categoryone

गुर्जा हिमाल आरोहणको क्रममा मृत्यु भएका ८ जनाको शवलाई आजै काठमाडौं ल्याइँदै

October 14, 2018 Posted by Jhilko.com
गुर्जा हिमाल आरोहणको क्रममा मृत्यु भएका ८ जनाको शवलाई आजै काठमाडौं ल्याइँदै

२८ असोज, काठमाडौं । म्याग्दीको धौलागिरी गाउँपालिका–१ स्थित गुर्जा हिमाल आरोहणमा जाँदा हिमआँधीमा ज्यान गुमाएका ९ जनाको शवलाई वेस क्याम्पमा ल्याइएको छ । आइतबार बिहान सिम्रिक एयरको हेलिकोप्टरमार्फत उनीहरुलाई वेस क्याम्पसम्म ल्याइएको हो ।  जिल्ला प्रहरी कार्यालयको अनुसार मृतक मध्ये ६ जनाको शवलाई वेस क्याम्पबाट पनि सुरक्षित स्थानमा सारिएको हो । ६ जनाको शवलाई गुर्जा गाउँमा ल्याइसकिएको छ भने अन्य शवलाई पनि ल्याउने क्रम जारी रहेको छ । दिउँसो १२–१ बजेदेखि हावा, हुरी चल्ने भएका...बाँकी

ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

October 14, 2018 Posted by Jhilko.com
ग्रामीण क्षेत्रमा मनपरी भाडा असुली

– लक्ष्मीप्रसाद सापकोटा  २८ असोज, पर्वत । सवारी साधनले मनपरी भाडा असुली गरेपछि पर्वतका ग्रामीण क्षेत्रमा यात्रा गर्ने सर्वसाधरण मर्कामा परेका छन् ।  पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् । गाडी चढेर यात्रा नगरौँ सम्बन्धित ठाउँमा पुग्न घण्टौँ पैदलयात्रा गर्नुपर्छ । चढौँ भेँडाबाख्रा खाँदिएजस्तै खाँदिएर यात्रा गर्नुपर्ने बाध्यता रहेको यात्रुको गुनासो छ । दशैँका बेला सडकमा सवारी साधन र यात्रुक...बाँकी

हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

October 14, 2018 Posted by Jhilko.com
हात्ती आतङ्कबाट पीडित शुक्लाफाँटाका बासिन्दा

२८ असोज, कञ्चनपुर । एक सातादेखि साँझ नपर्दै जङ्गली हात्तीको झुण्ड खेतमा छिर्न थालेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ खजुवापट्टिका बासिन्दा अनिदोमै रात बिताउन बाध्य भएका छन् । पाकेर काट्नै लागेको धानबाली जोगाउनका लागि स्थानीय बासिन्दा अनिदोमै रात काट्न थालेका हुन् ।  पुरै गाउँका बासिन्दाले होहल्ला गर्दै पटका पड्काउने, ढोलक बजाउने गरे पनि हात्ती खेतमा छिरेर धानबाली सखाप पार्ने गरेको छ । रातभर अनिदो रहने बासिन्दा दिउँसभर सुत्ने गरेका छन् । पटाका पड्काउने र आगो देखेर तर्सेर भाग्ने...बाँकी

सिन्धुलीमा फेरि दुर्घटना : माइक्रो खस्यो, बस पल्टियो 

October 13, 2018 Posted by Jhilko.com
सिन्धुलीमा फेरि दुर्घटना : माइक्रो खस्यो, बस पल्टियो 

२७ असोज, सिन्धुली । बिपी राजमार्गमा शनिबार बस र माइक्रो दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।       काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको बा २ ख ५९३४ नम्बरको बस बिपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरे टारमा दुर्घटना भएको हो।  सिन्धुली प्रहरीले बताए अनुसार बस दुर्घटना हुँदा ३० जना भएका छन् ।  तिव्रगतीमा रहेको बस एक्कासी सडकमै चिप्लिएर दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ छ। दुर्घटनामा ३० जना घाइते भएका छन्। घाइतेमध्ये त्रियुगा नगरपालिका उदयपुरका...बाँकी

दशैंलाई किन भनिन्छ नवरात्री ? यस्ता छन् नवरात्रीका रहस्य र वास्तविकता

October 13, 2018 Posted by Jhilko.com
दशैंलाई किन भनिन्छ नवरात्री ? यस्ता छन् नवरात्रीका रहस्य र वास्तविकता

