सीता अधिकारी
पहिलो संविधानसभाको गठनपछि नेकपा एमालेले आफ्नो राजनैतिक धारलाई पश्चगमनतर्फ दोहो¥याएको छ । राजतन्त्रको अन्त्यसँगै एमालेले सम्भ्रान्त वर्गको पार्टीको शुभचिन्तकको रुपमा उभ्याउनुपर्ने राजनैतिक वाध्यता थियो । त्यो वाध्यताले पहिलो संविधानसभा पतन गराउने मुख्य भूमिका खेल्दै आयो । त्यही भूमिकाको सार दोस्रो संविधानसभा र संविधानको घोषणासम्म आइपुग्दा उसको असली चरित्र देखिएको छ ।
दोस्रो संविधानसभामा राप्रपा नेपालको आंशिक सफलतालाई गम्भीर नजर लगाइरहेको एमाले त्यो धर्मतन्त्रात्मक राष...बाँकी
पछिल्लो समयमा न्यायपालिका र कार्यपालिकाबीच प्रहरी प्रमुखको नियुक्तिको विवाद बढ्दै जाँदा सर्वाेच्च अदालतकी प्रधान न्यायधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्तावसम्म दर्ता भयो । प्रहरी प्रमुखको नियुक्तिको प्रकरण सतहमा मुख्य जस्तो देखिए पनि यो निमित्त कारणमात्र हो । मूलतः विवादको अन्तरवस्तुमा शक्ति पृथकीकरण र परिवर्तनको अजेण्डालाई आत्मसात् गर्ने कि नगर्ने भन्नेमा नै हो । माओवादी र परिवर्तनका विरोधीहरुको योजना र चंगुलमा फसेर सुशीला कार्कीले कार्यपालिकामाथि अनावश्यक हस्तक्षेप गरिरहिन् ।  ...बाँकी
नेपाल विकासका लागि धेरै नै सम्भावना भएको देश हो । कृषि, उर्जा, उद्योग, पर्यटन आदि सबै क्षेत्रमा विकासका लागि हाम्रो देशमा धेरै नै सम्भावनाहरू छन् । गतकालमा सत्तामा गएको बेलामा विभिन्न राजनैतिक पार्टीका नेताहरूले नेपाललाई स्विजरलैण्ड वा सिङ्गापुर बनाउने कुरा गरे । त्यो सोचाइ विलकुल काल्पनिक पनि थिएन । वास्तवमा हाम्रो देशमा त्यस प्रकारको विकासको लागि वस्तुगत वा भौतिक आधारहरू छन् ।
नेपाल जलसम्पदामा धेरै नै धनी भएको हुनाले हाम्रो देशमा उर्जाको विकासको व्यापक सम्भावना भएको कुरा प्रष्ट छ । विजुलीको...बाँकी
संविधान जारी भएपछिको समग्र परिस्थितिलाई मध्यनजर राख्दा राजनीतिकै वृत्तमा तीब्र ध्रुवीकरण सुरु भएको छ । विषेषगरी भारतको नाकाबन्दीपछि नेपालमा विकास भएको नया“ मोडलाई ध्यानमा राखेर संगठित हुन थालेको राष्ट्रवादी सोचको ध्रुवीकरण, इण्डो– पश्चिमी सेन्टरभित्रको ध्रुवीकरण, इण्डियन सेन्टरभित्रको ध्रुवीकरण र युरोपियन सेन्टरभित्रको ध्रुवीकरण एउटै शक्ति निर्माण गर्ने दिशामा अघि बढेको छ । राष्ट्रवादी ध्रुवीकरण नेपालमा नयाँ प्रयास भएको र यसको दृष्टिकोणमा रहेको विविधताका कारणले यो बनिबनाऊ स्वरुपमा अघ...बाँकी
सीता अधिकारी
काठमाडौं । स्थानीय चुनावको लागि बैशाख ३१ को मिति नजिकिंदै जाँदा देशभरि चुनावको सरगर्मी शुरु भएको छ । सबै पार्टीहरु स्थानीय सत्ताका लागि प्रतिनिधि छनौट कार्यलाई तिव्रता दिएका छन । राजनीतिक दलहरुले चुनावी अभियानलाई गाउँ गाउँ पुर्याइरहेका छन् । यतिखेर चिया पसलदेखि हरेक चोक चोकमा उम्मेदवार को होला र कुन पार्टीले जित्छर भनेर चर्चा हुन थालेको छ ।
मधेशी मोर्चासँग सरकारको वार्ता सकारात्मक भएसँगै अन्ततः दुइ दशकदेखि जनप्रतिनिधि विहीन भएको स्थानीय निकाय स्थानीय तहको रुपमा पुनस्थापि...बाँकी
