categoryone

चीनसँग ग्रेटर नेपालको सम्बन्धका प्रश्नमा

April 07, 2017 Posted by Jhilko.com
चीनसँग ग्रेटर नेपालको सम्बन्धका प्रश्नमा

एक सहृदयी मित्रको सौजन्यमा म विगत एक वर्षमा ४ पटक चीन पुगें । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक–डेढ दशकदेखि ग्रेटर नेपालको अभियान सञ्चालन गर्दै आइरहेको सन्दर्भमा मेरो चीन भ्रमणलाई ग्रेटर नेपालसँग जोडेर कसैले हेर्न खोज्छ भने त्यो स्वाभाविक हो तर यथार्थमा त्यसरी हेरिएजस्तो केही भएको छैन । ग्रेटर नेपालका पक्षमा चीनले केही गरिदिने पो हो कि भन्ने आशंकाको सुविधा कसैलाई प्राप्त भए पनि यस्तो हैसियतमा म पुग्न सकेको छैन । अवसर पाउँदा ग्रेटर नेपालको अन्तर्राष्ट्रियकरण गर्ने प्रयास प्राथमिकतामै...बाँकी

कोरा राजनीतिले मात्र समाजको समृद्धि हुँदैन

March 23, 2017 Posted by Jhilko.com
कोरा राजनीतिले मात्र समाजको समृद्धि हुँदैन

मानव समाज र प्रकृति एक अर्काका परिपुरक हुन । आखिर मानिस पनि प्रकृतिकै उपज हो । प्रकृतिमा सबैभन्दा बढी चेतनशील प्राणी मानिस हो । मानिसको विकास क्रम युगयुग हुँदै अगाडि बढेको छ । प्रकृतिभित्र वस्तु चिन्हित गरेपछि नै मानिस घर परिवारको रुपमा बस्दै आएको हो । घर परिवारको रुपमा बस्ने क्रम हुँदै मानिस प्रकृतिबाटै प्राप्त वस्तु र सम्पत्तिप्रति लोभिदै गयो । त्यसपछि त्यो लोभका कारण अलि बढी चेतना भएको मानिसले कम चेतना भएको अर्काे मानिसलाई धन कमाउन श्रम शोषण र अझपछि उसले आर्जन गरेको सम्पत्ति शोषण गर्न थाल्यो...बाँकी

सहमतिका लागि अझै पहल बढाउन आवश्यक

March 22, 2017 Posted by Jhilko.com
सहमतिका लागि अझै पहल बढाउन आवश्यक

नेपालका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र स्थानीय निर्वाचनका लागि सहमत छन् । अधिकार सम्पन्न बनेको स्थानीय तहको निर्वाचन भएमा जनताले आफ्नो शासनसत्ता घरआँगनमा नै भेट्टाउनेछन । यसैले निर्वाचन जतिसक्दो छिट्टो गरे जनतालाई लाभ हुन्छ । निर्वाचनको मधेसी मोर्चाले भने विरोध गरेको छ । मोर्चाको विरोधका कारण तोकिएको मितिमा स्थानीय तहको निर्वाचन होला कि नहोला ? निर्वाचन भएन भने नेपालको राजनीतिक दिशा, दशा के होला ? अनि स्थानीय निर्वाचन तोकिएकै समयमा भएन भने प्रदेश र केन्द्रको नि...बाँकी

दिल्लीमा नेपालसम्बन्धी गतिविधि तीव्र

March 21, 2017 Posted by Jhilko.com
दिल्लीमा नेपालसम्बन्धी गतिविधि तीव्र

लक्ष्मण पन्त २०७४ माघ ७ गते आउन लगभग १० महिनामात्र बाँकी छ । संवैधानिक प्रावधान अनुसार उक्त मितिभित्र स्थानीय तह, प्रदेश तह तथा संघीय संसदको निर्वाचन गराउनु पर्ने हुन्छ । तोकिएको समयभित्र निर्वाचन हुन नसके पहिलेदेखि नै योजनाअन्तर्गत प्रश्नहरुको कठघरामा खडा गराइएको संविधानमाथि नै ठूलो प्रश्नचिन्ह खडा हुनेछ । अझ त्योभन्दा पनि महङ्खवपूर्ण विषय राजतन्त्रको अन्त्यपछि निर्माण भएको नयाँ संघीय गणतन्त्रमाथि नै प्रश्नहरु खडा हुने छन् । मुलुकमा अस्थिरता चाहने भित्री–बाहिरी शक्तिहरु निरन्तर क्रि...बाँकी

बाबुराम भट्टराईलाई आपत पार्ने दस्तावेज

March 21, 2017 Posted by Jhilko.com
बाबुराम भट्टराईलाई आपत पार्ने दस्तावेज

काठमाडौं । पार्टी भताभुंग हुने अवस्था सिर्जना भएपछि नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराई आपतमा परेका छन् । रामेश्वर खनालले पार्टी छाडिसकेका छन् भने अन्य दिग्गजहरुले पनि नयाँ शक्ति छाड्न लागेका छन् । बाबुरामलाई पछिल्लो समयमा सबैभन्दा समस्यामा चाहिँ देव लिम्बूले पारिरहेका छन् । बाबुरामका विचार एकएक खण्डन गरेर लिम्बू अहिले चर्चामा छन् । पार्टी गलत बाटोमा लागेको, बाबुराम गलत बाटोमा लागेको भन्दै लिम्बूले कडा आलोचना गरिरहेका छन् । लिम्बूले असहमति जनाएपछि नयाँ शक्ति पार्टीले आफ्ना सदस्यहरुलाई नेता...बाँकी

चुनाव: किन र कसका लागि ?

