categoryone

विश्वासपात्रबाटै सन्तोष बुढाथोकी 'गोरे' लाई हत्या प्रयास 

December 31, 2016 Posted by Jhilko.com
विश्वासपात्रबाटै सन्तोष बुढाथोकी 'गोरे' लाई हत्या प्रयास 

युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकी 'गोरे' माथि खुकुरी प्रहार गर्ने ब्यक्ति युवा संघकै कार्यकर्ता रहेको खुल्न आएको छ । बिहिबार बेलुका कोहलपुरबाट घर फर्कने क्रममा कोहलपुरकै लक्ष्मण मल्लले बुढाथोकीमाथि खुकुरी प्रहार गरेका थिए । यद्यपि खुकुरी प्रहार गर्ने ब्यक्ति बुढाथोकीका विश्वासपात्र रहेको प्रहरीले जनाएको छ । बिगत केही समययता बुढाथोकी निकट देखिदै आएका लक्ष्मणले कुनै रिसइबि साँध्न हत्या प्रयास गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुरेशप्रसाद काप्mलेले जा...बाँकी

विप्रेषणको व्यवस्थापनका नीतिगत सुधार

December 30, 2016 Posted by Jhilko.com
विप्रेषणको व्यवस्थापनका नीतिगत सुधार

आर्थिक रुपमा सबल मुलुकमा मुख्यतया दुई तवरले व्यापार घाटा हुने गरेको पाइन्छ । पहिलो मुलुकभित्र रहेको विदेशी लगानी, विदेशीबाट आफ्नो मुलुकले खरिद गर्नुपर्छ । दोस्रो विदेशमा आय भएमा पनि मुुलुकको व्यापार घाटा व्यहोर्नुपर्छ । नेपालको यी दुईवटै संयन्त्र छैन तर नेपलमा दुई तरिकाले आयात भइरहेको छ । ती हुन् विदेशी सहयोग र विप्रेषण । विश्वका विभिन्न मुलुकमा काम गर्ने नेपालीले आफ्ना आफन्तलाई रकम पठाउने गर्छन् । चालु आर्थिक वर्षको कात्तिक महिनामा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले बृद्धि भई रु दुई खर्ब ३२ अर्ब...बाँकी

जहाज खरीदमा अर्ब बढी घोटालाको तयारी

December 30, 2016 Posted by Jhilko.com
जहाज खरीदमा अर्ब बढी घोटालाको तयारी

काठमाडौं । सधै विवाद र कमिशन घोटालाले जर्जर बनेको नेपाल बायुसेवा निगममा ठुलो घोटालाको तयारी हुदैछ । अर्बभन्दा बढी रकम कमिशन आउने भएकोले निगमले जसरी भए पनि जहाज खरीद गर्ने योजना अघि बढाएको छ । जहाज खरीदको लागि गठित समितिले निगम सञ्चालक समिति समक्ष एएआर कम्पनीको जहाज ११ अर्ब २८ करोड रुपैंयामा खरीद गर्नको लागि सिफारिस गरिसकेको छ । सञ्चालक समितिले सो सिफारिसलाई टेकेर जहाज खरीद गरी कमिशनमार्फत आउने करीब एक अर्ब रुपैया बाँडीचुडी खाने योजना बनाएको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले अग्रिम डिल गर...बाँकी

माओवादी चुनावतिर लाग्दै, एमाले मैदानबाट भाग्दै

December 30, 2016 Posted by Jhilko.com
माओवादी चुनावतिर लाग्दै, एमाले मैदानबाट भाग्दै

काठमाडौं । साँचो डग्दैन, झुठो टिक्दैन भन्ने उखान नेपाली राजनीतिमा फेरि एकपटक चरितार्थ हुन लागेको छ । चुनाव घोषणा गर्नैपर्छ भन्दै बुरुक्क बुरुक्क उफ्रेर दुनियाँलाई भ्रममा पारिरहेको प्रमुख प्रतिपक्षी नेकपा एमाले चुनावी मैदानबाट भाग्न दूलो खोज्न थालेको छ । उता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने परिवर्तन र विगतका उपलब्धीलाई संस्थागत गर्ने सर्तमा कुनै हालतमा स्थानीय तहको चुनाव घोषणा गर्न प्रयास थालेका छन् । प्रधानमन्त्री प्रचण्डको एकमात्र भनाई छ– संविधान संशोधन र चुनाव घोषणालाई साथसाथम...बाँकी

बीमाको अध्यक्ष बनाउन दौडधुप

December 28, 2016 Posted by Jhilko.com
बीमाको अध्यक्ष बनाउन दौडधुप

काठमाडौं । माओवादी केन्द्रका नेता दीनानाथ शर्मा नेपाल राष्ट बैंकका  निर्देशक चिरञ्जीवी चापागाईंलाई बीमा समितिको अध्यक्ष बनाउनका लागि लबिंग गरिरहेको समाचार छ ।  एमाले निकट भए पनि आफ्नो नातेदार पर्ने भएकाले पार्टीको हितमा काम लगाउन सकिने भन्दै दीनानाथले अर्थ मन्त्रालयमा चापागाईंको पक्षमा लबिंग गरिरहेको अर्थको स्रोतले बतायो ।  जनसम्पर्क धेरै भएका र आफूले भनेको काम पार्टीमा पटाउन सक्ने भएकाले दीनानाथको घरमा धेरै भीड लाग्ने गर्छ । संस्थागत भन्दा पनि व्यक्तिगत आधारमा काम गर्ने...बाँकी

