categoryone

अख्तियारलाई नै प्रभावमा पार्ने प्रयास 

June 13, 2017 Posted by Jhilko.com
अख्तियारलाई नै प्रभावमा पार्ने प्रयास 

३० जेठ, काठमाडौं । ‘मैले तपाईहरुले ल्याएको थुना पुर्जीमा हस्ताक्षर नगरे के हुन्छ ?’ ‘हस्ताक्षर नगर्न पनि सक्नुहुन्छ । हस्ताक्षर गर्न नमानेको भनी त्यसको प्रति मुचुल्कामा समावेश गरिनेछ र तपाईलाई थुनामा राखिनेछ ।’  ‘त्यसो हो भने त्यसै गर्नोस । म थुनुवा पुर्जीमा हस्ताक्षर गर्दिन ।’    जेठ १९ गते अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा राजश्व अनुसन्धान विभागका महानिर्देशक चुडामणी शर्मा र अख्यिारका कर्मचारीबीच भएको संवादको अंश हो यो । त्य...बाँकी

सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

June 12, 2017 Posted by Jhilko.com
सबै स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंक शाखा खोल्न निर्देशन

पूर्णप्रसाद मिश्र काठमाडौँ । व्यवस्थापिका–संसद्को विकास समितिले प्रत्येक स्थानीय तहमा ‘क’ श्रेणीको वाणिज्य बैंकको शाखा खोल्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ ।  समितिको सचिवालय सिंहदरबारमा आज बसेको बैठकमा सबै स्थानीय तहमा बैंक नहुँदा खाता खोल्नसमेत नसकिएको गुनासो आएपछि यस्तो निर्देशन दिइएको हो । सात सय ४४ स्थानीय तहमध्ये हाल ३९२ मा मात्र बैंक रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।  स्थानीय तहले सम्पादन गर्ने काममा ए...बाँकी

एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

June 12, 2017 Posted by Jhilko.com
एक गाग्री पानीका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता

जाजरकोट । त्रिवेणी नलगाड नगरपालिका–४, प्यारगाराकी सुशीला सार्कीलाई एक गाग्री पानी ल्याउन दैनिक छ घन्टाको समय खर्चनुपर्छ ।  घर नजिक पानीको सुविधा नहुँदा सुशीला मात्र हैन प्यारगाराका ३० घरपरिवारलाई तीन घन्टा टाढाको नाउलोबाट पिउने पानी ओसार्नुपर्ने बाध्यता छ । प्यारगाराका ३० घरपरिवारका पशुचौपायालगायतको पनि एकमात्र पानीको स्रोत हो, छिपछिपे मूलको नाउलो । यसमा पानीको स्रोत कम हुँदा गाग्री लिएर पुग्नेबित्तिकै पानी भर्न पाइँदैन । पालो कुरेर पानी भर्नुपर्दा समय बढी लाग्ने गरेको छ । ...बाँकी

औषधिमा बढ्दो छ नक्कली कारोबार

June 12, 2017 Posted by Jhilko.com
औषधिमा बढ्दो छ नक्कली कारोबार

कर्मचारी नै जफत गरेको औषधि बेचिखान्छन्ः व्यवसायी दाङका गोपाल वैद्यदेखि पोखराका टेक बिष्ट, नाइटोमा लेप लाउँदै जण्डिसको उपचार गर्ने सीतापाईलाका राम मानन्धर, भुपेन्द्र कुँवर एवं राजु थापाको समाचार समय सन्दर्भले छापेपछि त्यसैको आधारमा आयुर्वेद विभागका केही कर्मचारीहरु नियमनको बहानामा पैसाको वार्गेनिङ्ग गर्न त्यसतर्फ लागेका थिए । त्यसक्रममा उनीहरुको टार्गेटमा केही प्राकृतिक चिकित्साका अस्पताल तथा क्लिनिकहरु पनि परे । त्यहाँबाट मोटो रकम बुझ्दै कर्मचारीहरु फर्किए भन्ने अपुष्ट खबरले बजार निकै तात...बाँकी

बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

June 11, 2017 Posted by Jhilko.com
बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान

