categoryone

हुम्लाको नमूना गाउँमा सञ्चार छैन  

January 19, 2017 Posted by Jhilko.com
हुम्लाको नमूना गाउँमा सञ्चार छैन  

हुम्ला । सदरमुकाम सिमिकोटबाट झण्डै तीन दिनको पैदल हिंडेपछि श्रीष्ठा गाविसको नेप्का पुगिन्छ । यो गाउँ दिनमा सात पटक सूर्य उदाउने र अस्ताउने भनेर चर्चित छ । चारैतिर अग्ला डाँडाको बीचमा छ यो गाउँ । यो हुम्लाको नमूना गाउँ पनि हो । यो गाउँमा कहिलै लोडसेडिङ हुँदैन थियो तर केही वर्ष यता यहाँको विजुली बिग्रेको छ । हुम्लाको पहिलो विजुली बलेको गाउँ हो यो । तर यहाँ सूचना तथा संचारको पहुँच छैन । घरैबाट टाढा गएका आफन्तलाई फोन गर्ने स्थानीयको रहर पूरा भएको छैन । उनीहरुले नेपाल टेलिकमको टावरको लागि माग ग...बाँकी

भूकम्पको त्रासदी बाँकी नै, कहालिलाग्दो भविष्य 

January 17, 2017 Posted by Jhilko.com
भूकम्पको त्रासदी बाँकी नै, कहालिलाग्दो भविष्य 

नेपाल सरकारले १९९० को महाभूकम्पको स्मरण गर्दै माघ २ गते “भूकम्पीय सुरक्षाको बलियो आधार भूइचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नारासहित भूकम्प त्रासदी स्मरण गरियो । १९९० को भूकम्पको स्मरण गर्दै सरकारले केही वर्षदेखि औपचारिक रुपमा कार्यक्रम गर्दै आए पनि भूकम्पीय जोखिम कम गर्न कुनै तयारी गरेको छैन । जुन हामीले भोगिसकेका छौं । र, अर्काे भूकम्पको त्रासदीमा बाँचिरहेका छौं । १९९० सालको भूकम्पको स्मरणमा भूकम्प सम्झाना गरे पनि आजभन्दा आठ सय वर्ष पहिला काठमाडौंमा ठूलो भूकम्प आएको तथ्य फ...बाँकी

सेटिङमै सुन तस्करी

January 17, 2017 Posted by Jhilko.com
सेटिङमै सुन तस्करी

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई अस्ति प्रधान कार्यालयले आफ्नो प्रशासन शाखामा तान्यो । कारण थियो, झण्डै दुई साताअघि विमानस्थल बाहिरपट्टिबाट नियन्त्रणमा लिएको ३४ किलो सुन पक्राउको जालो एसएसपी खत्रीसम्म पुग्नु । दुबईबाट ल्याएको ३४ किलो सुन नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई साताअघि नियन्त्रणमा लिएको थियो । उक्त सुन कसरी आयो भन्ने विषयमा त्रिभुवन विमानस्थलका कर्मचारीहरु छानविनको दायरामा परेसूगै एसएसपी...बाँकी

राष्ट्रपतिकी छोरीको आडम्बरी विवाह

January 16, 2017 Posted by Jhilko.com
राष्ट्रपतिकी छोरीको आडम्बरी विवाह

राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम भण्डारीको विवाह निकै तामझामका साथ सोमबार भयो । पूर्व राष्ट्रपति रामबरण यादवका नाति अभिषेक यादवसँग भण्डारीको विवाह भएको हो । सामाजिक व्यवहार सुधार ऐनअनुसार ५१ जनामात्र जन्ती ल्याउन पाइन्छ । पूर्व राष्ट्रपति र वहालवाला राष्ट्रपतिले यसको खिल्ली उडाएका छन् । भ्रष्ट र माफियाका रुपमा वदनामी कमाएर हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तबाट अदालतद्वारा हटाइएका लोकमान सिंह कार्कीले समेत हालै आफ्नो सन्तानको विवाहमा यो ऐन पालना गरेका थिए तर राष...बाँकी

डा. के.सी. बसेकै ठाउँमा मैनाली अनसन बस्ने

January 11, 2017 Posted by Jhilko.com
डा. के.सी. बसेकै ठाउँमा मैनाली अनसन बस्ने

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै एघारौं अनसनको चेतावनी दिइरहँदा उनलाई हिजो आन्दोलनमा साथ दिनेहरुले नै असन्तुस्टि व्यक्त गरिरहेका छन् । डा. केसीको अनशन अराजकताका कारण समग्र चिकित्सा क्षेत्र अझ खासगरी महाराजगञ्जस्थित शिक्षण अस्पताल र यहाँको शिक्षण संस्था ध्वस्त हुने त्रास उनीहरुको छ ।     डा. केसीको पछिल्लो अनसनको चेतावनी चिकित्साशास्त्र अध्ययनका लागि नयाँ विद्यार्थी भर्ना र शुल्कसम्बन्धी आइओ...बाँकी

