categoryone

सुर्खेतका बाढीपीडितको स्थिति अझै दर्दनाक

December 02, 2016 Posted by Jhilko.com
सुर्खेतका बाढीपीडितको स्थिति अझै दर्दनाक

सुर्खेतको इत्राम खोलामा २०७१ सालमा आएको बाढीले घरवारबिहीन भएकी इत्राम वडा नं ८ घर भएकी लक्षिमा दमाई दैलेख माइत गएको बेला बाढीले घर बगाएको खबर पाएकी थिइन । दमाईलाई त्यो पीडा गहिरो गरी परेको छ । त्यसैले त्यो घाउ अझैसम्म भुलेकी छैनन् । आफू घरमा भएको भए सामान अलिअलि भए पनि बचाउन सकिन्थ्यो कि भन्ने धोको अझै पनि राखेकी दमाईले भनिन, ‘गरिबको दिन यस्तै रहिछ । दैलेखबाट सुर्खेत आउँदा खोलाले घरजग्गा बगाएर सबै लिएर गएछ ।’   घरमा चार परिवार भएकी दमाईको कमाउने आधार कहीँ नभएको र श्रीमान...बाँकी

सावधान ! लूट मच्चाउन खोज्दैछन् उपेन्द्र महतो

November 30, 2016 Posted by Jhilko.com
सावधान ! लूट मच्चाउन खोज्दैछन् उपेन्द्र महतो

उद्योगी र समाजसेवीको आवरणमा आफ्नो सम्पर्क सञ्जाल विस्तार गरी मुलुकलाई बिदेशी अखडा बनाउने, बिदेशीहरुकै इसारामा देशलाई नचाउन चाहने एक विवादास्पद पात्र हुन् उपेन्द्र महतो । सुरुवाती चरणमा गैरआवासीय नेपाली र समाजसेवीका रुपमा आफूलाई चिनाउन थालेका महतोले पछिल्ला दिनमा दलाल चरित्रसहितको महत्वकांक्षा विस्तार गरिरहेका छन् । वीरगञ्जमा भएको योग शिविरमा देखिएको उपेन्द्र महतोको चुरीफुरी त्यसैको पछिल्लो प्रमाण हो ।  जानकारहरुका अनुसार मधेस आन्दोलन चलिरहँदा महतोले दोहोरो चरित्र देखाएका थिए । भारतीय योज...बाँकी

सिभिल बैंक र मृदुला कोइरालाको मिलेमतोमा करौडोको ठगी धन्दा

November 30, 2016 Posted by Jhilko.com
सिभिल बैंक र मृदुला कोइरालाको मिलेमतोमा करौडोको ठगी धन्दा

काठमाडौं कमलादीमा प्रधान कार्यालय रहेको सिभिल बैंक र सुशील कोइराला प्रधानमन्त्री भएका बेला जनसम्पर्क सल्लाहकार रहेकी मृदुला कोइरालाको मिलिभगतमा करोडौं घोटाला भएको छ । ०६७ सालमै बैंक स्वयंले १२ करोड रुपियाँ मुल्यांकन गरेको घर–जग्गालाई ठूल्ठूला पहुँच प्रयोग गरी कोइरालाले चार करोड २० लाख रुपियाँमै आफ्नो नाममा पार्न सफल भएकी छन् । स्रोतका अनुसार उक्त घर जग्गा सस्तो मूल्यमै मृदुला कोइरालाका नाममा दिन राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले सिभिल बैंकका सिइओ किशोर मर्हजनलगायतलाई पटक–पटक फो...बाँकी

महिला हिंसा विरुद्धको १६ दिने अभियान

November 30, 2016 Posted by Jhilko.com
महिला हिंसा विरुद्धको १६ दिने अभियान

नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसाविरुद्धको अन्तर्राष्टिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । “घर शान्ति नै विश्व शान्तिको आधारः सबैका लागि सुरक्षित शिक्षा” भन्ने अन्तर्राष्ट्रिय नाराका साथ यो वर्ष लैङिगक हिंसा विरुद्धको १६ दिने अभियान संसारभर मनाउन लागिएको छ । महिला हिंसा विरुद्धको यो अभियान मनाउन लागेको २५ वर्ष पूरा भइसकेको छ । सँधैझैं यस वर्ष पनि नेपालमा चर्काे नाराका साथ महिला हिंसा विरुद्धको अभियान मनाउन शुरु भइसकेको छ । महिलामाथि हुने हिंसा मानव...बाँकी

जनकपुरमा मानवअधिकार नेटवर्क गठन

November 23, 2016 Posted by Jhilko.com
जनकपुरमा मानवअधिकार नेटवर्क गठन

विभिन्न संस्थामा छरिएर मानवअधिकार क्षेत्रमा कार्यरत्त मानवअधिकारकर्मीहरुको भेलाबाट २१ सदस्यीय मानवअधिकार नेटवक गठन गरेको छ । मंगलबार जनकपुरमा भएको मानवअधिकार रक्षकको भेलाबाट ईन्सेक प्रतिनिधी विनोद महरा संयोजक तथा थर्ड एलायन्सका मानवअधिकार अधिकृत  किरण कर्णलाई सदस्य सचिवमा चयन गरिएको हो । त्यस्तै सदस्यहरुमा मानवअधिकार संरक्षण मंचका अध्यक्ष दिपेन्द्र दास, जिल्ला महिला अधिकार सरोकार समितिका प्रतिनिधी उर्मिला यादव, यूवा अभियानका प्रतिनिधी अशोक साह, दलित सेवा समाजका प्रतिनिधी रामो महरा,...बाँकी

