categoryone

किन जाँदैनन् खटाएको ठाउँमा कर्मचारी ?

July 19, 2017 Posted by Jhilko.com
किन जाँदैनन् खटाएको ठाउँमा कर्मचारी ?

प्रशासनविद् काशिराज दाहालको अन्तर्वार्ता काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिसँगै कर्मचारी स्थानीय तहमा पुग्नुपर्ने भए पनि त्यो हुन सकेको छैन् । सरकारले कर्मचारी समायोजन विधेयकमै गरेको ढिलाइका कारण जनप्रतिनिधि निर्वाचित भएको डेढ महिनापछि कर्मचारी समायोजन विधेयक संसदमा पुगेको छ । यो बिधेयककाबारे कर्मचारी संगठन आक्रामक बने । तर, बिधेयकबारे छलफलमा भाग लिएका केही सासदले भने ट्रेड युनियन खारेज हुनुपर्नेसम्मको तर्क गरे ।   संसद्मा विधेयक लैजानुअघिदेखि नै कर्मचारी ट्रेड युनियनले यसको विरोध गर...बाँकी

पूर्वराजा ज्ञानेन्द्रको नर्भिक अस्पतालमा उपचार हुँदै

July 19, 2017 Posted by Jhilko.com
पूर्वराजा ज्ञानेन्द्रको नर्भिक अस्पतालमा उपचार हुँदै

४ साउन, काठमाडौँ ।  पूर्व राजा ज्ञानेन्द्र शाहको भर्खरै एनजीओप्लाष्टी गरिएको छ । मुटुको धमनीमा अवरोध आएपछि अस्पताल भर्ना भएका पूर्वा राजा शाहको एनजीओप्लाष्टी गरेर अवरोध खोलिएको छ । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा डा। यादव भट्टको नेतृत्वमा डा। शिवजीविक्रम शिलवाल, डा। शेखर राजभण्डारी र डा। नमा श्रेष्ठको टोलीले एनजीओप्लाष्टी गरेको अस्पताल स्रोतले बताएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह स्वास्थ्य समस्या देखिएका कारण आज विहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेको उनका स्वकीय सचिव फणिराज...बाँकी

स्मार्ट सिटी कसरी बनाउने भन्ने छलफलमा नगरप्रमुखहरू

July 19, 2017 Posted by Jhilko.com
स्मार्ट सिटी कसरी बनाउने भन्ने छलफलमा नगरप्रमुखहरू

पेमा लामा धुलिखेल, ४ साउन । महानगरपालिका र नगरपालिकालाई स्मार्ट सिटी कसरी बनाउन सकिन्छ भन्ने विषयमा महानगर र नगरपालिकाका प्रमुख÷उपप्रमुख गरी नौवटा नगरको प्रमुख, उपप्रमुखको भेला भई मङ्गलबार छलफल गरेका छन् । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङ, कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ विभागले आयोजना गरेको उक्त छलफलमा सहभागी हुन प्रमुख उपप्रमुख काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित सूचना–प्रविधि पार्कमा भेला भएका थिए ।  स्थानीय तह निर्वाचनका बेलामा सबै राजनीतिक दल...बाँकी

भक्तपुरमा खानेपानीको चरम संकट, एकगाग्री पानीका लागि आधा रातमा उठ्नुपर्ने वाध्यता

July 19, 2017 Posted by Jhilko.com
भक्तपुरमा खानेपानीको चरम संकट, एकगाग्री पानीका लागि आधा रातमा उठ्नुपर्ने वाध्यता

लक्ष्मी गारु ४ साउन , भक्तपुर । भक्तपुर नगरपालिका–७, गोलमढीकी कृष्णलक्ष्मी कवांलाई बिहान उठ्ने बित्तिकै पानीको चिन्ताले सताउने गरेको छ । मध्य वर्षात्मा पनि धारामा भनेजस्तो पानी नआएपछि कवाँको बिहानीको समय पानीको जोहो गर्नमा नै बित्ने गरेको छ ।  उनी भन्छिन्, “धारामा पानी आउने ठेगान छैन । एकछिन ढिला भयो भने इनारमा पनि पानी हुँदैन ।” इनारको पानीको लागि बिहान ३ बजे नै उठ्नुपर्ने बाध्यता रहेको उनी बताउँछिन् ।  “बिहान ३ बजेतिर उठेर पानी लिन गए अलि छिट्टै गाग्र...बाँकी

जयराम पुल दशैं अगाडि नै निर्माण सम्पन्न हुने 

July 19, 2017 Posted by Jhilko.com
जयराम पुल दशैं अगाडि  नै निर्माण सम्पन्न हुने 

४ साउन, खोटाङ । जिल्लाको प्रमुख नाका जयरामघाटमा निर्माणाधीन पक्की पुल आगामी दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।  खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने दूधकोशीस्थित जयरामघाटमा निर्माणाधीन पुलको स्टील ट्रष्ट जडान कार्य सम्पन्न भएको र साउन महिनाभित्रै ढलानको काम सम्पन्न गरेर दशैँ अगाडि सञ्चालनमा ल्याउने तयारी गरिएको ठेकेदार कम्पनीले जनाएको छ ।  स्टील ट्रष्ट जडान कार्य सकिएलगत्तै ढलानका लागि फर्मा बिच्छ्याउन थालिएको र आवश्यक सामग्रीसमेत निर्माणस्थलमा ल्याई सकिएकाले भदौ अन्तिमसम...बाँकी

