categoryone

व्यावसायिक माछापालन

May 30, 2017 Posted by Jhilko.com
व्यावसायिक माछापालन

पथरी –मोरङ । धनपालथापन गाँउपालिका– ६ दादरवेरीयाका दयाराम श्रेष्ठले वार्षिक रु दुई करोडको माछा बिक्री गर्दै आउनुभएको छ ।  करिब रु ६ करोडको लगानीमा तीन वर्ष अगाडि १७ बिगा जमिनमा १५ वटा पोखरी बनाएर उहाँले व्यावसायिक माछापालन गर्दै आउनुभएको छ । सुनसरीको तरहरास्थित मत्स्यविकास केन्द्रबाट भुरा ल्याई माछापालन गरेका हुन् ।  सिल्भर कार्प, रहु, नैनी, बिग्रेट, ग्रास कार्प जातका माछा पथरी, उर्लाबारी, विराटचोेक, धरान, इटहरी, विराटनगरलगायत सहरमा बिक्री गर्दैआउनुभएको छ । श्रेष्ठले प...बाँकी

सुनसहित विमानस्थलबाट पक्राउ

May 30, 2017 Posted by Jhilko.com
सुनसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ । साउदी अरबबाट नेपाल आएका व्यक्तिसँग सुन सङ्कलन गर्ने समूहका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।  कपिलवस्तु शिवपुर–४ घर भएका ३७ वर्षीय रामभोजन थारु र चितवन वीरेन्द्रनगर घर भई काठमाडौँ महानगरपालिका नयाँ बसपार्कमा होटल म्याग्दी पोखरा सञ्चालन गरी बस्ने ३२ वर्षीय राजकुमार भुसाललाई प्रहरीले २०० ग्राम सुनसहित पक्राउ गरेको हो ।  साउदीबाट थारुसँगै नेपाल आएका उनका साथीहरुसँग भन्सार जाँचपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ स्थलमा बसी सुन सङ्कलन गरिरहेका अ...बाँकी

सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

May 30, 2017 Posted by Jhilko.com
सेनाको विमान दुर्घटनामा पाइलटको मृत्यु

भीमदत्तनगर । नेपाली सेनाको कार्गो विमान आज मध्याह्न बाजुराको कोल्टी विमानस्थल छेउमै दुर्घटना हुँदा पाइलट कैलाश गुरुङको मृत्यु भएको छ ।  अवतरण गर्ने क्रममा कल साइन एन ए ०४८ विमान कोल्टी विमानस्थलको धावनमार्ग नजिकैको धान खेतमा । दुर्घटनामा पर्दा नेपाली सेनाका सुबेदार पूर्णबहादुर खड्का र अनिता आले गम्भीर घाइते भएका छन् । गम्भीर घाइते पाइलट गुरुङको उपचारका क्रममा कोल्टी अस्पतालमा मृत्यु भएको विमानस्थल सुरक्षार्थ खटिएका प्रहरी नायब निरीक्षक लोकसिंह भाटले जानकारी दिए ।  सुुर्खेत...बाँकी

गोरङखोलामा झोलुङ्गे पुल

May 30, 2017 Posted by Jhilko.com
गोरङखोलामा झोलुङ्गे पुल

बाबियाचौर –म्याग्दी । धौलागिरि गाउँपालिका– ४ मुदीको नेरवाङस्थित गोरङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ ।  रु ३९ लाख ११ हजार ३२४को लागतमा निर्मित ८५ मि लामो झोलुङ्गे पुलबाट तीन सय घरधुरीका एक हजार ८४० जनसङ्ख्या लाभान्वित भएका छन् ।  स्वाप, स्वीस राजदूतावास, टिसकएसयु, आरटिएपी, जिल्ला समन्वय समिति र साविक मुदी गाविसको आर्थिक एवम् मिलन म्याग्दीको प्राविधिक सहयोगमा स्थानीय बासिन्दाले रु ७५ हजार बराबरको श्रमदान गरेर झोलुङ्गे पुल निर्माण भएको वडा सचिव सोमबहादुर खत्रीले जानका...बाँकी

कृष्ण सेन स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

May 30, 2017 Posted by Jhilko.com
कृष्ण सेन स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

नवनियुक्त प्रेस काउन्सिलका अध्यक्ष भवानी बराललाई सम्मान धरान । प्रेस सेण्टर सुनसरीले विशेष कार्यक्रमका साथ कृष्ण सेन स्मृति दिवस मनायो । प्रेस सेण्टरका अध्यक्ष महेश्वर दाहालको प्रमुख आतिथ्यमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले कृष्ण सेन इच्छुकले देखेको सपना पूरा नभएको बताए । कार्यक्रममा प्रेस सेण्टरका अध्यक्ष दाहाल, उपाध्यक्ष ओम शर्मा, प्रेस काउन्सिलका अध्यक्ष भवानी बराल, समाजसेवी गणेशप्रसाद आचार्य, प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मुकेश, धर...बाँकी

प्रेस सेन्टरका पत्रकारद्वारा मानपदवी सम्मानबाट विभूषित हुन अस्वीकार !

