categoryone

सन्तुलित, स्वतन्त्र र तटस्थ परराष्ट्रनीति आजको आवश्यकता

September 05, 2017 Posted by Jhilko.com
सन्तुलित, स्वतन्त्र र तटस्थ परराष्ट्रनीति आजको आवश्यकता

देव गुरुङ आज विश्व अमेरिकी साम्राज्यवाद र जनवादी गणतन्त्र चीनको बीचमा तेस्रो विश्वयुद्ध हुने हो कि भन्ने संकेतहरु बढ्दै गइरहेको देखिन्छ । पूर्व सोभियत संघको विघटन तथा सन् १९९० को दशकदेखि यता अमेरिकी साम्राज्यवादको एकध्रुवीय प्रभुत्व रहदैं आइरहेको छ । गत केही बर्ष यता चीन, रुस, भारत, व्राजिल र दक्षिण अफ्रिकाबीच ब्रिक्सको स्थापना, पूर्वाधार निर्माण बैंकको स्थापना, चीनले गरेको तीब्रतर आर्थिक विकास, एक भेग र एक सडक हुँदै युरो एशिया जोड्ने सिल्क रोडको निर्माण आदि परिघटनाहरुबाट अमेरिका आफ्नो विश्वव...बाँकी

भारत हिन्दूकरणतर्फ

September 02, 2017 Posted by Jhilko.com
भारत हिन्दूकरणतर्फ

लक्ष्मण पन्त - मे २०१४ मा सम्पन्न भएको लोकसभा निर्वाचनमा बहुमत ल्याएर भारतीय जनता पार्टीको सरकार गठन भएपछि भारतमा जनजीवनका हरेक क्षेत्रलाई हिन्दूकरण गर्ने वा हिन्दूसापेक्ष बनाउने अभियानको योजनाबद्धरुपमा थालनी भएको देखापर्दछ । भारतीय जनता पार्टीको वैचारिक मार्गदर्शक राष्ट्रिय स्वयंसेवक संघ (आर.एस.एस.) हो । आरएसएस, भाजपा, विश्वहिन्दू परिषद् आदि हिन्दू संगठनहरुलाई सामूहिक रुपमा संघ परिवार भनेर चिनिन्छ । राष्ट्रिय स्वयंसेवक संघ हिन्दू नश्ल वा जाति, हिन्दू राष्ट्र, हिन्दू धर्म र हिन्दू संस्कृतिलाई...बाँकी

वर्गसमन्वय होइन, वर्गसंघर्षलाई रोजौं !

August 29, 2017 Posted by Jhilko.com
वर्गसमन्वय होइन, वर्गसंघर्षलाई रोजौं !

दिनेश शर्मा १. मालेमावाद कि पूँजीवाद – यी दुईवटा शब्दले दार्शनिक रुपमा दुईवटा वर्गको पक्षमा वकालत गर्दछन् । मालेमावादले शोषित, उत्पीडित वर्गको पहिचान गर्ने गर्दछ भने पूँजीवादले शोषक बर्गको पक्षपोषण गर्दछ । त्यसका तीन वटा मान्यता छन् । मुख्यतः दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद  । मालेमावादले तथ्यसहित तर्क पेश गरेर समाजका उत्पीडित बर्गको पक्षमा आफ्ना धारणा अगाडि सार्ने भएको हुँदा मालेमावाद विज्ञानसम्मत र समाजका बहुसंख्यक जनताको पक्षमा, समानताको पक्षमा भएको हुँदा त्यो सही छ । पूँज...बाँकी

प्राकृतिक प्रकोप र समाधानको उपाय

August 24, 2017 Posted by Jhilko.com
प्राकृतिक प्रकोप र समाधानको उपाय

संगीता रेग्मी  नेपालमा बाढी, पहिरो, आगलागी, हावाहुरी, महामारी, शीतलहर आदि प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पु¥याएर जान्छन् । यस्ता प्रकोपबाट वर्षेनी हजारौंलाई प्रभावित, घरबारविहीन बनाउँदै आएको छ । वर्षेनी हुने यस्ता विपत्तिबाट पाठ नसिक्नु, पर्याप्त पूर्वतयारी नगर्नु, विपत् सामना गर्न सरकारी संयन्त्र तयारी अवस्थामा नबस्नु जिम्मेवार निकायहरुको गैरजिम्मेवारीपना हो । यस्ता प्राकृतिक विपदी आकस्मिकता भए पनि दीर्घकालीन रूपमा समस्याको समाधान नखोजिँदा वर्षेपि...बाँकी

भारत र पाकिस्तान : युद्ध र शत्रुताको इतिहास

August 18, 2017 Posted by Jhilko.com
भारत र पाकिस्तान : युद्ध र शत्रुताको इतिहास

 लक्ष्मण पन्त १४ अगष्ट पाकिस्तान र १५ अगष्ट भारतले ७० औं स्वतन्त्रता दिवस मनाऊँदै आएका छन्ध भारत र पाकिस्तान ७० वर्षदेखि युद्धमा छन् । यसका पछाडि प्रकटमा काश्मिरको मुद्दा मुख्य रहेको छ । तर काश्मिरको मुद्दा परिणाम मात्र हो, कारण होइन । दुवै मुलुकबीचको कटुताका पछाडिका कारणहरुमा पहिलो धार्मिक, दोस्रो राजनैतिक तथा तेस्रो अर्थराजनैतिक गरी तीन भागमा वर्गीकृत गर्न सकिन्छ । प्रस्तुत लेख धार्मिक कारणमा केन्द्रित रहेको छ ।  १९४७ मा बेलायतशासित एकीकृत भारतबाट पृथक भई बनेको विश्वकै कान्छोमध...बाँकी

चीन र भारतको दोक्लम विवादः युद्ध कि वार्ता ? 

