categoryone

विचार एकातिर, नेतृत्व अर्कोतिर

June 07, 2017 Posted by Jhilko.com
विचार एकातिर, नेतृत्व अर्कोतिर

देव गुरुङ वैशाख ३१ गते सम्पन्न भएको पहिलो चरणको स्थानीय तहको निर्वाचन परिणाम प्रायः सबै सार्वजनिक भइसकेकोे छ । मत परिणाम अनुसार पहिलो एमाले, दोस्रो कांग्रेस र तेस्रो माओवादी देखिएको छ । पहिलो र दोस्रो बीचमा निकटतम् प्रतिस्पर्धा रहेको छ भने तेस्रोमा रहेको माओवादीको स्थितिको मतान्तरको दूरी बढी नै देखिन्छ । त्यसप्रकारको परिणाम देखिनुमा सामान्यतः माओवादीको कमजोर संगठनात्मक स्थिति र निर्वाचनको तयारीमा रहेका सीमा र कमीकमजोरीकै कारण प्रमुख मान्न सकिएला । परन्तु, गहिरिएर हेरेमा यसको कारण त्यतिमा मात्...बाँकी

संसदवादी चुनावी सँस्कृतिका केही परिदृश्यहरु

May 28, 2017 Posted by Jhilko.com
संसदवादी चुनावी सँस्कृतिका केही परिदृश्यहरु

ईश्वरचन्द्र ज्ञवाली काँगे्रस र एमाले, जनमोर्चा र राप्रपा, मजदूर किसान पार्टी र अरुहरु ०४७ देखि नै संसदीय चुनाव अभ्यासमा प्रयोग गरिने हरेक तिकडम, हरकत, षडयन्त्र, छलछाम, नक्कली मतदान, साम–दाम–दण्ड–भेद, धनबल र बाहुबल आदि प्रयोग गर्न पूर्णतः दक्ष, उत्तीर्ण र सफल हुँदै आएका छन् । यसमानेमा माओवादी केन्द्र केही कमजोर, सिकारु र असफल देखिएको छ र सिक्दै छ । वस्तुतः संसदीय चुनाव चोर र छल सँस्कृति हो । यसमा छलछाम, कपट, धुत्र्याइँ, बेइमानी, ठगी, अपराध, विकृति, नीच हरकत आदि सबै कुराको प्र...बाँकी

एउटा पाटो एउटा बाटो अर्थात् वन बेल्ट वन रोड

May 24, 2017 Posted by Jhilko.com
एउटा पाटो एउटा बाटो अर्थात् वन बेल्ट वन रोड

बासुदेव मिश्र नेपाली भाषामा अनुप्रास मिलाउन यो पंक्तिकारले ‘एउटा पाटो एउटा बाटो’ (One Belt One Road , OBOR) नामाकरण दिएको चिनियाँ सरकारको यो बृहद् परियोजनाको बैचारिक उत्पत्ति सन् २०१३ मा चिनियाँ वणिज्य मन्त्रालयमा भएको हो । हुनत सन् १९९९ मै चीनको पश्चिमी प्रान्त सिन्जियांगको आर्थिक विकासका लागि अघि सारिएको कार्यक्रम ‘पश्चिमतर्फ फर्क’ लार्ई यो महत्वाकांक्षी योजनाको पूर्व रुप मानिन्छ र त्यहाँको बाणिज्य मन्त्रालयले यसलार्ई अझै ब्यापक बनाउन पाटो र बाटोको अग्रसरता (Belt &a...बाँकी