२७ असोज । हिन्दू धर्माबलम्बीहरुले हर्षोल्लासको साथमा मनाउने दशैं पर्वलाई धेरैले सामान्य रुपमा राम्रो लगाउने मिठो खाने, पारिवारिक भेटघाट र रमाइलो गर्ने पर्वको रुपमा लिने गर्छन् ।   तर, यत्तिकैमा यस पर्वको विश्लेशण गर्न सकिंदैन । दशैंको धार्मिक महत्व एकदमै पनि फराकिलो रहेको छ ।  दशैंलाई नवरात्री भनेर पनि चिन्ने गरिन्छ ।   घटस्थापना अथात् अश्विन शुक्ल प्रतिपदाबाट सुरु हुने नवरात्रीको समयमा नौ दिनसम्म विधिपूर्वक दुर्गा भगवतीको पूजाआजा गरिन्छ । ‘असत्य माथि सत्यको विजयको प्रति...बाँकी

शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

October 13, 2018 Posted by Jhilko.com
शुक्लाफाँटामा दुर्लभ स्तनधारी कृष्णसारको सङ्ख्या बढ्यो

२७ असोज, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा सात वर्षअघि स्थानान्तरण गरेर ल्याइएका कृष्णसारको सङ्ख्या बढेर ७१ पुगेको छ । कृष्णसारका बयस्क भाले २७, पोथी २६ र बच्चा १८ रहेका छन् ।  बासस्थान र आहारमा सुधार गरिएपछि कृष्णसारको सङ्ख्या उल्लेख्य रूपमा बढेको निकुञ्जको पूर्वी सेक्टर अर्जुनीका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले बताए । गत वर्ष कृष्णसारको सङ्ख्या ६० रहेको थियो । गत वर्ष कृष्णसारका बयस्क भाले १८, पोथी १६, अर्धबयस्क भाले आठ, पोथी दुई र एक हप्तादेखि पाँच महीन...बाँकी

एनआरएनएमम उपाध्यक्ष थपिने, विधानसभा नरहने

October 13, 2018 Posted by Jhilko.com
एनआरएनएमम उपाध्यक्ष थपिने, विधानसभा नरहने

२७ असोज, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद् ९एनआरएनए०मा छ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ ।  शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा बद्री केसीले जानकारी दिए ।  वैदेशिक रोजगार, लगानी, नेपालीले सिकेको सीप, प्रशासन र महिला, युवा तथा दोस्रो पुस्ताको प्रतिनिधित्व गर्ने गरी छुट्टाछुट्टै छ उपाध्यक्ष राख्ने विधानसभामा सहमति जुटेको छ । यसअघि एक महिलासहित तीन उपाध्यक्ष र...बाँकी

म्याग्दीको गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता

October 13, 2018 Posted by Jhilko.com
म्याग्दीको गुर्जा हिमाल चढ्न गएका ८ जनाको मृत्यु, एकजना वेपत्ता

२७ असोज, म्याग्दी । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ भने अर्का एकजना वेपत्ता छन् । प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरो र आँधीमा परेका परेपछि सम्पर्कमा आएका थिएनन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार घटनास्थल विकट भएकाले उद्धार र खोजी कार्य सहज रुपमा हुन सकेको छैन । शनिबार बिहान पोखराबाट गएको हेलिकोप्टर पनि अवतरण गर्न नसकेर फर्किएको...बाँकी

सुनकोशीमा बस दुर्घटना

October 12, 2018 Posted by Jhilko.com
सुनकोशीमा बस दुर्घटना

२६ असोज , सिन्धुली । बिपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका–५ रिठ्ठे भिरबाट आज यात्रुबस सुनकोशीमा खसेको छ । सडकबाट सुनकोशी नदीमा बस खस्दा एक जनाको मृत्यु भएको र सात जनाको जीवितै उद्धार गरिएको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।  सिन्धुलीको मरिण गाउँपालिकाबाट काठमाडौंतर्फ जाँदै गरेको सुपर वासुकी यातायातको ना ६ ख ९१२ नं को बस सुनकोशीमा खसेको हो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।  सुनकोशी नदीबाट स्थानीयवासी, प्रहरीको प्रयासमा सात जनालाई उद्धार गरी उपचारका लाग...बाँकी

जनकपुर आयो रेल, परीक्षण सफल

October 11, 2018 Posted by Jhilko.com
जनकपुर आयो रेल, परीक्षण सफल

२५ असोज, काठमाडौं । जनकपुरमा रेल आईपुगेको छ । ब्रोडगेजको रेल हिजो बुधबार निर्माण सामग्री ब्लास्ट (गिट्टी) लिएर आईपुगेको हो । ५३ वटा मालबाहक डिब्बामा गिट्टी बोकेर रेल जनकपुर आएको र भार बहन क्षमताको परीक्षण सफल भएको रेल विभागका इन्जिनियरले बताए  । यससँगै जयनगर–जनकपुर रेल सेवाको भारबहन क्षमता परीक्षण सफल भएको छ । परीक्षण सफल भएकाले अबको दुई–तीन महिनाभित्र औपचारिक रुपमा ब्रोडगेज सन्चालन आउन सक्ने रेल विभागको दावी रहेको छ ।   विभागको अनुसार ‘रेलवे बनाउन आवश्यक निर्...बाँकी