‘फ्री तिब्बत’ को नयाँ रणनीति  

November 23, 2016 Posted by Jhilko.com
‘फ्री तिब्बत’ को नयाँ रणनीति  

काठमाडौं । काठमाडौंबाट धनगढीतिर जाँदै गर्दा ४१ जना तिब्बती र दुई जना भारतीय हालै गिरफ्तार भएसँगै भारत र पश्चिमाहरुको नयाँ रणनीति देखिएको छ । नेपालबाट तीब्र ढंगले फ्री तिब्बतको अभियान चलाएकाहरुले अब तिब्बतभित्र नै यस्तो कार्यक्रम गर्ने दीर्घकालीन रणनीति बनाएको बुझिन्छ ।  दुई जना भारतीयको साथ लागेर ४१ तिब्बतीहरु दलाई लामाकोमा जाँदै गर्दा धनगढीमा पक्राउ परेका थिए । दुई भारतीयहरु साथमा रहेकाले भारतीय गुप्तचर संस्था ‘रअ’ वा अमेरिकी गुप्तचर संस्था सीआईए वा अन्य कुनै पश्चिमाहरुक...बाँकी

यस्तो बन्दैछ सिन्धुलीको स्थानीय तहको संरचना

November 18, 2016 Posted by Jhilko.com
यस्तो बन्दैछ सिन्धुलीको स्थानीय तहको संरचना

सिन्धुली । स्थानीय तह पुनर्संरचना आयोगले दिएको कार्यविधि अनुसार सिन्धुलीको स्थानीय तहको पुनर्संरचना गरिएको छ । जसअनुसार जिल्लामा दुईवटा नगरपालिका र छ वटा गाउँपालिका हुने भएका छन् । साविक कमलामाई र दुधौली नगरपालिकालाई विभिन्न गाविस थप गरी कायम राखिएको छ भने अन्य छ वटा गाउँपालिका प्रस्ताव गरिएको छ । प्रस्तावित छ वटा गाउँपालिकामा महाभारत गाउँपालिका, फिक्कल गाउँपालिका, घ्याङलेक गाउँपालिका, पन्चकन्या वा मरिन ठाकुर गाउँपालिका, हरिजितपुरगढी वा हरिहरपुरगढी गाउँपालिका र सुनकोशी गाउँपालिका रहेका छन् ।...बाँकी

भ्रष्ट सचिवका कारण मन्त्रीलाई अप्ठ्यारो

November 16, 2016 Posted by Jhilko.com
भ्रष्ट सचिवका कारण मन्त्रीलाई अप्ठ्यारो

काठमाडौं । बौद्धिक व्यक्तित्व सुरेन्द्र (राम) कार्कीले संचार मन्त्रालयको कार्यभार सम्हालेको सय दिन पूरा भएता पनि एमालेको इलाका कमिटीका अध्यक्ष रहेका संचार सचिव दिनेश थपलियाको अनेक छलकपट र षडयन्त्रका कारण संचार मन्त्रीले चाहेअनुसारको काम गर्न नसकेको मन्त्रालय स्रोतबाट थाहा भएको छ । आफ्नो मन्त्रित्वकालमा रणनीतिक महत्व राख्ने गरी उपलब्धिमूलक काम गर्ने चाहना बोकेर अहोरात्र खटिइएका संचारमन्त्री कार्कीलाई एमालेका षडयन्त्रकारी र गफास्टक मानिने सचिवले अल्मल्याइरहेको सञ्चार मन्त्रालय स्रोतले जनाएको छ ।...बाँकी

सार्वजनिक सेवा प्रसारणलाई जनताको बनाऔं !

November 15, 2016 Posted by Jhilko.com
सार्वजनिक सेवा प्रसारणलाई जनताको बनाऔं !

  स्वामित्वको आधारमा संचार प्रसारण माध्यम सार्वजनिक, सरकारी र निजी गरी तीन प्रकारका हुन्छन् । नेपालमा मुख्यतः दुई प्रकारका सरकारी र निजी प्रसारण माध्यम छन् । नेपाल टेलिभिजन र रेडियो नेपाल सरकारी प्रसारणका माध्यम हुन् । कान्तिपुर टेलिभिजन, कान्तिपुर रेडियो आदि निजी प्रसारण माध्यम हुन् । आमसंचार नीति २०७३ ले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एक आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण स्थापना गर्न भनेको छ । सार्वजनिक प्रसारणको स्वामित्व निजी र सरकारी नभई स्वतन्त्र निकायबाट हुन्छ । यो जनप्रतिनिधि...बाँकी

अमेरिकी दूतावासको डरलाग्दो ठगीधन्दा !

November 09, 2016 Posted by Jhilko.com
अमेरिकी दूतावासको डरलाग्दो ठगीधन्दा !

काठमाडौं । नेपालीमा एउटा भनाइ छ, ‘ठगको अनेक बुद्धि’ । आफूलाई संसारकै शक्तिशाली ठान्ने अमेरिकाको नेपालस्थित दूतावासले अनेक बुद्धि लगाएर नेपालीलाई ठगिरहेको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावासले नेपालीहरुबाट सरदर २८ लाखभन्दा बढी रुपैयाँ दैनिक रुपमा ठग्दै आएको छ । काठमाडौंमा रहेको अमेरिकी दूतावास सामान्यतः हप्तामा दुई दिन खुल्दैन । अमेरिकामा शनिबार र आइतबार विदा हुने भएकाले नेपालस्थित उसको नियोग पनि हप्तामा दुई दिन बन्द नै रहन्छ । दुई दिन विदा कटाउँदा दूतावास एक हप्तामा पाँच दिन खुल्छ ।...बाँकी