May 29, 2017 Posted by Jhilko.com
प्रेस सेन्टरका पत्रकारद्वारा  मानपदवी सम्मानबाट विभूषित हुन अस्वीकार !

काठमाडौं । गणतन्त्र दिवसको अवसर पारेर सरकारले घोषणा गरेको मानपदवी प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाल र उपाधयक्ष द्वय गोविन्द आचार्य र ओम शर्माले नलिने घोषणा गरेका छन् । उनीहरुले एक विज्ञप्ति जारी गर्दै त्यस्तो घोषणा गरेका हुन । उनीहरुले  गणतन्त्र दिवस २०७४ को अवसरमा मानपदवी पाउने सूचीमा आफ्नो नाम समावेश भएको पाउँदा आश्चर्य चकित भएकोे समेत बताएका छन् । आफूहरुसँग कुनै परामर्श नगरी इच्छा विपरीत यस्तो पदक प्रदान गर्ने सूचिमा नाम राखिएकाले यसलाई अस्वीकार गरेको जानकारी गराइएको समेत वक्तव्...बाँकी

सप्तरीमा महिला हिंसा एकाएक तिव्र 

May 29, 2017 Posted by Jhilko.com
सप्तरीमा महिला हिंसा एकाएक तिव्र 

एक महिलालाई निर्धात कुटपिट  १५ जेष्ठ, राजविराज । विगत केही दिन सप्तरीमा महिला हिंसा एकाएक बढिरहेका छन् तर दोषीलाई कारबाही नभएका कारण जिल्लामा महिला हिंसा तीव्र रुपमा बढिरहेको छ । सप्तरीको फकिरा गाविसमा एक महिलालाई निर्धात कुटपिट गरेको छ ।  फकिरा गाविस वडा नं. ५ का सुनिता देवी यादवलाई स्थानीयले कुटपिट गरेको बताएकी छिन् । सोही ठाउँका विन्देश्वर यादवका छोरा अगिन देव यादव (नगडा) भन्ने व्यक्तिले कुटपिट गरेको बताए । श्रीमान विदेशमा रहेको तथा घरमा पुरुष कोही नरहेको मौका छोपी अगिन देव...बाँकी

हतियार सहित दुई जनालाई पक्राउ 

May 29, 2017 Posted by Jhilko.com
हतियार सहित दुई जनालाई पक्राउ 

१५ जेठ, राजविराज । दोश्रो चरणको स्थानीय निर्वाचन नजिकिदै जाँदा सुरक्षा सतर्कता पनि बढाएको प्रहरीले एकै दिन गैरकानुनी हतियार सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको इटहरी विष्णुपर गाउँपालिका ७ बस्ने १९ वर्षिय आदित्य शर्मा र रुपनी गाउँपालिका १ बस्ने ३३ वर्षीय मो. नसिरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवैलाई प्रहरीले आईतवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।  गोप्य सुचनाका आधारमा शनिवार राती राजविराज–छिन्नमस्ता सडक खण्डबाट शर्मालाई पक्राउ गरिएको र उनकै वयानका आधारमा नसि...बाँकी

गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

May 29, 2017 Posted by Jhilko.com
गणतन्त्र दिवसको अवसरमा १४ जना बन्दी कारागारमुक्त

बनेपा । काभ्रेपलाञ्चोकको जिल्ला कारागार धुलिखेलमा रहेका १४ जना बन्दी आज कारागारमुक्त भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई कारागारमुक्त गरिएको हो ।  जिल्ला कारागार धुलिखेलका जेलर महेशकुमार पोखरेलले २४ जना सिफारिस भएकोमा १४ जना मात्रै कारागारमुक्त भएको जानकारी दिए ।  कारागारमुक्त हुनेमा धुलिखेलका चन्द्र मानन्धर, कुशादेवीका ज्याम्बल लामा, रामेछापका टीका नगरकोटी, ¥याले, काभ्रेपलाञ्चोकका दिनेश श्रेष्ठ, सस्यूखर्कका फौदबहादुर थपलिया, महाँकालचौरका बाबु भन्ने भीमबहादुर तामाङ, क...बाँकी

‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

May 28, 2017 Posted by Jhilko.com
‘जिनाइन केराको बिरुवाको माग बढ्दो’

दाङ । जिल्लामा पछिल्लो समयमा नयाँ जातको ‘जिनाइन’ केराको बिरुवाको माग बढ्दोे छ ।  थोरै समयमा धेरै उत्पादन गर्न सकिने सकिने यो केराको माग अत्यधिक रहेकाले नर्सरीमा रहेका बिरुवा किसानलाई पु¥याउनै मुस्किल भएको ‘स्वर्गद्वारी एग्रो नेपाल’ प्राली तुलसीपुर शाखाका प्राविधिक माधव केसीले जानकारी दिए ।  हेर्दा आकर्षक सानो बोट र एक वर्षमै उत्पादनलिन सकिने जिनाइन केरा प्रतिबिरुवा ५० रुपैयाँमा कृषकलाई बिक्री गदै आएको केसीले बताए । दाङको लमही र बर्दियामा कल्चर गरिएका ब...बाँकी