चितवन । दुर्लभ वन्यजन्तु पाटेबाघका लागि राम्रो बास्थान मानिएको चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्यामा वृद्धि भएको अनुमान गरिएको छ ।  सन् २०१३ मा गरिएको गणनामा यो निकुञ्जमा एक सय २० वटा वयस्क बाघ रहेका थिए । सो अवधिमा देशभर यो सङ्ख्या १९८ रहेको थियो । चितवनबाहेक बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँकेमा पाटेबाघ पाइन्छ ।  चितवन राष्ट्रिय निकुञ्जभित्र १५ दिनदेखि क्यामरा ¥यापिङ गरेर बाघको अनुगमन भइरहेको छ । यस अघि मध्यवर्ती क्षेत्रमा अनुगमन गरिँदै आएको थियो । चितवन राष्ट्रिय निकुञ...बाँकी

मोरङ–सुनसरीमा रु १८ करोडमा जनता आवास

June 11, 2017 Posted by Jhilko.com
मोरङ–सुनसरीमा रु १८ करोडमा जनता आवास

गोपालप्रसाद पोखरेल  पथरी –मोरङ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख छन् । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख भएका हुन् ।  डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख छन् । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख भएका हुन् ।  उनले भने – “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थालेपछि राम्रो भयो ।” उहाँमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनिय...बाँकी

गैँडाले हानेर एक गम्भीर

June 11, 2017 Posted by Jhilko.com
गैँडाले हानेर एक गम्भीर

रत्ननगर –चितवन । पश्चिम चितवनको दिव्यनगर र मेघौलीको सिमाना क्षेत्रमा आज गैँडाले हानेर एक पुरुष गम्भीर घाइते भएका छन् ।  स्थानीय राधाकृष्ण सामुदायिक वनमा घाँस काट्न गएका बेला बिहान ८ बजे गैँडाले हानेर ४५ वर्षीय झक्की भण्डारी क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।  गैँडाले हानेर भरतपुर महानगरपालिका वडा नं २७ का भण्डारीको छाती, हातखुट्टा र तिघ्रामा गम्भीर चोट लागेको छ ।  उनको अहिले कलेज अफ मेडिकल साइन्सेज, चितवनमा उपचार भइरहेको प्रहरीको भ...बाँकी

श्रीलङ्काले लुम्बिनीको विकासमा सहयोग गर्छ – राजदूत पेरेरा

June 11, 2017 Posted by Jhilko.com
श्रीलङ्काले लुम्बिनीको विकासमा सहयोग गर्छ – राजदूत पेरेरा

काठमाडौँ । नेपालका लागि श्रीलङ्काका राजदूत डब्लु एस पेरेराले सामाजिक न्याय तथा सहअस्तित्वका लागि बुद्ध दर्शन तथा साहित्यको महत्व रहेको बताएकी छिन् ।  सम्राट अशोकले श्रीलङ्कामा धर्मदूत पठाएको स्मरणमा महाराजगन्जस्थित राजदूतावासमा शनिबार साँझ आयोजित ‘विशेष बुद्ध पूजा’ कार्यक्रममा उनले विश्व शान्ति कायम राख्न बुद्धले दिएका उपदेशको पालना गर्नुपर्नेमा जोड दिँदै बुद्ध धर्मका कारणले नेपाल र श्रीलङ्काबीच बलियो सम्बन्ध रहेको बताइन् ।  ठूलो नरसंहार गरेर सम्राट भएका अशोकले बुद्ध...बाँकी

बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

June 11, 2017 Posted by Jhilko.com
बालिका हत्या थप रहस्यमय, पुरिएको नगद भेटियो

सुरुङ्गा – झापा । दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।  “के कारणले बालिकाको हत्या भएको हो सो विषयमा हामी अनुसन्धान गरिरहेका छौँ”, प्रहरी नायब उपरीक्षक राजन लिम्बूले भन्नुभयो – “हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।”  अनुसन्...बाँकी

बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

June 09, 2017 Posted by Jhilko.com
बाजुरामा भारी वर्षा जनजीवन कष्टकर

बाजुरा । एक सातादेखि आएको वर्षाका कारण जिल्लाको जनजीवन कष्टकर बनेको छ । एक सातादेखि आएको वर्षाका कारण जिल्लावासीलाई आवतजावतमा कठिनाइ भएको छ ।  अबिरल वर्षाका कारण उत्तरी भेगको हिमाली गाउँपालिका– ३ युनामा आएको बाढीका कारण ३८ पशु बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  वर्षासँगै आएको बाढीले हिमाली गाउँपालिका– ३ युनावासीका १९ वटा गोरु र १९ भेडा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।  कुन्ना प्रहरी चौकीबाट तीन दिनको पैदल...बाँकी