categoryone

औंलाले थिचेकै घरमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने

August 28, 2016 Posted by Jhilko.com
औंलाले थिचेकै घरमा पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्ने

भदौ ६, काठमाडौं । गह्रौँ झोला बोकेर विद्यालय जानुपर्ने र समयमा पाठ्यपुस्तक प्राप्त हुने समस्याबाट अब भने विद्यार्थी प्रताडित हुनुपर्ने छैन । शिक्षकहरूले पनि समयमा पाठ्यक्रम र पाठ्यपुस्तक पाएनौँ भनेर गुनासो गर्न पाउने छैनन् । ग्याजेट र इन्टरनेटको सुविधा हुन सके बढीमा दुई मिनेटमै पाठ्यक्रम र पाठ्यपुस्तक सित्तैमा उपलब्ध हुनसक्नेछ । पाठ्यक्रम विकास केन्द्रले आइतबार सार्वजनिक गरेको ‘सीडीसीनेपाल’ नामक एप्सको प्रयोग गरी शिक्षक तथा विद्यार्थीले आफूलाई चाहेको शैक्षिक सामग्री औँलाले थि...बाँकी

शिक्षामन्त्री नहुँदाको बिजोग, टेलिफाेन, इन्टरनेट काटियाे

August 28, 2016 Posted by Jhilko.com
शिक्षामन्त्री नहुँदाको बिजोग, टेलिफाेन, इन्टरनेट काटियाे

भदौ ५, काठमाडौं । सदस्यसचिव नभएपछि अलपत्र बनेको राष्ट्रिय परीक्षा बोर्डको टेलिफोनको लाइन काटिन थालेको छ । देशभरका उच्च माविका विद्यार्थीको भविष्यसँग जोडिएको सो कार्यालयका कर्मचारीले साउन महिनाको तलब खान पाएका छैनन् । कक्षा १२ को विज्ञान तहको उत्तरपुस्तिका परीक्षण गरेका शिक्षकहरूले परीक्षण गरेवापत रकम पाएका छैनन् । परीक्षाफल प्रकाशित भइसकेको विषयमा कापी जाँचेको रकम नपाउँदा शिक्षक आक्रोशित बनेका छन् । इन्टरनेटको लाइन काटिएको छ । कक्षा १२ को व्यवस्थापन र मानविकी तहको परीक्षाफल...बाँकी