August 17, 2017 Posted by Jhilko.com
चीन र भारतको दोक्लम विवादः युद्ध कि वार्ता ? 

कूटनीतिक च्यानलको बाटो पनि बन्द भएको चीनको सङ्केत  अञ्जली राई दोक्लम सीमा विषयमा चीन र भारतबीच विवाद झन् चर्किंदैछ । भारतको सिलगुढी कोरिडोरलाई लक्षित गरी सडक निर्माण गर्दै गरेका चिनियाँ सेनालाई असार ४ मा भारतीय सेनाले अवरोध गरेपछि दुबै देशबीच सीमा विवाद चर्केको हो । त्यो विवाद अब युद्धमै परिणत हुने खतरा बढेको छ । दोक्लम त्रिदेशीय भुटान, भारत, चीन सीमा क्षेत्रको पठार हो । यही पठार क्षेत्रमा पर्ने दोक्–ला भन्ने ठाउँ चीन र भुटानबीचको सीमा क्षेत्र हो । १९४९ को भुटान–  ...बाँकी

बाढीले मुलुक आक्रान्त, महामारी फैलिने खतरा, समयमै सचेत हुन आवश्यक

August 15, 2017 Posted by Jhilko.com
बाढीले मुलुक आक्रान्त, महामारी फैलिने खतरा, समयमै सचेत हुन आवश्यक

महामारी फैलिने खतरा, समयमै सचेत हुन आवश्यक सोमबारबाट बर्षा रोकिएको छ । तर बर्षाले अर्बौ रुपैयाँको क्षति र झण्डै एक सयको ज्यान लिएको छ । लगातार वर्षाका कारण तराई जिल्लाका सबै जिल्लामा कहर पैदा गरेको छ । बाढीबाट धेरै ठूलो जनधनको क्षति भएको छ । बाढी र पहिरोबाट थुप्रैको ज्यान गएको छ । यो समाचार तयार पार्दासम्म करिब पाँच दर्जनको मृत्यु भएको खबर छ । यो सङ्ख्या अझ बढेर सयको हाराहारीमा पुग्ने अनुमान अधिकारीहरुको छ । बाढीका कारण हजारौं घरमा पानी भरिएको छ । लाखौं जनता विस्थापित भएका छन् । पीडितहरुलाई आ...बाँकी

सङ्कटमा नेपाली राष्ट्रियता

August 06, 2017 Posted by Jhilko.com
सङ्कटमा नेपाली राष्ट्रियता

एमालेले प्रतिनिधित्व गरिरहेको सङ्कीर्ण राष्ट्रवाद महेन्द्रीय सामन्तवादी राष्ट्रवाद भन्दा खतरा र पश्चगामी राजेन्द्र किराती नेपालको राष्ट्रियता इतिहासकै सर्वाधिक सङ्कटमा रहेको छ । राष्ट्रियता भनेको आम नागरिकहरुको स्वाभिमानी भावना मात्र होइन, यो तीन करोड नेपालीहरुको अस्तित्व हो । राज्य रहेसम्म जारी रहने सबैको साझा आन्दोलन हो । यसमा आम नागरिकहरु जुनसुकै किसिमको हस्तक्षेपलाई प्रतिकार गर्न तम्तयार छन् । राष्ट्र र जनताको सुरक्षा र हितमा महङ्गो मूल्य चुकाउन प्रतिबद्ध छन् । जीवन बलिदान दिन तयार छन्...बाँकी

मुलुक सुन्दर भए विश्व सुन्दर हुन्छ

August 06, 2017 Posted by Jhilko.com
मुलुक सुन्दर भए विश्व सुन्दर हुन्छ

दुर्गाप्रसाद भण्डारी घर भनेको वासस्थान हो । हुन त हरेक प्राणीका आ–आफ्नै वासस्थान हुन्छन् । प्राणीपिच्छे ती वासस्थानको नाम पनि फरक–फरक हुन्छन् । तर यहाँ मानवीय वासस्थानको विषयमा कुरा गर्न खोजिएको छ । अर्थात मानिस वस्ने घरको विषयमा चर्चा गर्न खोजिएको छ । घर तबमात्र घर मानिन्छ जब त्यस घरमा बस्ने एउटा परिवार हुन्छ । चाहे त्यो सानो परिवार होस् वा ठूलो परिवार नै किन नहोस् त्यसलाई घर भनिन्छ । मान्छे बिनाको वा परिवार बिनाको घर केवल नाम मात्रको वा चि मात्रको घरमा सीमित हुन्छ । निर्जीवतुल्य...बाँकी

स्वतन्त्रता सङ्घर्षमा गोर्खाहरु

August 04, 2017 Posted by Jhilko.com
स्वतन्त्रता सङ्घर्षमा गोर्खाहरु

अम्बिका राई हामी सबैलाई थाहा भएकै कुरा हो कि संसार भरि नै गोर्खा जातिलाई ‘वीर’ भनी सम्बोधन गरिन्छ । शासकहरूले जसरी परिभाषित गर्छ, आधिपत्यवादी कथनमा त्यसलाई नै ‘वीरता’ भनी चिन्हित गरिन्छ । यो कथन चाँही व्यापकरुपमा राष्ट्रवादी कल्पनामा ‘भारतीय राष्ट्रियता’को पहिचानसँग जोडिएको एउटा धारणा हो— जहाँ गोर्खा राष्ट्रियतालाई भारतीय भन्ने परिचयको बाहिर रहेको देखिन्छ ।  उनीहरूले नै ’वीर’ भन्ने उपाधि पायो जसले त्यस समयको शासकहरूको स्वार्थमा काम...बाँकी