categoryone

स्वावलम्बी बन्दै दृष्टिविहीन

August 07, 2017 Posted by Jhilko.com
स्वावलम्बी बन्दै  दृष्टिविहीन

धनवीर महतो      २३ साउन, महोत्तरी । महोत्तरी भरतपुरकी २१ वर्षीया दृष्टिविहीन ललिता सिंह घरमा बसी दिनको रु ५०० सम्म आम्दानी गर्ने गर्छिन् । जन्मजात दुवै आँखा नदेख्ने ललिताले घरमा सञ्चालन गरेको किराना पसलबाट दैनिक रु ५०० सम्म आम्दानी हुन्छ । केही महिनाअगाडि सम्म रु एक–दुईका लागि अरूको सामुन्ने हात फैलाउने ललितलाई नेत्रहीन पुनः स्थापना केन्द्र वर्दिवासले रु १० हजार आर्थिक सहायता उपलब्ध गराएपछि उनी गत असारबाट स्वावलम्बीको जीवन बिताउन पाएकी छिन् । उनलाई घरका हरेक परिवारले हर...बाँकी

चिहानबाटै गहना चोरी

August 07, 2017 Posted by Jhilko.com
चिहानबाटै गहना चोरी

२३ साउन, इलाम। इलामको माईजोगमाई गाउँपालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसँगै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।  नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाँदै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिए ।  &l...बाँकी

प्रेस सेण्टरले गोविन्द आचार्य अघि सा¥यो

August 06, 2017 Posted by Jhilko.com
प्रेस सेण्टरले गोविन्द आचार्य अघि सा¥यो

काठमाडौं । नेपाल पत्रकार महासंघको चुनावमा माओवादी केन्द्र निकट प्रेस सेन्टरले गोविन्द आचार्यलाई सभापतिको उम्मेदवार बनाउने भएको छ ।  प्रेस सेण्टरका अध्यक्ष महेश्वर दाहालको नेतृत्वमा रहेको उम्मेदवार छनौट तथा वार्ता समितिको आज बसेको वैठकले आचार्यलाई सभापतिमा सर्वसम्मतले निर्णय गरेको हो ।  महासंघको महाधिबेसन आगामी भदौ ४–५ मा हुँदैछ ।  प्रेस सेण्टरका वरिस्ठ उपाध्यक्ष आचार्य महासंघका पूर्व उपसभापति, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष समेत हुन ।  आचार्यको...बाँकी

बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते

August 06, 2017 Posted by Jhilko.com
बम विस्फोटबाट प्रहरी भ्यानमा क्षति,चार प्रहरी घाइते

२२ साउन, राजविराज । अज्ञात समूहद्वारा सप्तरीको सुरुंगा नगरपालिका–६ स्थित भित्री सडकखण्डमा खाल्टोमा पुरेर राखेको प्रेसरकुकर बम विस्फोट हुँदा गएराति एउटा प्रहरी भ्यानमा क्षति पुगेको छ ।  इलाका प्रहरी कार्यालय कडरवनको बा१झ ७३९२ नं को भ्यानमा आंशिक क्षति पुगेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।  इप्रकाबाट गाउँतर्फ जाँदै गरेको सो भ्यान त्यहाँ पुगेपछि बम विस्फोट भएको थियो । त्यसमा सवार प्रहरी निरीक्षक राजेन्द्र यादवसहित चारजना सुरक्षाकर्मीसमेत घाइते भएको प्रहरी उपरीक्षक सि...बाँकी

बन्दबाट नौ जिल्ला प्रभावित

August 06, 2017 Posted by Jhilko.com
बन्दबाट नौ जिल्ला प्रभावित

२२ साउन , तेह्रथुम। अरुणपूर्वका नौ जिल्लालाई लिम्बूवान माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी लिम्बूवान राज्य परिषद्ले आज आह्वान गरेको बन्दका कारण जनजीवन प्रभावित भएको छ ।  बन्दका कारण तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, सुनसरी, मोरङका यातायात र बजार पसल ठप्प छन् । प्रेस र कूटनीतिक नियोगका गाडी, दमकल र एम्बुलेन्सबाहेक कुनै पनि सवारीसाधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् । विसं १८३१ आजकै दिन लिम्बूवानको तत्कालीन गोर्खासँग भएको नूनपानी...बाँकी