March 15, 2017 Posted by Jhilko.com
चुनाव: किन र कसका लागि ?

फेरि चुनावको मिति घोषणा भएको छ । चुनावको मिति घोषणापछि नेपाली राजनीतिमा एउटा हल्का बहस शुरु भएको छ । पहिलोः चुनाव अति आवश्यक विषय हो । दोस्रोः यो एउटा सामान्य प्रक्रिया हो । तेस्रोः यो अनावश्यक हो ।  यी तीन किसिमका क्रिया÷प्रतिक्रियाहरु नेपाली राजनीतिक सतहमा देखापरेका छन् । यो बहस विस्तारै दूई विपरीत धु्रवहरुमा विभक्त हुँदै गइरहेको छ । पहिलो पक्षले चुनाव नभए देश वर्वादीमा फस्ने हुुुुँदा यसबाट जोगाउन चुनावको आवश्यकता रहेको तर्क शुरु गरेका छन् भने तेस्रो पक्षले देश योभन्दा वर्वाद हु...बाँकी

डरलाग्दो भारतीय सैन्यघेरामा छिमेकी

March 15, 2017 Posted by Jhilko.com
डरलाग्दो भारतीय सैन्यघेरामा छिमेकी

भारतको परराष्ट्र नीतिमा सुरक्षा प्राथमिक चासो हो । हिमालयलाई सुरक्षा घेरा मान्ने नेहरु डक्ट्रिन भारतले डिफ्याक्टो रुपमा अपनाउँदै आएको छ । भारतले छिमेकलाई सुरक्षाको चस्माबाट हेर्दै आएको छ । पाकिस्तानसँगको जन्मजात शत्रुता र पटकपटकको युद्ध अनि चीनसँगको युद्धमा नराम्ररी पराजीत हुनुपरेको घटना भारतका लागि ठूलो सुरक्षा चुनौती बन्दै आएको छ । काश्मिर, नर्थइष्ट राज्यहरुमा जारी पृथकतावादी आन्दोलन, झारखण्ड, उडिसा, आन्ध्रप्रदेशमा जारी माओवादी विद्रोह, आतंकवादी आक्रमणलाई भारतले थप सुरक्षा चुनौतीका रुपमा लिएको...बाँकी

माक्र्सवाद र नारीवाद

March 14, 2017 Posted by Jhilko.com
माक्र्सवाद र नारीवाद

महिलाहरु यस्ता समुदाय हुन् जसले इतिहासमा सबभन्दा पहिले दासत्वको स्वाद चाखेका छन् । खास रुपले समाज वर्गहरुमा विभाजित भएदेखिन् महिलाहरु समाजमा सबभन्दा शोषित–पीडित रहेर आएका छन् । मानिसद्वारा मानिसको शोषणमा आधारित सामाजिक व्यवस्था अर्थात् वर्ग विभक्त समाजअन्तर्गत श्रमजीवी जनताको शोषण र उत्पीडन रहन्छ र त्यसमा महिला समुदाय सबभन्दा शोषित–पीडित र अवहेलित रहेको हुन्छ । सुविदित कुरो के छ भने कुनै पनि शोषण व्यवस्थामा अन्याय अत्याचार, अनैतिकता, पाशविकता, दुराचार जस्ता सामाजिक खरावीहरु व्यापक रु...बाँकी

आठ मार्च र स्थानीय तहको निर्वाचन

March 08, 2017 Posted by Jhilko.com
आठ मार्च र स्थानीय तहको निर्वाचन

हामी एक सय सातौंं आठ मार्चको पूर्वसन्ध्यामा छौं । राज्यले महिला सम्मानको आधारः सीपयुक्त हात र रोजगार भन्ने मूल नारा तय गरेको छ । त्यस्तै बदलिंदो परिवेशमा कामकाजी महिलाः सन २०३० सम्म बराबरी पाइला भन्ने सहायक नारा तय गरेको छ । राजनीतिक दलका महिला संगठनहरु, महिला अधिकारसम्बन्धी काम गर्ने गैरसरकारी संस्थाहरुले आठ मार्चको सन्दर्भमा यी नाराहरुलाई एक पटक सडकमा चर्काे स्वरमा उरालेका छन् ।  यसपटक पनि महिला अधिकारका बारेमा ठूला गोष्ठी, छलफल र भँगेरे टाउकेको अक्षरमा महिला अधिकारका बारेमा समाचार...बाँकी

जातीय उत्पीडन: साम्राज्यवाद सिर्जित समस्या 

March 05, 2017 Posted by Jhilko.com
जातीय उत्पीडन: साम्राज्यवाद सिर्जित समस्या 

नेपालमा सुनिएको ‘पहिचानको राजनीति’ साम्राज्यवादको विश्व रणनीतिभन्दा बाहिर छैन तर यहाँको राज्यले ‘आदिवासी/जनजाति’ समुदायमाथि विभेद गरेको छैन भन्नु नितान्त गलत हुन्छ । समस्याको वास्तविक प्रकृतिलाई बुझ्न नसकेका वा नचाहेकाहरुले यसलाई अतिवादी कोणबाट उठाउँदै आएका छन् । यस संदर्भमा ‘पहिचानको राजनीति’को समर्थन र विरोध गर्ने दुबै तप्काको चरित्र ‘पहिचानवादी’ देखापरेको छ । जसले ‘पहिचान’को वकालत गर्ने गरेका छन, तिनीहरुले आफूलाई राष्ट्र र समाजको संप...बाँकी