पहिलो चरणको निर्वाचनले माओवादीलाई सिकाएको पाठ

May 24, 2017 Posted by Jhilko.com
पहिलो चरणको निर्वाचनले माओवादीलाई सिकाएको पाठ

दीपक मैनाली बैशाख ३१ गते सम्पन्न भएको स्थानीय तहको पहिलो निर्वाचनको मत परिणाम करिव आइसकेको छ । यो चुनावी नतिजासँगै दलहरुभित्र आत्मसमीक्षा भइरहेको छ । उनीहरुको यो समीक्षा आगामी जेठ ३१ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा कसरी आफ्नो पार्टीको जीतलाई फराकिलो बनाउने भन्ने विषयमै बढी केन्द्रित छ । सम्पन्न स्थानीय तहको चुनावी परिणामबारे माओवादी केन्द्रले आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी परिणामभन्दा व्यवस्थालाई संस्थागत गर्न...बाँकी

वर्तमान प्रमं पुष्पकमल दाहाल र पूर्व प्रमं के.पी.जीलाई प्रेम पत्र

May 24, 2017 Posted by Jhilko.com
वर्तमान प्रमं पुष्पकमल दाहाल र पूर्व प्रमं के.पी.जीलाई प्रेम पत्र

लोककृष्ण भट्टराई प्रिय कमरेडद्वय, तपाईद्वय कमरेड नेपालको कार्यकारी अधिकार प्रयोग गरिसकेको र अहिले पनि गर्दै हुनुहुन्छ । पुष्पजीले सार्वजनिक नगरिएको भद्र सहमतिअनुसार प्रधानमन्त्रीको पद अब शेरबहादुरजीलाई छोड्दै हुनुहुन्छ । लोकतन्त्रमा सम्झौताको पालना हुनै पर्दछ ।  तर, तपाईहरु दुवैले राजाको पञ्चायत र नेपाली कंग्रेसको थोत्रो संसदीय व्यवस्थामा नअटाउने र नयाँ जनवादी गणतन्त्र नेपाल जो समाजवादको पहिलो खुड्किलोको सिर्जना गर्दै समाजवाद र साम्यवाद निर्माण गर्दै नेपाललाई समृद्ध, स्वतन्त्र शोषण...बाँकी

जनताको अधिकार स्थापित गर्न प्रचण्डद्वारा ठूलो जोखिम

May 17, 2017 Posted by Jhilko.com
जनताको अधिकार स्थापित गर्न प्रचण्डद्वारा ठूलो जोखिम

 दुर्गाप्रसाद भण्डारी नेपालको इतिहासमा अहिले जारी रहेको स्थानीय तहको निर्वाचन पहिलो हो । केन्द्रीकृत राज्यप्रणालीको अन्त्य भई स्थानीय र प्रदेशमा अधिकार दिई सुसम्पन्न गरिएको अवस्थाले गर्दा पनि पहिलो हो । हुन त यसभन्दा अघि थुप्रै निर्वाचनहरु भएका छन् । २०३८ र २०४३ सालमा पञ्चायतले स्थानीय निकायको गरेको निर्वाचन र २०४६ को जनआन्दोलनपछि तत्कालीन सरकारहरुले २०४९ र २०५४ मा गरेको स्थानीय निकायको निर्वाचन । पञ्चायतकाल एकदलीय शासनमा चलेको भएकाले त्यो निर्वाचनको कुरा र २०५९ को शाही कु पछिको कालखण्डम...बाँकी

एमालेको राष्ट्रवादी प्रहसन र पश्चगामी यात्रा

May 04, 2017 Posted by Jhilko.com
एमालेको राष्ट्रवादी प्रहसन र पश्चगामी यात्रा

सीता अधिकारी पहिलो संविधानसभाको गठनपछि नेकपा एमालेले आफ्नो राजनैतिक धारलाई पश्चगमनतर्फ दोहो¥याएको छ । राजतन्त्रको अन्त्यसँगै एमालेले सम्भ्रान्त वर्गको पार्टीको शुभचिन्तकको रुपमा उभ्याउनुपर्ने राजनैतिक वाध्यता थियो । त्यो वाध्यताले पहिलो संविधानसभा पतन गराउने मुख्य भूमिका खेल्दै आयो । त्यही भूमिकाको सार दोस्रो संविधानसभा र संविधानको घोषणासम्म आइपुग्दा उसको असली चरित्र देखिएको छ ।  दोस्रो संविधानसभामा राप्रपा नेपालको आंशिक सफलतालाई गम्भीर नजर लगाइरहेको एमाले त्यो धर्मतन्त्रात्मक राष...बाँकी

