बाँकी