categoryone

बैशाख यता मात्रै सवारी दुर्घटनामा ८ सय भन्दा धेरैको मृत्यु

August 31, 2016 Posted by Jhilko.com
बैशाख यता मात्रै सवारी दुर्घटनामा ८ सय भन्दा धेरैको मृत्यु

भदौ १४, काठमाडौँ । बैशाख महिना यता सवारी दुर्घटनामा परी ८ सय भन्दा धेरैको मृत्यु भएको छ । गएको बैशाखदेखि भदौ १२ गतेसम्ममा ४ हजार भन्दा बढी दुर्घटना भएको गेह मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ४ हजार ३ सय ६५ दुर्घटनामा परी ८ सय १६ जनाको मृत्यु भएको छ ।  संसदको राज्य व्यवस्था समितिमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले यो जानकारी गराएका हुन् । उनले दुर्घटनामा ५ सय ६९ पुरूष र १ सय ५१ महिलाले ज्यान गुमाएको जानकारी दिए । मन्त्रालयका अनुसार दुर्घटनामा साना सवारीका साधन धेरै...बाँकी

राजधानी मै मिटरमा जान मन्दैनन ट्याक्सी चालक, एकैदिन १०९ कारबाहीमा

August 31, 2016 Posted by Jhilko.com
राजधानी मै मिटरमा जान मन्दैनन ट्याक्सी चालक, एकैदिन १०९ कारबाहीमा

भदौ १५, काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो समयमा सवारी साधन र सडक नियम उल्लघंन गर्ने माथि कडा रबैया देखाए पनि अधिकांश  ट्याक्सी चालक अझै पनि मिटरमा जान अटेर गर्ने गरेका पाइएको छ । ट्राफिक प्रहरीले मंगलबार एकै दिन १०९ जना ट्याक्सी चालकलाई कारबाही गरेको छ । यो एकै दिन कारबाहीमा पर्ने अहिलेसम्मकै सबैभन्दा धेरै भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार यस अघि दैनिक १०/१२ जना मात्रै कारबाहीमा पर्ने गरेका थिए । ट्याक्सी मिटरमा जान नमाने ट्राफिक प्रहरीको १०३ वा प्रह...बाँकी

यात्रुको मृत्यु भए चालकले आजिवन सवारीसाधन चलाउन नपाउने

August 29, 2016 Posted by Jhilko.com
यात्रुको मृत्यु भए चालकले आजिवन सवारीसाधन चलाउन नपाउने

भदौ १३, काठमाडौँ । चालकको लापरबाहीका कारण सवारी दुर्घटनामा यात्रुको मृत्यु भएमा चालकको लाइसेन्स सदाका लागि रद्द हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो व्यवस्था गर्न लागेकाे हाे । संसद्मा दर्ता भएको सार्वजनिक महत्वको प्रस्तावको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उक्त व्यवस्थासहित सवारी तथा यातायात व्यवस्था नियमावली संशोधनको निर्णय गर्दै सहमतिका लागि कानुन मन्त्रालयमा पठाइएको जानकारी दिए। छल...बाँकी

हड्ताल गरेको आरोपमा तीन नेपाली सहित अन्य पाँच मलेसियामा पक्राउ

August 28, 2016 Posted by Jhilko.com
हड्ताल गरेको आरोपमा तीन नेपाली सहित अन्य पाँच मलेसियामा पक्राउ

भदौ ११, काठमाडौं । मलेसियाको निलाईमा रहेको ए वान ग्लोभ कम्पनीना कार्यरत तीन जना नेपालीलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । काम छोडेर हड्ताल गरेको अरु साथीलाई कम्पनीको विरुद्ध भड्काएको आरोपमा कम्पनीले तीनजनालाई पक्राउ गरेको सोही कम्पनीमा कार्यरत दोलखाका दिलबहादुर क्षत्रीले जानकारी दिए । पक्राउ पर्नेमा बुटवलका अनिल थापा, प्युठानका भिम पुन मगर र बाराका रामकिशोर हतिजन रहेका छन् । तीन नेपाली सहित अन्य पाँच जना पाकिस्तानी कामदारलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ । न्युनतम तलबमा वृद्धी, हो...बाँकी

ट्रकसँगै त्रिशुलीमा खसेका ७ जनाको उद्धार

August 28, 2016 Posted by Jhilko.com
ट्रकसँगै त्रिशुलीमा खसेका ७ जनाको उद्धार

भदौ ११, काठमाडौँं । आज बिहान ५ बजे त्रिशुली नदीमा खसेको ट्रकमा सवार ७ जनालाई प्रहरीले उद्धार गरेको छ । नारायणगढ–मुग्लिन खण्डको जलबिरेमा बिहान ट्रक त्रिशुली नदीमा खसेको थियो । बालुवा बोकेर हेटौंडाबाट काठमाडौं तर्फ आइरहेको ना ३ ख ४५५६ नम्बरको ट्रकमा सवार ७ जना घाइते छन् । घाइतेहरुको उद्दार गरेर उपचारको लागि नारायणगढ पठाइएको मुग्लिङ प्रहरीले जानकारी दिएको छ । घाइते हुनेको पहिचान खुल्न नसकेको र उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । घाइते हुनेमा २ पुरुष, २ महिला र ३ जना बालबालिका...बाँकी

पर्वले जोडिँदै पहाडी-मधेसी

August 28, 2016 Posted by Jhilko.com
पर्वले जोडिँदै पहाडी-मधेसी

भदौ १२, काठमाडौँ । पतिको दिर्घायु कामना गर्दै हिन्दु नारीहरूले मनाउने हरितालिका जित पर्व यसपाली भदौ १९ गते परेको छ। सन्तानको दिर्घायु कामना गर्दै तराईका महिला भने असोज ७ गते जितिया पर्वमा रमाउँछन्। दुवै पर्व केही दिन टाढै छन् तर शनिबार राजधानीमा भेला भएका यी दुई समुदायका महिलाहरूले एकै ठाउँमा एकै पटक दुई पर्व मनाए। जनकपुरिया समाजद्वारा ‘तीज-जितिया दर तथा ओठगन कार्यक्रम’ मा दरका खुख्य परिकार खिर र जितियाको मडुवा खुवाइयो। राजधानी बस्दै आएका जनकपुरका पहाडी तथा तराई मुलका महिल...बाँकी

दुईवटा मोटरसाइकल ठोकिदाँ दुई जनाको मृत्यु

August 27, 2016 Posted by Jhilko.com
दुईवटा मोटरसाइकल ठोकिदाँ दुई जनाको मृत्यु

भदौ ११, धनुषा । धनुषामा दुईवटा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सर्लाहीको गौरीशंकर गाउँ विकास समिति–१ का मुकेश चौधरीको दुर्घटनामा ज्यान गएको हो । अर्को एकको भने सनाखत भई नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ । शनिबार दिउँसो जनकपुरको ढल्केवर सडकखण्डको हजचोकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । दुर्घटनामा मृतक मुकेशकी भाउजु सुष्मा चौधरी गम्भीर घाइते भएकी छिन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । ज ७ प ५७१७ नम्बरको जनक...बाँकी