categoryone

सल्यान बस दुर्घटना

July 11, 2017 Posted by Jhilko.com
सल्यान बस दुर्घटना

अर्घाखाँची । आइतबार बिहान सल्यानमा बस दुर्घटना भई गम्भीर घाइते भएका बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गरेको हेलिकप्टर मौसम खराबीका कारण सन्धिखर्कमा अवतरण भएको छ ।  सल्यानको टुनिबोटमा बस दुर्घटना भई गम्भीर घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ लैजानेक्रममा मौसम खराबीका कारण अर्घाखाँचीमा सोमबार आकस्मिक अवतरण गरी घाइतेलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताए ।  नेपाली सेनाको सबुज गण म्यालपोखरीमा हेलिक...बाँकी

को होला अबको मुख्य सचिव ?

July 11, 2017 Posted by Jhilko.com
को होला अबको मुख्य सचिव ?

काठमाडौं । गत बुधबार दिनभरि र बिहीबार बिहान १० बजेसम्म उच्चपदस्थ कर्मचारीहरु र कर्मचारी राजनीति गर्नेहरु दौडधुपमा ब्यस्त रहे । बिहीबार बिहान १० बजेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिव नियुक्त गर्न लागेको भन्दै कर्मचारीबृत्तमा खैलाबैला मच्चियो । सोही मन्त्रिपरिषदबाट मुख्य सचिव नियुक्ति गराउन केही ब्यक्तिहरु दौडे भने केही जसरी भए पनि मुख्यचिव नियुक्ति रोक्न नेताको घरदैलो चहार्न पुगे । मुख्य सचिव डा. सोमलाल सुवेदीलाई राजीनामा गर्न आग्रह गर्ने कर्मचारीहरु एकातिर उभिए भने अर्कोतिर उनको राजीनामा रो...बाँकी

श्रीमान्द्वारा श्रीमतीको विभत्स हत्या

July 11, 2017 Posted by Jhilko.com
श्रीमान्द्वारा श्रीमतीको विभत्स हत्या

कोहलपुर –बाँके । सँगै जिउने सँगै मर्ने कसम खाइ विवाह बन्धनमा बाँधिएका श्रीमान्ले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् ।  कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  “गएराति करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा आएको थियो,” इलाका प्रहरी कार्यालयका प्र...बाँकी

वीर अस्पतालमा अब अत्याधुनिक प्रविधिबाट क्यान्सरको उपचार हुने

July 10, 2017 Posted by Jhilko.com
वीर अस्पतालमा अब अत्याधुनिक प्रविधिबाट क्यान्सरको उपचार हुने

२६ असार, काठमाडौँ । वीर अस्पतालले टोमो थेरापी उपकरणको माध्यमबाट क्यान्सरका बिरामीको उपचार गर्ने तयारीमा जुटेको छ ।  “जुन सेलमा क्यान्सर देखिएको छ, त्यो सेललाई सेकी (रेडिएसनमार्फत) मार्न (किल) का लागि पछिल्लोपटक सो प्रविधि विकसित भएको हो । यो प्रविधिलाई वीर अस्पतालले पनि भित्र्याउँदै छ” – अस्पतालका निर्देशक प्रा डा भूपेन्द्र बस्नेतले भने।  हाल सो सेवा निजीस्तरका केही अस्पतालमा मात्र उपलब्ध छ । यो सेवा लिन रु दुई लाखसम्म बिरामीले खर्चिनुपर्छ । “टोम...बाँकी

पहिरोको कारण विभिन्न ठाउँमा सडक अबरुद्ध

July 10, 2017 Posted by Jhilko.com
पहिरोको कारण विभिन्न ठाउँमा सडक अबरुद्ध

गुल्मी । अविरल वर्षाका कारण देशको विभिन्न ठाउमा गएको पहिरोको कारण विभिन्न ठाउँमा सडक अबरुद्ध भएको छ ।  गुल्मी जिल्लाको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ ।  उक्त सडकखण्डअन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे खोला, बादरे भिर र चिउरेनी भिरलगायतका दर्जनौँ ठाउँमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।  जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुँदै आएको अति व्यस्त उक्त सडकखण्ड अवरुद्ध बनेपछि त्यस क्षेत्रबाट पाल्पा, बुटवल र काठमाडौँ...बाँकी

