categoryone

त्रिशूलीमा बस खस्यो

October 28, 2017 Posted by Jhilko.com
त्रिशूलीमा बस खस्यो

काठमाडौं । राजविराजबाट काठमाडौं आउँदै गरेको बस धादिङको त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृतकमध्ये ९ जना पुरुष, ७ जना महिला र ३ जना बच्चा रहेको धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिए ।  “अहिलेसम्म कसैको पनि सनाखत हुन सकेको छैन । हामी उद्धार कार्यमा खटिएका छौं,” भण्डारीले भने ।  उद्धार गरिएका १३ यात्रुको गजुरी अस्पतालमा उपचार भैरहेको उनले बताए । अन्य यात्रुको उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालि...बाँकी

बालक हत्याको विषयमा विर्तामोड तनावग्रस्त, गोलि चल्यो 

October 27, 2017 Posted by Jhilko.com
बालक हत्याको विषयमा विर्तामोड तनावग्रस्त, गोलि चल्यो 

झापा । झापाको विर्तामोड अहिले तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले ब्यापक दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोलीका साथै अश्रुग्याँस चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गर्दै विरोध गरिरहेका छन् ।  आज बिहान शनिश्चरे रोडबाट निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुग्दा प्रहरीले रोख्न खोज्दा खोज्दै प्रहरीको अवरोधलाई छिचो...बाँकी

छोराको हत्यापछि आत्महत्या

October 27, 2017 Posted by Jhilko.com
छोराको हत्यापछि आत्महत्या

१० कात्तिक, धनगढी । कैलालीको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आफ्ना आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए । उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए । आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक...बाँकी

सूर्यको आराधना गरी छट पर्व मनाईदै  

October 26, 2017 Posted by Jhilko.com
सूर्यको आराधना गरी छट पर्व मनाईदै  

९ कार्तिक, काठमाडौँ ।  आराध्यदेव सूर्यको आराधना गरी महापर्व छठ धुमधामका साथ मनाइँदैछ ।  केही वर्षअघिसम्म तराईका केही जिल्लामा मात्र सीमित यो पर्व अहिले राजधानीलगायत देशको प्रमुख सहरमा पनि विस्तार भएको छ ।  पहाडी समुदायमा समेत छट पर्व त्यतिकै लोकप्रिय बन्दैछ ।  राजधानी विभिन्न काम, काज र अन्य सहरमा बसोबास गर्दै आएका तराईबासीहरू छठ पर्व मनाउन प्राय  आ–आफ्नो गाउँ नै जान्थे तर यताका वर्षहरूमा भने राजधानी लगायतका विभिन्न सहरहरुमा समेत छट मनाइन थालेको छ।  त्यस क्...बाँकी

गौतम बुद्ध विमानस्थल निर्माण तीव्र

October 24, 2017 Posted by Jhilko.com
गौतम बुद्ध विमानस्थल निर्माण तीव्र

कात्तिक ७, भैरहवा।  चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसनले  व्यवस्थापक परिवर्तन  गरेपछि भने अन्तर्राष्ट्रिय गौतम बुद्ध विमानस्थलको आयोजनाको  निर्माण कार्यले तीव्रता पाएको  छ ।  यसअघि चिनियाँ कम्पनीले अङ्ग्रेजी भाषा नबुझ्ने र बढी अनुभव नभएका कर्मचारीलाई आफ्नो आयोजना व्यवस्थापकका रूपमा विमानस्थलमा खटाएको थियो । कम्पनीले अहिले आयोजना व्यवस्थापकसहित अन्य कर्मचारीलाई तानेर नयाँ व्यवस्थापनमा अनुभवी र दक्ष कर्मचारी पठाएपछि कामले तीव्रता लिएको बताइएको छ।  विमानस्थ...बाँकी

