categoryone

विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

September 13, 2018 Posted by Jhilko.com
विद्यालय भवन बगायो, बेनी बजार जोखिममा

२८ भदौ, म्याग्दी । रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ । छहरी भन्ने ठाउँमा पहिरोले रघुगंगा नदी थुनेपछि बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले जानकारी दिए ।  बाढीले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनीे क्षत्ती पु¥याएको छ । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्याल...बाँकी

जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन

September 13, 2018 Posted by Jhilko.com
जहाँको पानी नमिसाइ स्थानीयवासीको खाना पाक्दैन

– मोहन पौडेल  २८ भदौ, परासी । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ ।  सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्ग...बाँकी

हामीले खोजेको स्वतन्त्रता कि स्वेच्छाचारिता ?

September 12, 2018 Posted by Jhilko.com
हामीले खोजेको स्वतन्त्रता कि स्वेच्छाचारिता ?

सुशील खनाल   केही वर्ष पहिले नागरिक दैनिकले डा. भक्तमान श्रेष्ठको अपहरणमा  वरिस्ठ नेता रामबहादुर थापा ‘वादल’ को हात भनेर शृङ्खलाबद्ध लेख्यो । तत्कालीन पार्टीका प्रचार प्रमुख डा. बाबुराम भट्टराईले नै त्यसको लगातार खण्डन गर्दा र त्यसका सम्पादकलाई भेटेर भन्दा पनि त्यसले आफ्नो अभियान छाडेन ।  डा. भक्तमान श्रेष्ठलाई नेपाली कांग्रेसका तत्कालीन स्वास्थ्यमन्त्री उमाकान्त चौधरीको संरक्षणमा स्वास्थ माफियाले अपहरण गरेको रहस्य डा. भक्तमान श्रेष्ठ रिहापछि ख...बाँकी

पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी

September 12, 2018 Posted by Jhilko.com
पहिरो पन्छाएसँगै नारायणगढ–मुग्लिन सडक दुईतर्फी

२७ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलोमा खसेको सबै पहिरो पन्छाएसँगै ३४ घण्टापछि सडक दुईतर्फी सञ्चालनमा आएको छ । सो स्थानमा मङ्गलबार बिहान १ः३० बजे पहिरो खसेको थियो ।  दिनभरको प्रयासपछि साँझ ६ः३० बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो । आज बिहान ११ः४५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यससँगै १७ किलो, गाईघाट, घुमाउने, नौ किलोलगायत ठाउँमा पनि पहिरो खसेको थियो । ती ठाउँको पहिरो मङ्गलबार नै सफा गरिएको थियो ।  नारायणगढ&nda...बाँकी

सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

September 12, 2018 Posted by Jhilko.com
सिक्काको दुरुपयोग बढ्दै, ऐन कसिलो भएन

२७ भदौ, कुश्मा पर्वत । नयाँ मुलुकी ऐन फौजदारी कार्यविधि (संहिता) लागू भए पनि ऐन अझै कसिलो नहुँदा सिक्काको दुरुपयोग रोकिएको छैन ।  नेपाल सरकारको मुलुकी ऐन खोटा चलनमा उल्लेख भएका कतिपय प्रावधान पुरानै छन्, भने सिक्काको हकमा परिवर्तित कानून पनि फितला देखिएका छन् । राज्यले नयाँ संविधान निर्माण गरिसकेपछि मुलुकी फौजदारी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । सिक्का चलन सम्बन्धमा केही परिवर्तन भए पनि ठूलो गल्ती गर्दासमेत सामान्य जरिवाना वा सजाय तोकिएको छ ।जसका कारण सिक्काको दुरुपयोग घटेको छैन ।&nb...बाँकी

शे–फोक्सुन्डोका हिउँचितुवा गणना

September 12, 2018 Posted by Jhilko.com
शे–फोक्सुन्डोका हिउँचितुवा गणना

२७ भदौ, जाजरकोट । डोल्पामा रहेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा लोपोन्मुख वन्यजन्तु हिउँचितुवाको गणना सम्पन्न भएको छ ।  विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा निुकञ्जमा हिउँचितुवाको गणना गरिएको हो । विश्व वन्यजन्तु कोष, शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र हिउँचितुवा संरक्षण समितिका ३३ जनाको अध्ययन टोलीले गत वैशाख १३ गतेदेखि गणना शुरु गरेको हो । निकुन्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार सो अध्ययन टोलीले तीन महिना लगाएर हिउँचितुवाको गणना गरेको हो ।  क्यामरा...बाँकी

पशुपतिनाथ लगायत शिव मन्दिरमा भक्तजनको भीड

September 12, 2018 Posted by Jhilko.com
पशुपतिनाथ लगायत शिव मन्दिरमा भक्तजनको भीड

२७ भदौ, काठमाडौँ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।  दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने उद्देश्यले बिहान तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ । मन्दिरका चार ढोका बेलुकी आठ बजेसम्म खुला गरिनेछ । रातो, हरियो र पहेँलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा अत्यधिक भीड लागेको छ ।  पूजा एवं दर्शन गर्न आउने भक्तजनका लागि तीन मार्गक...बाँकी

व्यापारी पौडेलको अपहरणपछि हत्या

September 11, 2018 Posted by Jhilko.com
व्यापारी पौडेलको अपहरणपछि हत्या

२६ भदौ, दमक । झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला परेका छन् ।  गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा आज बिहान उनको शव फेला परेको गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए ।  घटनास्थलमा मे ७ प १९०४ नं को मोटरसाइकल, मोबाइल, ब्याग समेत फेला परेको छ । सोमबार बेलुका पौडेल र उनकी श्रीमतीसँगै गौरीगञ्ज बजार आएका थिए । साँझ करीब ६ बजेतिर श्रीमतीलाई एक...बाँकी

चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई

September 11, 2018 Posted by Jhilko.com
चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई

२६ भदौ, पर्वत । शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको माझी बस्तीका चन्द्रकुमारी माझीलाई भने तीजको कुनै वास्ता छैन । उनी लगायत माझी बस्तीका महिला तथा पुरुष कालीगण्डकी किनारमा बालुवा छान्नमै व्यस्त छन् ।  “दिनभर बालुवा नछाने भोकै बस्नु पर्छ,” चन्द्रकुमारीले भनिन्, “हाम्रा लागि वर्षभरिका सबै दिन उस्तै हुन् । फुर्सद र धन भए पो चाड...बाँकी

पशुपति क्षेत्रमा फोहर फाल्न खोज्ने चालक कारवाहीमा

September 10, 2018 Posted by Jhilko.com
पशुपति क्षेत्रमा फोहर फाल्न खोज्ने चालक कारवाहीमा

२५ भदौ, काठमाडौँ । रातिको समयमा गाडीमा पशुपति क्षेत्रको जङ्गलमा फोहर फाल्दै गरेका चालक कारवाहीमा परेका छन् । आइतबार राति तिलगङगा–गुह्येश्वरी मार्गबाट बा२ख २६८८ नं ट्रकले विश्वसम्पदा सूचीमा सूचीकृत जङ्गल क्षेत्रमा फोहर फाल्न खोज्दा स्थानीय बासिन्दाले पक्राउ गरी महानगरीय प्रहरी वृत्त गौशालामा बुझाएका थिए । चालक सुदीप खड्का र सवारीलाई रातभर नियन्त्रणमा राखी कारवाहीका लागि वडा कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक सुनील मल्लले बताए ।  सवारी चालकलाई काठमाडौँ महानगरपालिका वडा नं ८...बाँकी