categoryone

मधेसवादी दल कहिले होलान जनपक्षधर ?

December 30, 2016 Posted by Jhilko.com
मधेसवादी दल कहिले होलान जनपक्षधर ?

  “मधेसी दलहरु भारतको लागि पुलपुल्याएका छोरा जस्तै हुन । भारतले निर्देशन दिदा पनि उनीहरु आफ्नो फाइदा नहुने देखे भने मान्दैनन् । तर जब दुतावासले बाउले छोरालाई अँश दिन्न भनेर धम्की दिएको शैलीमा प्रस्तुत हुन्छ, तब मधेसवादी दल उस्ले जे भनेको त्यही गर्छन । त्यसो त भारतीय दुतावास बेला बेला उनीहरुलाई भेला गरेर अब यसरी अघि बढ यो फाइदा र ऊ फाइदा भनेर बाउले छोरालाई सम्झाए जसरी अर्जाप्छ । उनीहरु पनि खुरुखुरु मान्छन ।” मधेस र मधेसी दलका जानकार एक बुद्दिजीविको यो भनाई सांच्चिकै हो जस्तो लाग्...बाँकी

नोटवन्दीले नेपालीलाई बढी समस्या

December 21, 2016 Posted by Jhilko.com
नोटवन्दीले नेपालीलाई बढी समस्या

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गत ८ नोभेम्बर राति ८ बजे देशभित्र प्रचलनमा रहेका ५०० तथा १ हजारका नोटहरु बन्द गराउने घोषणा गरे । कालोधनलाई समाप्त पार्ने, भ्रष्टाचार र आतंकवादलाई निर्मूल गर्ने जाली नोटहरुलाई भारतीय अर्थतन्त्रबाट बाहिर गर्ने उद्देश्यका साथ नोटबन्दी गरिएको भारतवासीहरुलाई रेडियो र टिभी मार्फत् जानकारी गराए । उनको तर्क थियो कि भ्रष्टाचारीहरुले र करछली गर्नेहरुले ठूलो मूल्यका मुद्राहरु जम्मा गरेर भारतमा अकूत कालोधन थुपारेका छन् । करछल्ने उदेश्यका साथ बैंकिङ प्रणालीभन्दा बाहिर राख...बाँकी

पार्टी निर्माण र सञ्चालनको प्रश्न

December 13, 2016 Posted by Jhilko.com
पार्टी निर्माण र सञ्चालनको प्रश्न

मानव समुदायको सबैभन्दा अग्रगामी वर्गको सचेत र संगठित अग्रदस्ताको रुपमा रहेको सर्वहारावर्गको पार्टीलाई भिन्न काल, देश र बदलिएको परिस्थितिअनुरुप नयाँ ढंगले निर्माण गरेर कसरी परिचालन गर्ने भन्ने विषयमा लामो समयदेखि बहस चल्दै आएको छ । क्रान्ति सम्पन्न गर्न मुख्य साधनको भूमिका खेल्ने यसप्रकारको पार्टी निर्माणबारे गम्भीर ढङ्गले छलफल केन्द्रित गर्न जरुरी छ । किनकि नयाँ ढङ्गको पार्टी निर्माणसँग नयाँ जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गरेर समाजवादसम्म पुग्ने अर्थात् क्रान्ति सम्पन्न गर्ने प्रश्न अभिन्...बाँकी

मधेसविरुद्ध एमाले

December 06, 2016 Posted by Jhilko.com
मधेसविरुद्ध एमाले

अन्ततःएमाले नेतृत्वले आफूलाई मधेस र त्यहाँका श्रमजीवी जनताविरोधी पार्टीका रुपमा उभ्याएको छ । मधेसका जनताका जायज माग सम्बोधनगर्ने कुरा उठ्नेवित्तिकै एमालेले मधेसीलाई राष्ट्रविरोधी देख्ने जुन चरित्र प्रदर्शन गरिरहेको छ, यसले एमालेको मधेस विरोधी चरित्र सतहमा आएको छ । अहिले व्यवस्थापिका संसदमा संविधान संशोधन प्रस्ताव दर्तापछि एमालेले जे–जस्ता गतिविधि र तर्कहरु गरिरहेको छ, ती सबै मधेस र मधेसी जनताविरुद्ध छन् । अहिले सतहमा सरकार र प्रमुख प्रतिपक्षी एमालेबीच संघर्ष भए जस्तो देखिए पनि एमालेको लडाइ...बाँकी

संकटाको दशाले घेरिएको देश 

December 02, 2016 Posted by Jhilko.com
संकटाको दशाले घेरिएको देश 

दलहरूले घोषणा गरेका सात प्रान्त वा संघीय राज्यमा २ नम्बरको प्रदेश बाहेक कुनै पनि एक प्रदेश कुृनै खास जाति वा समुदायलाई लिएर बनाइएको प्रदेश पाइएन । घोषित सात प्रदेशको विभाजन चित्त बुृझ्दो भए पनि नभए पनि जनताले एक प्रकारले चित्त बुझाएको जस्तो देखिन्थ्यो । मात्र चित्त मधेसी मोर्चाले बुझाएको थिएन । तर, यही मधेसी मोर्चा यतिबेला ५ नं प्रदेशमा पहाडी जिल्ला मिलाएकोमा असन्तोष छ । मधेसी मोर्चाको तराईलाई पहाडसित र पहाडलाई  तराईसित नमिलाउने चिन्तन देखिन्छ । जबकि नेपाल भनेकै हिमाल, पहाड र तराई हो । मधेस...बाँकी

