categoryone

सरकारले ग¥यो मध्यरातमा सडक निर्माणको अनुगमन

July 22, 2017 Posted by Jhilko.com
सरकारले ग¥यो मध्यरातमा सडक निर्माणको अनुगमन

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाको सडक निर्माण कार्यको अनुगमनलाई तीव्रता दिएको छ ।      प्रधानमन्त्री शेरबहादुर देउवाले यही साउन १ गते १५ दिनभित्र उपत्यकाका खाल्डाखुल्डी पुर्न निर्देशन दिनु भएपछि सो अनुरुप काम भए नभएको भनी अनुगमन तीव्र पारिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका सचिव चन्द्र घिमिरे, खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्यायलगायतको सरकारी टोलीले आजराति १० बजे चाबहिल बौद्ध सडकखण्ड निर्माणको अनुगमन गरेको छ । प्रधानमन्त्री कार्यालयका सच...बाँकी

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

July 21, 2017 Posted by Jhilko.com
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

६ साउन, नवलपरासी । दुवै देशको सीमा क्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरिएको छ ।  नवलपरासीको गुठीप्रसौनीको सीमा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती गरिएको हो ।  सीमा स्तम्भ संख्या ५०० देखि स्तम्भ संख्या ४९७ सम्म संयुक्त गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनीले जनाएको छ । सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट गुठी प्रसौनी र सशस्त्र सीमा बल एसएसबी झुलनीपु...बाँकी

उखरमाउलो गर्मीले जनजीवन प्रभावित

July 21, 2017 Posted by Jhilko.com
उखरमाउलो गर्मीले जनजीवन प्रभावित

६ साउन , नेपालगञ्ज । असारको तेस्रो सातादेखि नेपालगञ्जमा पानी पर्न नसक्दा उखरमाउलो गर्मीले यहाँको जनजीवन प्रभावित भएको छ ।  अत्यन्त चर्को घाम र छहारीमा बस्दासमेत तर्तरी पसिना आउने प्रचण्ड गर्मीले सर्वसाधारणको दैनिक जीवन कष्टकर बन्दै गएको छ ।  गर्मी महिना शुरु भएयता नेपालगञ्जमा अहिलेसम्म ठूलो मनसुनी झरी पर्न सकेको छैन । पानी नपर्नाले पनि आमनागरिकले उखरमाउलो गर्मीको नियति भोग्नु परेको हो ।  गर्मी बढेसँगै यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थितिसमेत पात...बाँकी

मुख्यसचिव भएरै छोड्ने रेग्मीको उद्घोष

July 21, 2017 Posted by Jhilko.com
मुख्यसचिव भएरै छोड्ने रेग्मीको उद्घोष

काठमाडौं । ‘धनबहादुरलाई मुख्यसचिव नबनाएर के भयो र ? राजेन्द्रकिशोर भइहाले । अब कात्तिक ८ मा उनी रिटायर्ड भएपछि मलाई मुख्यसचिब बन्नबाट कसैले रोक्न सक्दैन । प्रतिस्पर्धी रिटायर्ड भइहाल्छन । सरकार पनि यही हुन्छ । अनि म नभएर को हुन्छ त मुख्यसचिव ?’ मन्त्रिपरिषदको बैठकले राजेन्द्रकिशोर क्षेत्रीलाई मुख्यसचिव नियुक्त गरेपछि गृह मन्त्रालयमा भेला भएका नेपाली कांग्रेस निकट कर्मचारीहरुलाई गृहसचिव लोकदर्शन रेग्मीले दिएको अभिब्यक्ति हो । क्षेत्री मुख्यसचिव भएर जति खुसी थिए, त्योभन्दा खुसी देखिन्थ...बाँकी

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

July 21, 2017 Posted by Jhilko.com
हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

६ असार, इनरुवा । सुनसरीको बराह नगरपालिका–६ मा हात्तीको आक्रमणबाट शुक्रबार बिहान एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी रामबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्किएको हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।  शवपरीक्षणका लागि बिपी कोइराला प्रतिष्ठान, धरान लगिएको बताइएको छ । रासस    बाँकी