ढल्केवरमा सव–स्टेशन निर्माणको काममा ढिलाई 

December 23, 2016 Posted by Jhilko.com
ढल्केवरमा सव–स्टेशन निर्माणको काममा ढिलाई 

जनकपुर । भारतको मुज्जफरपुरबाट थप बिजुली आयात गर्न धनुषाको ढल्केवरमा निर्माणाधीन सव–स्टेशनको निर्माण कार्यले गति लिन सकेको छैन । नेपाल–भारत सम्झौताअनुसार विद्युत् आयात गर्ने समय अब तीन महिना मात्र बाँकी छ । तर सव–स्टेशन निर्माण र प्रसारणलाईन विस्तारमा ढिलाई भएको कारण तोकिएको समयमा विद्युत आयत गर्न असम्भव हुन गएको हो ।  भारतको मुज्जफरपुरबाट हाल आयात बिजुली बढाएर एक सय ८० मेगावाट पु¥याउन ढल्केवरमा निर्माण भइरहेको २ सय २० केभीको सव–स्टेसनको काम ६० प्रतिशत मात्रै स...बाँकी

मन्त्री शंकर भण्डारीको कर्मचारी सरुवामा दिलचस्पी

December 22, 2016 Posted by Jhilko.com
मन्त्री शंकर भण्डारीको कर्मचारी सरुवामा दिलचस्पी

काठमाडौं । मन्त्री बनेको एक हप्ता नवित्दै कर्मचारीको सरुवामा हात हालेका वन मन्त्री शंकर भण्डारीले मोटो रकम लिएर सरुवा गरिरहेका छन् । मन्त्रालयका अन्य काममा रुची नदेखाउने तर कर्मचारी सरुवामा दिलचस्पी दिने गरेकाले मन्त्री भण्डारी अहिले सरुवा मन्त्रीका नामले प्रशासन क्षेत्रमा चिनिन थालेका छन् । कर्मचारी सरुवामा सन्तुष्ट बनेपछि मन्त्री भण्डारीले अब अर्को कमाउने क्षेत्रमा आँखा गाडेका छन् । वनमन्त्री हँुदा दीपक वोहोराले अनेक प्रपञ्च गर्दा पनि हिम्मत नगरेका काम भण्डारीको प्राथमिकतामा परेका छन् । चित...बाँकी

परिवर्तनलाई आत्मसात् गर्न नसकेको सँस्कृति

December 22, 2016 Posted by Jhilko.com
परिवर्तनलाई आत्मसात् गर्न नसकेको सँस्कृति

* अछाम गाज्रा गाविसकी १५ वर्षीया किशोरी रोशनी तिरुवा पुस २ गते बेलुका छाउगोठमा सुतेकी थिइन् । तर पुस ३ गते बिहान उनी मृत भेटिइन् । कक्षा ९ मा अध्ययनरत रोशनीले छाउगोठभित्रै जीवन गुमाइन् । * राजधानी काठमाडौंस“गै सिमाना जोडिएको काभ्रेपलाञ्चोक जिल्ला सानो वाङथली–७ की ३२ वर्षीया लक्ष्मी परियारको बोक्सीको आरोपमा हत्या भयो । * एक हप्ताअघिदेखि बेपत्ता बारा सिम्रौनगढ– की १६ वर्षीया विवाहित किशोरी रेणुकुमारी कुशवाहको शव मृतअवस्थामा पौष ३ गते भेटियो । यी त केही प्रतिनिधि घटनाहरु...बाँकी

आईजीपी भारतीय दूतावासको शरणमा 

December 21, 2016 Posted by Jhilko.com
आईजीपी भारतीय दूतावासको शरणमा 

काठमाडौं । “गृहमन्त्रीले धेरै हस्तक्षेप गर्नुभयो । प्रहरी अधिकृतहरुको सरुवा गर्न हस्तक्षेप नगर्ने ब्यवस्था मिलाइदिनु प¥यो ।” यो कुरा गृह मन्त्रालयका कुनै अधिकृत या उच्च प्रहरी अधिकारीले गृहमन्त्रीभन्दा माथि प्रधानमन्त्री या गृहमन्त्रीको पार्टीको अध्यक्षलाई भनेको कसैले अनुमान गर्छ भने त्यो गलत हुनेछ । आमजनताको सुरक्षाको दायित्व बोकेको नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही समयअघि नेपालस्थित भारतीय राजदूताबासमा नै पुगेर भारतीय राजदूतसँग यो आग्रह गरेका हुन । समाचार स...बाँकी

गलत प्रक्रियाबाट नियुक्त गरिएका डीनलाई मान्दैनौं

December 20, 2016 Posted by Jhilko.com
गलत प्रक्रियाबाट नियुक्त गरिएका डीनलाई मान्दैनौं

डा. सुरेश उप्रेती, संयोजक, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान बचाऔं संघर्ष समिति २०७३   तपाईंहरुको पछिल्लो आन्दोलन किन ?  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानमा कार्यरत शिक्षक, कर्मचारीको भावना विपरीत आमरण अनशनको दवावमा त्रिविको नियमानुसार आएका डीनलाई राजीनामा दिन लगाएर अर्काे डीन नियुक्तिको विरोधमा आन्दोलन भइरहेको हो । यसै कारण दुई हप्ता अघिबाट तालाबन्दी गरिएको छ ।  तालाबन्दी वाहेक संघर्षका कार्यक्रम पनि छन कि ?    गलत प्रक्रियाबाट नियु...बाँकी