विश्वभरि नै राजनीतिमा महिलाको उपस्थिति÷सक्रियता न्यून रहने गरेको छ । विश्वको सबैभन्दा विकसित भनिने र लैङ्गिक समानताको वकालत गर्ने संयुक्त राज्य अमेरिकामा समेत महिलाहरू राजनीतिमा कम मात्र अगाडि आउने गरेका छन् । अमेरिकामा हालसम्म एक जना पनि महिला राष्ट्रपति भएको इतिहास छैन । विकसित राष्ट्रमध्येकै एक संयुक्त अधिराज्यमा भने राष्ट्र प्रमुख महारानी एलिजाबेथ छिन् । साथै त्यहाँ सरकार प्रमुखको रूपमा श्रीमती मार्गे्रट थ्याचर प्रधानमन्त्री भइसकेकी छिन् । आश्चर्यजनक यथार्थ के छ भने विकसित भनिएका पश्च...बाँकी
कृष्णदास श्रेष्ठ
भ्लादिमिर इलिच लेनिन श्रमिक मानवजातिको मुक्ति संघर्षको गौरवशाली इतिहासमा स्वर्णाक्षरमा र अमिट रुपले अंकित नाउँ हो । उनी एक सच्चा सर्वहारा क्रान्तिकारी नेता, नयाँ युगका नयाँ नेता थिए, जसले आफ्नो सम्पूर्ण जीवन आफ्नो सम्पूर्ण शक्ति तथा सामथ्र्य एक महान् तथा उच्च लक्ष्यको सेवामा, अर्थात् श्रमिक जनगणको मुक्ति र सुखका लागि समर्पण गरे । उनको जीवनयात्रामा महान् रुसी कवि लर्मोन्तोवको एउटा कविता निम्न पङ्क्तिहरुमा उक्त कथन साँचो र पूरा रुपमा चरितार्थ भएको छ ।
एउटै मात्र विचार...बाँकी
भवानी बराल
किरात र लिम्बूको सम्बन्ध के हो भन्ने प्रसङ्गमा केही लेखकहरूले लिम्बूहरू किरात नै होइनन् भन्ने तर्क सारेपछि अन्योल सिर्जना भएको छ । लिम्बूहरू वास्तवमा नामको पछि जात वा थर नलेख्ने वा नझुण्ड्याउने समूहमा पर्दछन् । उनीहरूले लिम्बू लेख्नु अगावै ६ पुस्तासम्म राय लेखेको पाइएको छ । यसैताका कतिपय लिम्बूहरूले सेन लेखेको पनि पाइन्छ । योभन्दा अगाडि केही पुस्तासम्म नामको पछि हाङसमेत जोडेको पाइएको छ । हाङ शब्दको प्रयोग गर्नुभन्दा पहिले नाम मात्र उल्लेख गरिन्थ्यो । जस्तै ः यलम्बर, गास्ती, स...बाँकी
२२ अप्रैल, विश्व सर्वहारावर्गका महाननायक भ्ला.इ.लेनिनको जन्म दिवस र त्यस सन्दर्भमा विश्व सर्वहारावर्गको एक लडाकू टुकडी तथा नेपाली सचेत सर्वहारावर्गको राजनैतिक अग्रदस्ता ने.क.पा.को स्थापना दिवस । लेनिन कुशाग्र बुद्धि, विलक्षण प्रतिभा, बहुआयामिक व्यक्तित्व र सुदूर भविष्य द्रष्टा हुनुहुन्थ्यो । उहाँ माक्र्सवादका व्याख्याता, प्रयोगकर्ता र विकासकर्ता मात्र नभएर लेनिनवादका प्रबर्तक समेत हुनुहुन्थ्यो । यिनै कारणले गर्दा नै अपेक्षाकृतरुपले कम विकसित, सर्वहारा वर्ग र उसको पार्टीको तुलनात्मकरुपले कम संख्य...बाँकी
एक सहृदयी मित्रको सौजन्यमा म विगत एक वर्षमा ४ पटक चीन पुगें । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले एक–डेढ दशकदेखि ग्रेटर नेपालको अभियान सञ्चालन गर्दै आइरहेको सन्दर्भमा मेरो चीन भ्रमणलाई ग्रेटर नेपालसँग जोडेर कसैले हेर्न खोज्छ भने त्यो स्वाभाविक हो तर यथार्थमा त्यसरी हेरिएजस्तो केही भएको छैन । ग्रेटर नेपालका पक्षमा चीनले केही गरिदिने पो हो कि भन्ने आशंकाको सुविधा कसैलाई प्राप्त भए पनि यस्तो हैसियतमा म पुग्न सकेको छैन ।
अवसर पाउँदा ग्रेटर नेपालको अन्तर्राष्ट्रियकरण गर्ने प्रयास प्राथमिकतामै...बाँकी