सम्पतीको करामत : छोरीलाई बनाइयो भाञ्जी 

October 24, 2017 Posted by Jhilko.com
सम्पतीको करामत : छोरीलाई बनाइयो भाञ्जी 

काठमाडौं । ‘सम्पत्तिमा महादेवका तीन नेत्र ।’ गाउँघरमा अहिले पनि यसै भन्ने गरिन्छ । भगवानमा विश्वास गर्नेहरुले महादेवलाई लोभलालचविहीन भन्ने गर्छन् । तर सम्पत्तिको सवालमा महादेवले पनि दोस्रो होइन, तेस्रो आँखा खोल्छन् भनेर नै यो उखानको सुरुवात भएको हुनुपर्छ । काठमाडौंमा करोडौं मूल्य पर्ने न्यूरोड, सितापाइलालगायतका स्थानमा जग्गा भएको एक परिवारले आफ्नै छोरीको नागरिकता खारेज गरी हकदाबीविहीन बनाएपछि यो उखान साँच्चिकै हो रहेछ भन्ने प्रमाणित गरेको छ । त्यति मात्र होइन, अधिकारीहरु पनि महादे...बाँकी

पुनर्निर्माण प्राधिकरणको सिइओमा युवराज भुसाल नियुक्त 

October 23, 2017 Posted by Jhilko.com
पुनर्निर्माण प्राधिकरणको सिइओमा युवराज भुसाल नियुक्त 

काठमाडौं ।  सरकारले पूर्वसचिव युवराज भुसाललाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा नियुक्त गरेको छ।  आज बसेको मन्त्रिपरिषद् बैठकले भुसाललाई सिइओमा नियुक्ति गर्ने निर्णय गरेको हो।  डा. गोविन्द पोखरेलले पदबाट राजीनामा दिएपछि भुसाललाई सरकारले सिइओ नियुक्त गरेको हो। पोखरेलले आइतबार राजनीतिक आक्षेप लागेको भन्दै पदबाट राजीनामा दिएका थिए। भुसाल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धी हुन्।    बाँकी

छठपर्वको मुख्य विधि मंगलबारदेखि शुरु हुँदै

October 23, 2017 Posted by Jhilko.com
छठपर्वको मुख्य विधि मंगलबारदेखि शुरु हुँदै

हिमांशु चौधरी  ६ कात्तिक, जनकपुरधाम । प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठपर्वको मुख्य विधि भोलिदेखि शुरु हुँदैछ ।  मुख्य विधिअन्तर्गत पहिलो दिनको विधिमा अरवा–अरवाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ ।  यस पर्वमा सूर्यको उपासनाले सन्तान, निरोगिता, सुख, समृद्धि र चर्म रोग निको हुने जनविश्वास रहेको छ । सूर्यलाई आदि देवतालाई पनि भनिन्छ । मान...बाँकी

मुख्यसचिवमा लोकदर्शन रेग्मी

October 23, 2017 Posted by Jhilko.com
मुख्यसचिवमा लोकदर्शन रेग्मी

६ कार्तिक, काठमाडौं  । आज बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठताका आधारमा गृहसचिव गृहसचिव लोकदर्शन रेग्मीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। यसअघि रेग्मी अर्थसचिव थिए। त्यसैगरी रेग्मीको ठाउँमा रिक्त गृहसचिवको जिम्मेवारीमा मन्त्रिपरिषद्ले सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालाई सरुवा गरेको छ। त्यस्तै सामान्य प्रशासन मन्त्रालयको सचिवमा हेटौंडाका क्षेत्रीय प्रशासक रेश्मीराज पाण्डेलाई सरुवा गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिएका छन् । बाँकी

कर्णालीमा एमबीबीएस कक्षा संचालनको लागि कानुनी बाधा फुकाउन पर्नेमा जोड 

October 22, 2017 Posted by Jhilko.com
कर्णालीमा एमबीबीएस कक्षा संचालनको लागि कानुनी बाधा फुकाउन पर्नेमा जोड 

५ कात्तिक, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् ।  हालै सम्पन्न प्रतिस्ठानको पाँचौं सभा बैठकका बक्ताहरुले सो माग गरेका हुन् ।  प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो क्षेत्रका सरोकारवालाहरुले एमबीबीएस कक्षा संचालन गर्नुपर्नेमा जोड दिएका थिए । उनीहरुले...बाँकी