समृद्धिको बाटोमा पूर्वी नेपाल

January 08, 2017 Posted by Jhilko.com
समृद्धिको बाटोमा पूर्वी नेपाल

नेपालगञ्जको कुनै गल्लीमा ‘पिसाव फेर्न मनाही छ’ लेखिएको दिवालमा मुत्र विसर्जन गर्दै गरेका एक महाशय मुलुकको हालत देखेर चिन्तित देखिए । तराई क्षेत्रको रोग नै हो यो । जे गर्न मनाही छ भनिएको छ, त्यही गर्न उद्यत् देखिन्छन् तराईवासी । अझ भनौं मधेसी समुदायको बाहुल्यता रहेको क्षेत्रको दीर्घकालीन समस्या नै हो यो । कुनै क्षेत्र विशेषको नराम्रो टिप्पणी गर्नु अशोभनीय भए पनि कतिपय कुराहरु मष्तिष्क हल्लाउने खालका हुन्छन्, जसलाई ब्यक्त नगरी बस्नै सकिंदैनन् ।  तुलनात्मक रुपमा मधेस क्षेत्रमा च...बाँकी

उद्यागेमन्त्रीको आँखा कमिशनमा

January 04, 2017 Posted by Jhilko.com
उद्यागेमन्त्रीको आँखा कमिशनमा

काठमाडौं । भन्सारका रुपमा चर्चित उद्योग विभागमा अहिले करीब दुई खर्बको लगानीका लागि इजाजत दिन १२ वटा फाइल पेन्डिङमा छन् । ठूलै आर्थिक चलखेल हुने ती फाइलबाट निर्णय गरेपछि सोझो हिसाबमा पनि करोडौं कमिशन प्राप्त हुन्छ । त्यही कमिशनमा मन्त्री नवीन्द्रराज जोशीका आँखा पुगेका छन् । जसले गर्दा महानिर्देशक वनाउन ढिलाइ भएको विभाग स्रोत बताउँछ । ती फाइल स्वीकृत औद्योगिक लगानी प्रवद्र्धन वोर्डले गर्दछ । वोर्ड उद्योग विभागमा छ । वोर्डको अध्यक्ष उद्योग मन्त्री रहने प्रावधान छ  । वोर्डको वैठक एकपटक पनि बसेक...बाँकी

जहाज खरीदको लागि कशांकार नेताको दैलोमा

January 04, 2017 Posted by Jhilko.com
जहाज खरीदको लागि कशांकार नेताको दैलोमा

काठमाडौ । नपोल वायुसेवा निगम सञ्चालक समितिले जहाज खरीद गनर्सक्छ । तर निगमका महापब्रन्धक समितिमा प्रस्ताव पेश नगरी त्यसमा राजनीतिक सहमति जुटाउन लागि परेका छन । काठमाडौका केही घरानियाहरुसँग मिलरे एक अर्बभन्दा बढी रकम कमिशन आउने “ए ३३०-२००” एयरवस खरीद गर्दा सबैलाई खुसी पार्ने नाममा उनी नेताहरुको दैलो चाहारिरहेका छन । जहाज खरीद गर्ने निर्णय गरेपछि कोही बेखुसी भएर त्यसमाथि छानबिन गर्न लागेमा भबिष्यमा समस्या आउने भएकोले उनी अहिले नै सबैको सहमति लिन खोजिरहेका छन । महाप्रबन्धक कंसाकारले आ...बाँकी

युवा संघमा अपराधको उत्कर्ष

January 03, 2017 Posted by Jhilko.com
युवा संघमा अपराधको उत्कर्ष

झण्डै दुई साता अघि नेकपा एमाले निकट युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि आफ्नै घर छेउमा गोली दागियो । युवा संघ नेपालले काठमाडौंमा केन्द्रीय समितिको आकस्मिक बैठक डाकेर हत्पतमै आन्दोलनका कार्यक्रम सार्वजनिक ग¥यो । तथ्यको गहिराईमा नपुगी एक्कासी निश्कर्षमा पुग्ने हतारोमा रहेको युवा संघका अध्यक्ष राजिव पहारी, दिलु पन्तलगायतले आरोप लगाए, ‘तिवारीले संविधान संशोधन प्रस्ताव विरुद्ध र अखण्ड ५ नम्बर प्रदेशको पक्षमा सडक आन्दोलनको नेतृत्व गरिरहेकाले सरकारकै मिलेमतोमा उनको हत्या भएको हो ।&...बाँकी

बीमामा घिमिरेलाई अध्यक्ष बन्न नदिन अझै चलखेल

January 02, 2017 Posted by Jhilko.com
बीमामा घिमिरेलाई अध्यक्ष बन्न नदिन अझै चलखेल

बीमा समितिको अध्यक्षमा बीमा विशेषज्ञ डा. रवीन्द्र घिमिरे लगभग निश्चित जस्तै भए पनि पैसाको प्रभावमा त्यसलाई उल्टाउन सकिन्छ भन्दै राष्ट्र बैंकका निर्देशक चिरञ्जीवी चापागाईं लागिपरेको अर्थमन्त्रालय स्रोतले बताएको छ । आफूलाई दीनानाथ शर्माको नातेदार बताउने चापागाईंले माओवादी नेताको ढोका ढक्ढक्याउने काममा दीनानाथलाई बढी प्रयोग गरिरहेका छन् । अर्थमन्त्री कृष्णबहादुर महरा डा. रवीन्द्र घिमिरेलाई बीमा समितिको अध्यक्ष बनाउन सहमत छन । प्रधानमन्त्री प्रचण्ड पनि घिमिरेकै पक्षमा छन । विहीवारको मन्त्रीप...बाँकी