राक्षसलाई धपाउने घण्टाकर्ण पर्व आज

July 21, 2017 Posted by Jhilko.com
राक्षसलाई धपाउने घण्टाकर्ण पर्व आज

लक्ष्मी गारु ६ साउन, भक्तपुर । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा आज नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्ण राक्षसलाई धपाउने प्रचलनको गठामुंगः पर्व मनाउँदैछन् । नेवार समुदायले हर्षोल्लासका साथ मनाउने घण्टाकर्ण पर्व नेवारको मौलिक पर्वमध्येको एक हो ।  वर्षको चारवटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रुपमा लिने गरिएको हो...बाँकी

प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु

July 20, 2017 Posted by Jhilko.com
प्रधानमन्त्री देउवाको निर्देशनपछि सडकको पुनःस्थापना सुरु

५ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले १५ दिनभित्र उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएपछि मेलम्चीको पाइप बिच्छ्याउन खनिएका सडकको पुनःस्थापना सुरु भएको छ ।  सडक दूरवस्थाका कारण उपत्यकामा एक बालिकाको मृत्यु भएपछि प्रधानमन्त्री देउवाले साउन १ गते आइतबार सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाई १५ दिनभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए । यसको समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेको संयोजकत्वमा संयन्त्र पनि...बाँकी

बाँदर आतंकले अनुसन्धान केन्द्र प्रभावित

July 20, 2017 Posted by Jhilko.com
बाँदर आतंकले अनुसन्धान केन्द्र प्रभावित

पोखरा  । लगाएका खेतीबाली खाइदिएर बाँदरले कृषकलाई सास्ती दिँदै आएका त थिए नै,  कृषिकै अनुसन्धान गर्दै आएको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र पनि यो समस्याबाट अछुतो बन्न सकेको छैन । विभिन्न बालीको अध्ययन तथा अनुसन्धान गर्दै आएको यो केन्द्रलाई अहिले अनुसन्धानका लागि लगाइएका बाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । केन्द्रका प्रमुख तुलबहादुर पुनका अनुसार अनुसन्धानका लागि लगाइने बालीको बीउ पनि खोस्रिएर खाइदिने भएपछि बीउ लगाउँदादेखि नभित्र्याउँदासम्म बाँदरबाट जोगाउनुपर्ने...बाँकी

४० प्रतिशत विद्यार्थी लागूऔषधको दुव्र्यसनमा

July 19, 2017 Posted by Jhilko.com
४० प्रतिशत विद्यार्थी लागूऔषधको दुव्र्यसनमा

४ साउन, काठमाडौं । पछिल्लो समय नेपाल लागूऔषधको कारोबारमा संसारमै चर्चामा आउन थालेको छ । त्यतिमात्र होइन लागूऔषधको लतमा फस्नेहरुको संख्या पनि नेपालमा ह्वात्तै बढेको छ ।  लागूऔषधको दुुव्र्यसनमा फस्नेहरु मध्य धेरै १२ वर्षदेखि २५ वर्षमुनिका युुवा युवती रहेका छन् । विद्यालय र क्याम्पसका झण्डै ४० प्रतिशत विद्यार्थी कुनै न कुनै प्रकारको लागूऔषधको दुुव्र्यसनीमा फसेको नेपाल प्रहरीको लागूऔषध कानुुन कार्यान्वयन इकाइको तथ्याङ्कमा उल्लेख छ  । नेपाल प्रहरीको तथ्याङ्कलाई आधार मान्दा दुव्र्यसनीमध्य...बाँकी

भारतको खुल्ला आकास नीति नेपालद्वारा अस्वीकार

July 19, 2017 Posted by Jhilko.com
भारतको खुल्ला आकास नीति नेपालद्वारा अस्वीकार

काठमाडौं । दक्षिण एसियाली मुलकमा खुल्ला आकास नीति लागु गर्ने भारतको प्रस्ताबलाई नेपालले अस्वीकार गरेको छ । भारतले नेपाल सहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागु गर्ने प्रस्ताब गरेको थियो । एकमहिना अघि परराष्ट्र मन्त्रालय मार्फत संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताब आएको थियो । यसअघि दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्मेलनमा पनि यो विषयले प्रवेश पाएको थियो । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखाका अनुसार भारतले राखेको प्रस्ताब...बाँकी