राजतन्त्रको विरासत लिने षड्यन्त्रमा भारत

November 29, 2016 Posted by Jhilko.com
राजतन्त्रको विरासत लिने षड्यन्त्रमा भारत

 नेपाल र भारतबीच ऐतिहासिक सम्बन्ध छ । नेपालको सबैभन्दा बढी सबै प्रकारका सम्बन्ध भएको देश भारत नै हो । लाखौं नेपाली अहिले पनि भारतमा आश्रित छन भने लाखौ भारतीयले नेपालबाट जीवन निर्वाह गरिरहेका छन । सेना, प्रहरी मात्र होइन, सबै सुरक्षा क्षेत्रदेखि सबै प्रकारको काममा नेपालीहरु भारतको रोजाइमा पर्छन भने हजाम, तरकारी बेच्ने मात्र होइन, सबै प्रकारका प्राविधिक काममा भारतीयहरुले नेपालमा अव्सर लिइरहेका छन । भिसा नलगाई नेपाली परिचयपत्रको भरमा भारतमा नेपालीहरुले अवसर पाइरहेका छन । त्यसैगरी विना परिचयपत्...बाँकी

ऐतिहासिक व्यक्तित्वको मूल्यांकन सम्बन्धमा

November 16, 2016 Posted by Jhilko.com
ऐतिहासिक व्यक्तित्वको मूल्यांकन सम्बन्धमा

कुनै ऐतिहासिक व्यक्तित्वको अध्ययन र मूल्यांकन कसरी गर्ने ? सो काम गर्ने ठीक तरिका के हो ? सो काम गर्नु जति सजिलो जस्तो लाग्छ, त्यति सजिलो कदापि छैन । हाम्रो यहाँ ऐतिहासिक व्यक्तित्वको मूल्यांकन सम्बन्धमा एउटा सामान्य प्रवृत्ति कस्तो पाइन्छ भने त्यसले ‘राम्रा’ मानिसहरुको मुरीमुरी प्रशंसा गर्छ भने ‘खराब’ मानिसहरुको निकै निन्दा गर्छ । आफूलाई मन पर्ने वा आफूलाई राम्रो लागेको व्यक्तित्वको खुव प्रशंसा गर्ने र आफूलाई मन नपर्ने वा आफूलाई खराव लाग्ने व्यक्तित्वको घोर निन्दा गर्ने...बाँकी

नयाँ आधारमा टेकेर एकताबद्ध बनौं: प्रचण्ड

January 27, 2016 Posted by Jhilko.com
नयाँ आधारमा टेकेर एकताबद्ध बनौं: प्रचण्ड

नेपालमा मात्रात्मक रुपले कम्युनिष्ट आन्दोलनको धेरै नै विकास भएको छ, तर वैचारिक र गुणात्मक रुपले त्यसमा निकै ह«ास आएको छ । त्यस्तो बेलामा एकचोटी फेरि विचारको पक्षमा, कम्युनिष्ट आन्दोलनको गुणको पक्षमा अध्ययनको आवश्यकता छ । तीस–चालीसको दशकको अवधिमा र खासगरी ०४६ सालको आन्दोलनको वरिपरि आइसकेपछि आन्दोलनको रुपमा हामी फेरि एकै ठाउँमा केन्द्रित हुँदै गयौं । त्यसपछि एउटा भिन्न क्रान्तिकारी धाराको विकासको निम्ति एउटा ठूलो ध्रुवीकरण कम्युनिष्ट आन्दोलनमा चल्दै थियो । एउटा सुधारवादी–संशोधनवा...बाँकी

एकताबद्ध गर्न मेहनत गरौं: किरण

January 27, 2016 Posted by Jhilko.com
एकताबद्ध गर्न मेहनत गरौं: किरण

कृष्णदास श्रेष्ठको केही समयअघि प्रचण्डसँग भेटघाट भएको रहेछ । माओवादी आन्दोलनलाई एकताबद्ध गर्नुप¥यो भन्ने कृष्णदासको आग्रह रह्यो । मेरो पनि कृष्णदाससँग कुराकानी भइरहन्छ । पार्टी एकता गर्नुपर्छ भन्ने उहाँको बढी जोड रहन्छ । यो कार्यक्रम पनि उहाँको त्यही चाहनाअनुसार गरिएको हो । यो कार्यक्रम निहुँ होस् भन्ने उहाँको चाहना हो । कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादी धार निक्कै बढेर गयो । नेपाली कम्युनिष्ट आन्दोलनमा चौथो महाधिवेशनको कुरा बढी आउँछ । माओ र चाओ भनेर मोहनविक्रम सिंह र निर्मल लामाल...बाँकी

राष्ट्रिय सङ्कट र समाधानको दिशा

February 03, 2016 Posted by Jhilko.com
राष्ट्रिय सङ्कट र समाधानको दिशा

असहमतिको बीचबाट नयाँ संविधान जारी गरेपछि चर्केको मधेश आन्दोलन र पेट्रोलियम पदार्थको आपूर्ति लगायतमा गरिएको भारतीय अघोषित नाकावन्दीले नेपालको राष्ट्रिय स्वाधिनतामा नै गम्भीर संकट पैदा भएको छ । संकट शुरु भएको पाँच महिना पुग्न लाग्यो तर पनि अहिलेसम्म समस्या समाधान हुन सकेको छैन । सरकार, संसदवादी दलहरु र मधेशवादी दलहरुको बीचमा ५० औं पटक वार्ताहरु भए, तर अहिलेसम्म सहमति वा संझौता भएको छैन् । सरकारले भारत सरकारसँग दिल्लीमा भएको चार बुँदे रोडम्यापअनुसार संविधान संशोधन भएमा सहमति हुन्छ भनेर प्रचार गरेको...बाँकी