त्रिशूलीले बगाएर बेपत्ता

July 18, 2017 Posted by Jhilko.com
त्रिशूलीले बगाएर बेपत्ता

३ साउन, नुवाकोट । बेलकोटगढी नगरपालिका–७ रातमाटेस्थित त्रिशूली नदीबाट बालुवा झिक्ने क्रममा बगेर आज मध्याह्न एक युवक बेपत्ता भएका छन् ।  नुवाकोट प्रहरीका अनुसार बेपत्ता हुनेमा सिन्धुली, हरिहरपुरगढी घर भएका १६ वर्षीय राजु लामा छन् ।  साथीहरुसँगै साबेल प्रयोग गरी बालुवा झिकिरहेका समयमा लामालाई त्रिशूलीले बगाएको प्रहरी निरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । लामाको खोजी भइरहेको छ । त्रिशूली नदीमा राति अवैध रुपमा स्काभेटर प्रयोग गरी बालुवा झिक्ने र त्यसलाई वैध बनाउन द...बाँकी

भूकम्प प्रभावितको खाद्यान्न कुहिएको छःस्थानीयवासी

July 18, 2017 Posted by Jhilko.com
भूकम्प प्रभावितको खाद्यान्न कुहिएको छःस्थानीयवासी

३ साउन, गोरखा । ‘कामका लागि खाद्यान्न’ कार्यक्रमअन्तर्गत उहिया, सिर्दिवास क्षेत्रका भूकम्प प्रभावित गाउँलेलाई बाटो बनाएबापत उपलब्ध गराइने खाद्यान्न कुहिएको फेला परेको छ ।  विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले गोरेटो गोरखासँगको साझेदारीमा ती गाउँमा खाद्यान्न (दाल र चामल) वितरणका लागि पु¥याएको थियो । खच्चरमार्फत खाद्यान्न ढुवानी गर्दा पानीले भिजेको र सुरक्षित ठाउँमा खाद्यान्न भण्डारण गर्न नसक्दा उहिया र सिर्दिवासका बासिन्दाले तोकिएको परिमाणानुसार खाद्यान्न पाउन सकेका छैनन् ।...बाँकी

रक्सौल नाका सहज नहुँदा यात्रुलाई सास्ती

July 18, 2017 Posted by Jhilko.com
रक्सौल नाका सहज नहुँदा यात्रुलाई सास्ती

वीरेन्द्र कर्ण ३ साउन– वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रको रक्सौल नाका सहज नहुँदा आवतजावत गर्ने दुवै देशका नागरिकले सास्ती भोग्दै आएका छन् ।  रक्सौल रेल्वे साइडिङ र एकीकृत भन्सार जाँचचौकी (आइसिपी) को व्यवस्थापन नहुनु तथा रक्सौल–वीरगञ्ज नाका व्यवस्थित नभएकाले आवतजावत गर्ने दुवै देशका नागरिक घण्टौँसम्म जाममा फस्ने हुनाले दुर्घटनाको शिकार हुने गरेको गुनासो आउन थालेका छन् ।  भारत सरकारको कमीकमजोरीका कारण तथा ट्राफिक व्यवस्थापन नभएकाले घण्टौँसम्म रक्सौल नाका जाम ह...बाँकी

पत्रकार महासंघ किन उदासीन ?

July 18, 2017 Posted by Jhilko.com
पत्रकार महासंघ किन उदासीन ?

नबराज दाहाल १ सूचना तथा सञ्चार मन्त्रालयले साउन १ गतेदेखि कार्यान्वयनमा ल्याउने तयारी गरेको विदेशी टेलिभिजन च्यानलमा विज्ञापनरहित प्रसारण नीति (क्लिन फिड) अन्तिममा स्थगित गरेको छ । भारतीय दूतावास, भारतीय प्रसारण फोरमसहित कतिपय नेपालका व्यवसायी संस्थाको दवावलाई सरकारले चिर्न सकेन । कतिपय नीतिगत विषयमा कार्यसम्पादन गर्न बाँकी रहेकाले तत्कालका लागि यो मुद्धा स्थगित गरिएको सञ्चार मन्त्रालयले औपचारिक रुपमा वक्तव्य दिएको छ ।    नेपालको विज्ञापन बजारको प्रवद्र्धन र विदेशी संस्कृतिको नका...बाँकी

प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

July 17, 2017 Posted by Jhilko.com
प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

२ साउन, काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।  शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।  सो समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेक...बाँकी