आज गुरु पूर्णिमा मनाइँदै      

July 09, 2017 Posted by Jhilko.com
आज गुरु पूर्णिमा मनाइँदै      

२५ असार, काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमा व्रत शनिबार परेपनि गुरुप्रति सम्मानभाव प्रकट गर्ने पर्व भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । व्रतमा चन्द्रमाको पूजा गरिने र चन्द्रमाको पूजा सायंकालमा पूर्णिमा भएका दिन गर्नुपर्ने भएकाले शनिबार नै पूर्णिमाको व्रत गर्नुपर्ने निर्णय गरिएको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । &ldqu...बाँकी

‘खाडी क्षेत्रमा काम गर्ने नेपालीहरुको सुरक्षा नेपालको पहिलो प्राथमिकता’ 

July 07, 2017 Posted by Jhilko.com
‘खाडी क्षेत्रमा काम गर्ने नेपालीहरुको सुरक्षा नेपालको पहिलो प्राथमिकता’ 

काठमाडौं । खाडी क्षेत्रमा काम गर्ने नेपालीहरुको सुरक्षाको विषय नेपाल सरकारको प्राथमिकतामा रहेको उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले बताएका छन् । खाडी मुलुकमा रहेका नेपालीहरुको सुरक्षाबारे सरकारको आधिकारिक धारणा नआएको भन्दै आलोचना बढिरहेको बेला महराले नेपाली कामदारको सुरक्षाबारे चासो व्यक्त गरेका हुन् । नेपालस्थित खाडी मुलुकका कतिपय राजदुतहरुसँग विहीवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा भेटवार्ता गर्दै महराले उक्त कुरा बताएका हुन । महराले कतारमा रहिरहेको संकटलाई कूटनीतिक र...बाँकी

काठमाडौं उपत्यकाको केही भागमा विद्युत कटौती हुने

July 07, 2017 Posted by Jhilko.com
काठमाडौं उपत्यकाको केही भागमा विद्युत कटौती हुने

काठमाडौ । काठमाडौं नयाँ बानेश्वरस्थित सव स्टेशनवाट बिजुली प्रवाह हुने राजधानीका केही स्थानमा बिजुली कटौती हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार बानेश्वर सव स्टेसनमा रहेको सूचना, तथ्याङ्कलाई सुधार गर्ने, पुनरावलोकन गर्ने लगायतका काम (अटोमेसन) गर्नुपर्ने भएकोले बानेश्वर सव स्टेशनवाट बिजुली प्रवाह हुने स्थानहरुमा दैनिक कम्तिमा २ घण्टा विद्युत कटौती हुने भएको छ । बानेश्वर सव स्टेशनबाट बिजुली कटौती हुने स्थान बानेश्वर, कोटेश्वर, इमाडोल, सिनामंगल, लुभुसम्मको क्षेत्रमा विद्युत कटौती हुनेछ ।...बाँकी

बस दुर्घटनामा पाँच जना घाइते

July 07, 2017 Posted by Jhilko.com
बस दुर्घटनामा पाँच जना घाइते

बैतडी । काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्र्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।  घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार रहेका जिल्ला प्रहरी कार्यालय बैतडी प्रहरी नायब उपरीक्षक हेरम्व शर...बाँकी

नौ वटै स्थानीय तहमा लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा

July 06, 2017 Posted by Jhilko.com
नौ वटै स्थानीय तहमा लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा

राजन गाउँले सिन्धुली । जिल्लाका नौ वटै स्थानीय तहमा लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा गरिएको छ । जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा आयोजित एक कार्यक्रममा नौ वटै स्थानीय तहका जननिर्वाचित प्रतिनिधिहरुले जिल्लामा लैङ्गिक विभेदमा आधारी हिंसा अन्त्य गर्नका लागि विभिन्न नौ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै यस्तो घोषणा गरेका हुन् । पछिल्लो समय लैङ्गिकताका आधारमा हुने हिंसाका घटनाहरु बढ्दै गएपछि जिल्लाका नौ वटै स्थानीय तहका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुले यस्त...बाँकी