मन्त्री महराको ख्याती बढाउन यो एउटा अबसर

August 06, 2017 Posted by Jhilko.com
मन्त्री महराको ख्याती बढाउन यो एउटा अबसर

अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक दक्षता बृद्धिका लागि परराष्ट्र अध्ययन प्रतिष्ठान स्थापना नेपालमा पनि भएको हो । यो प्रतिष्ठान परराष्ट्र मामलाका लागि मेरुदण्ड नै हो । यसले राष्ट्रको लागि परराष्ट्र ज्ञान उत्पादन र बहस गर्न तथा कूटनीतिक सीप विकासमा योगदान गर्छ ।  यस्तो महत्वपूर्ण परराष्ट्र मामला अध्ययन प्रतिष्ठान केही वर्षयता कोमामै छ । गोरखा भूकम्पबाट यसको भवन क्षतिग्रस्त भएपछि यसलाई हाल यो छाप्रोमा सञ्चालन भइरहेको छ । कर्मचारीको तलव मात्र पुग्ने बजेट दिएर यसलाई निष्क्रिय बनाइएको छ । उद्...बाँकी

एकै ठाउँमा चार बालिकाको डुबेर मृत्यु

August 05, 2017 Posted by Jhilko.com
एकै ठाउँमा चार बालिकाको डुबेर मृत्यु

गौर । रौतहटको गरुडा नगरपालिकामा चार बालिकाको आज डुबेर मृत्यु भएको छ ।  गरुडाबाट जिगडिया जाने बाटोमा पानी जमेको खाल्डोमा डुबेर चारजना बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा गरुडा नगरपालिका–४ का राम एकवालकी छोरी १२ वर्षीया सुनिता साह, नौ वर्षीया संगिता साह, जोगेन्द्र साहकी नौ वर्षीया छोरी सुनैना शाह र प्रेम साहकी नौ वर्षीया छोरी सुश्मिता साह रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशब रेग्मीले बताए ।  मृतकका बाबुहरू दाजुभाइ हुन् । मृतक परिवारले दिएको जानकारीअनुस...बाँकी

अब नेपालमा ७७ जिल्ला कायम हुने 

August 05, 2017 Posted by Jhilko.com
अब नेपालमा ७७ जिल्ला कायम हुने 

२१ साउन, काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले तेस्रोचरणको स्थानीय तहको निर्वाचनमा होमिइसकेका मतदातालाई अब कसैले रोक्न नसक्ने बताएका छन् ।  आज यहाँ आयोजित साक्षात्कारमा उनले भने “प्रदेश नम्बर– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको मात्र होइन, समग्र निर्वाचनको माहौल बनाउन राष्ट्रिय जनता पार्टीले उठाएका जायज मुद्दालाई भने सम्बोधन गर्न जरुरी छ । ”  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि मधेशमा उठेका जायज मुद्दालाई सम्बोधन गर्न संविधान...बाँकी

कृषिप्रदान मुलुकको यो दुर्दशा

August 05, 2017 Posted by Jhilko.com
कृषिप्रदान मुलुकको यो दुर्दशा

विराटनगर नाकाबाट मात्रै आठ अर्बभन्दा बढीको खाद्यान आयात २१ साउन, विराटनगर । गत आर्थिक वर्षमा विराटनगर नाकाबाट रु आठ अर्बभन्दा बढीको खाद्यान र दलहन भारतबाट भित्रिएको छ ।  सो नाकाबाट रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।  सोमध्ये सबैभन्दा बढी रु तीन अर्ब ६६ करोड ३१ लाख ३३ हजार मूल्य बराबरको एक लाख ५२ हजार ६३१ मेट्रिकटन मकै आय...बाँकी

नयाँ बानेश्वरमा गाडी ठक्करबाट एक जनाको मृत्यु

August 05, 2017 Posted by Jhilko.com
नयाँ बानेश्वरमा गाडी ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ, २१ साउन । नयाँ बानेश्वरस्थित एभरेष्ट होटल नजिक सवारी साधनको ठक्करबाट आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ ।  महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान भइरहेको छ । अन्दाजी २२/२५ वर्षीय युवक टाउको र पेटमा गम्भीर चोट लागेको अवस्थामा सडकमा लडिरहेको भनी स्थानीयवासीले आज बिहान ५ः३० बजे आयुक्तको कार्यालयमा खबर गरेका थिए ।  शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ । बाँकी