सुशिला कार्की विरुद्धको महाअभियोगः विवादको अन्तरवस्तु

May 02, 2017 Posted by Jhilko.com
सुशिला कार्की विरुद्धको महाअभियोगः विवादको अन्तरवस्तु

पछिल्लो समयमा न्यायपालिका र कार्यपालिकाबीच प्रहरी प्रमुखको नियुक्तिको विवाद बढ्दै जाँदा सर्वाेच्च अदालतकी प्रधान न्यायधीश सुशीला कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्तावसम्म दर्ता भयो । प्रहरी प्रमुखको नियुक्तिको प्रकरण सतहमा मुख्य जस्तो देखिए पनि यो निमित्त कारणमात्र हो । मूलतः विवादको अन्तरवस्तुमा शक्ति पृथकीकरण र परिवर्तनको अजेण्डालाई आत्मसात् गर्ने कि नगर्ने भन्नेमा नै हो । माओवादी र परिवर्तनका विरोधीहरुको योजना र चंगुलमा फसेर सुशीला कार्कीले कार्यपालिकामाथि अनावश्यक हस्तक्षेप गरिरहिन् । &nbsp...बाँकी

नेपालको विकासको अवरोधका कारणहरू: तिनीहरूको समाधान कसरी गर्ने

April 27, 2017 Posted by Jhilko.com
नेपालको विकासको अवरोधका कारणहरू: तिनीहरूको समाधान कसरी गर्ने

नेपाल विकासका लागि धेरै नै सम्भावना भएको देश हो । कृषि, उर्जा, उद्योग, पर्यटन आदि सबै क्षेत्रमा विकासका लागि हाम्रो देशमा धेरै नै सम्भावनाहरू छन् । गतकालमा सत्तामा गएको बेलामा विभिन्न राजनैतिक पार्टीका नेताहरूले नेपाललाई स्विजरलैण्ड वा सिङ्गापुर बनाउने कुरा गरे । त्यो सोचाइ विलकुल काल्पनिक पनि थिएन । वास्तवमा हाम्रो देशमा त्यस प्रकारको विकासको लागि वस्तुगत वा भौतिक आधारहरू छन् । नेपाल जलसम्पदामा धेरै नै धनी भएको हुनाले हाम्रो देशमा उर्जाको विकासको व्यापक सम्भावना भएको कुरा प्रष्ट छ । विजुलीको...बाँकी

‘राजपा’को भेषमा मधेशवादको व्यापार

April 25, 2017 Posted by Jhilko.com
‘राजपा’को भेषमा मधेशवादको व्यापार

संविधान जारी भएपछिको समग्र परिस्थितिलाई मध्यनजर राख्दा राजनीतिकै वृत्तमा तीब्र ध्रुवीकरण सुरु भएको छ । विषेषगरी भारतको नाकाबन्दीपछि नेपालमा विकास भएको नया“ मोडलाई ध्यानमा राखेर संगठित हुन थालेको राष्ट्रवादी सोचको ध्रुवीकरण, इण्डो– पश्चिमी सेन्टरभित्रको ध्रुवीकरण, इण्डियन सेन्टरभित्रको ध्रुवीकरण र युरोपियन सेन्टरभित्रको ध्रुवीकरण एउटै शक्ति निर्माण गर्ने दिशामा अघि बढेको छ । राष्ट्रवादी ध्रुवीकरण नेपालमा नयाँ प्रयास भएको र यसको दृष्टिकोणमा रहेको विविधताका कारणले यो बनिबनाऊ स्वरुपमा अघ...बाँकी