categoryone

हतियार र लागूऔषधसहित दुई पक्राउ

October 11, 2018 Posted by Jhilko.com
हतियार र लागूऔषधसहित दुई पक्राउ

२५ असोज, बनियानी, झापा । झापाको मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।  “भारतीय डब्यूबी १७४२७००१ नं को बोलेरो गाडीमा जाँच गर्दा लागूऔषध भेटियो”, उनले भने, “नियन्त्रणमा लिएकाम...बाँकी

आजबाट बडादशैं सुरू

October 10, 2018 Posted by Jhilko.com
आजबाट बडादशैं सुरू

२४ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । दशैंको पहिलो दिन घरघरमा घटस्थापना गरेर मनाईंदैछ । शुद्ध माटो तथा गोबरले घर शुद्ध बनाएर शास्त्रीय विधि अनुसार शुभ मुहूर्तमा घडा स्थापना गरी घडाको नजिक सप्तधान्य (जमरा) बीजारोपण गरी नौ दिनसम्म विभिन्न नामले शक्तिको पूजा आराधना गरिन्छ । असत्य माथी सत्यको जीतको रुपमा लिइएको बडा दशैंपर्व ठाउँठाउँमा आ–आफ्नो तवरले मान्ने गरिन्छ । आज घटस्थापना भएपछि शुरु भएर विजया दशमी अर्थात् टीकाको दिन ठूलाको आर्शिवाद लिएर टिका जमरा लगाएर समाप...बाँकी

बाबुबाटैै छोरी बलात्कृत

October 10, 2018 Posted by Jhilko.com
बाबुबाटैै छोरी बलात्कृत

२४ असोज, रोल्पा । रोल्पाकी एक १४ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ की ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो । गत भदौ २७ देखि आफू लगातार तीन पटक बलात्कारमा परेको बालिकाले बताएकी छिन् ।  आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो । बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका...बाँकी

चलचित्र कलाकार सङ्घका अध्यक्ष बोगटीको निधन

October 09, 2018 Posted by Jhilko.com
चलचित्र कलाकार सङ्घका अध्यक्ष बोगटीको निधन

२३ असोज, काठमाडौँ । चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीको रुख काट्ने क्रममा आज बिहान निधन भएको छ ।  बोगटीको घर टीकाथली नजिकै रुख काट्ने क्रममा रुखले लागेर बिजुलीको खम्बा ढलेर बोगटीलाई लागेको थियो । गम्भीर घाइते भएका बोगटीको बि एण्ड बी अस्पतालमा उपचारका क्रममा निधन भएको चलचित्र कलाकार सङ्घका महासचिव सरिता लामिछानेले जानकारी दिइन् ।  अहिले बोगटीको शव परीक्षणका लागि पाटन अस्पताल लगिएको लामिछानेले जानकारी दिइन् । बोगटी दुई वर्षअघि चलचित्र कलाकार सङ्घको अध्यक्षमा विजयी भएका थि...बाँकी

महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

October 08, 2018 Posted by Jhilko.com
महानगरबाट फोहर प्रभावित बासिन्दालाई एम्बुलेन्स प्रदान

२२ असोज, बेत्रावती । काठमाडौंँ उपत्यकाको फोहर विसर्जन गरिँदै आएको नुवाकोटको ककनी गाउँपालिकाको प्रभावित बासिन्दालाई सेवा पु¥याउन काठमाडौँ महानगरपालिकाले एक थान एम्बुलेन्स उपलब्ध गराएको छ ।  फोहर प्रभावित बासिन्दाले लामो समयदेखि माग गर्दै आएको एम्बुलेन्स पूर्वसहमतिअनुसार आइतबार महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ककनी गाउँपालिकाका अध्यक्ष मानबहादुर लामालाई प्रदान गरे।  फोहर प्रभावित बासिन्दा बिरामी हुँदा अस्पताल लैजान हुँदै आएको कठिनाइ समाधानका लागि उक्त एम्बुलेन्स प्रदा...बाँकी

काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

October 08, 2018 Posted by Jhilko.com
काठमाडौँ–लुम्बिनी पर्यटकीय बस सञ्चालन

२२ असोज, काठमाडौँ । ट्राभल नेपाल बस सर्भिसेज प्रालिले पहिलोपटक काठमाडौँदेखि मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीसम्म पर्यटकीय बस सञ्चालनमा ल्याएको छ ।  यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभल नेपालले आज बिहानदेखि काठमाडौँ–सुनौली हुँदै लुुम्बिनीसम्म बस सञ्चालनमा ल्याएको हो । ट्राभल नेपालले यसअघि नै लुम्बिनी बस सञ्चालन गर्ने भनेपनि मुग्लिङ–नारायणघाटको बाटो र पूर्वाधारका कारण सञ्चालन गर्न सकेको थिएन । प्रालिका सञ्चालक प्रल्हाद लोहनीले लुम्बिनीको लागि तीनवटा अत्...बाँकी

बौद्ध प्रहरी प्रमुख घुससहित पक्राउ

October 07, 2018 Posted by Jhilko.com
बौद्ध प्रहरी प्रमुख घुससहित पक्राउ

२१ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई एक लाख ४० हजार रूपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको टोलीले उनलाई शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए । उनले भने, “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।”   बाँकी

विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

October 07, 2018 Posted by Jhilko.com
विद्यालयलाई सघाउँदै पूर्वविद्यार्थी

२१ असोज, बागलुङ । बालबालिकामा गुणस्तरीय शिक्षाको जग बसाल्न यहाँको एक सामुदायिक विद्यालयका पूर्वविद्यार्थीले बालकक्षा सुधार अभियान थालेका छन् । सदरमुकामस्थित विद्यामन्दिर माविका पूर्वविद्यार्थीले बालकक्षाको व्यवस्थापकीय सुधारमा लगानी गरेका हुन् ।  अभियानको अगुवाइ सुवासकुमार राजभण्डारी, मुकेश राजभण्डारी, राजेन्द्र आचार्यलगायतले गरेका छन् । अभियानमा देश विदेशमा रहेका पूर्वविद्यार्थीबाट सहयोग आउने क्रम शुरु भएको छ । हालसम्म रु दुई लाख सङ्कलन भएको पूर्वविद्यार्थी मुकेश राजभण्डारीले जानकारी दि...बाँकी

शिक्षकले गरे विद्यालयमा तालाबन्दी

October 07, 2018 Posted by Jhilko.com
शिक्षकले गरे विद्यालयमा तालाबन्दी

२१ असोज, लहान ।  लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।  दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।  नियमित पठनपाठन गर्दै आए पनि लामो समयदेखि तलब नपाएकाले विद्यालयमा तालाबन्दी गरिएको शिक्षक रामकुमार साहले जानकारी दिए । शिक्षकले आफूहरु तलब नपाएसम्म विद्यालयमा तालाबन्दी र पठ्नपाठन नगर्ने बताएका छन् ।  यता विद्यालयक...बाँकी

दर्शैंको मुखमा नागढुंगाको जाम, २ घण्टाको वाटोलाई १२ घण्टा !

October 05, 2018 Posted by Jhilko.com
दर्शैंको मुखमा नागढुंगाको जाम, २ घण्टाको वाटोलाई १२ घण्टा !

१९ असोज, काठमाडौं । कलंकी देखि नौविसे सडक खण्डमा अहिले घण्टौं जाम पर्न थालेको छ । उक्त खण्डको ट्राफिक जामको अवस्था कहालीलाग्दो अवस्थामा पुगेको छ । सम्बन्धित निकाय मौनप्राय देखिएको छ । प्रायजसो जाम पर्ने उक्त खण्ड अहिले कलंकी नागढुंगा सडक विस्तारका कारण झनै सकस बढ्दो छ । राजधानी प्रवेश गर्ने मुख्य नाका थानकोट आजभोलि जामले अस्तव्यस्त छ । जब दशैं नजिकिन्छ, थानकोटमा यस्तै जाम हुने विगतको अनुभवले बताउँछ ।   धुवा, धुलो छिचोल्दै कलंकीबाट थानकोट पुग्नका लागि करिब २ घण्टा लाग्यो । बुङबुङ उडेको धुल...बाँकी