categoryone

सङ्कटमा नेपाली राष्ट्रियता

August 06, 2017 Posted by Jhilko.com
सङ्कटमा नेपाली राष्ट्रियता

एमालेले प्रतिनिधित्व गरिरहेको सङ्कीर्ण राष्ट्रवाद महेन्द्रीय सामन्तवादी राष्ट्रवाद भन्दा खतरा र पश्चगामी राजेन्द्र किराती नेपालको राष्ट्रियता इतिहासकै सर्वाधिक सङ्कटमा रहेको छ । राष्ट्रियता भनेको आम नागरिकहरुको स्वाभिमानी भावना मात्र होइन, यो तीन करोड नेपालीहरुको अस्तित्व हो । राज्य रहेसम्म जारी रहने सबैको साझा आन्दोलन हो । यसमा आम नागरिकहरु जुनसुकै किसिमको हस्तक्षेपलाई प्रतिकार गर्न तम्तयार छन् । राष्ट्र र जनताको सुरक्षा र हितमा महङ्गो मूल्य चुकाउन प्रतिबद्ध छन् । जीवन बलिदान दिन तयार छन्...बाँकी

मुलुक सुन्दर भए विश्व सुन्दर हुन्छ

August 06, 2017 Posted by Jhilko.com
मुलुक सुन्दर भए विश्व सुन्दर हुन्छ

दुर्गाप्रसाद भण्डारी घर भनेको वासस्थान हो । हुन त हरेक प्राणीका आ–आफ्नै वासस्थान हुन्छन् । प्राणीपिच्छे ती वासस्थानको नाम पनि फरक–फरक हुन्छन् । तर यहाँ मानवीय वासस्थानको विषयमा कुरा गर्न खोजिएको छ । अर्थात मानिस वस्ने घरको विषयमा चर्चा गर्न खोजिएको छ । घर तबमात्र घर मानिन्छ जब त्यस घरमा बस्ने एउटा परिवार हुन्छ । चाहे त्यो सानो परिवार होस् वा ठूलो परिवार नै किन नहोस् त्यसलाई घर भनिन्छ । मान्छे बिनाको वा परिवार बिनाको घर केवल नाम मात्रको वा चि मात्रको घरमा सीमित हुन्छ । निर्जीवतुल्य...बाँकी

स्वतन्त्रता सङ्घर्षमा गोर्खाहरु

August 04, 2017 Posted by Jhilko.com
स्वतन्त्रता सङ्घर्षमा गोर्खाहरु

अम्बिका राई हामी सबैलाई थाहा भएकै कुरा हो कि संसार भरि नै गोर्खा जातिलाई ‘वीर’ भनी सम्बोधन गरिन्छ । शासकहरूले जसरी परिभाषित गर्छ, आधिपत्यवादी कथनमा त्यसलाई नै ‘वीरता’ भनी चिन्हित गरिन्छ । यो कथन चाँही व्यापकरुपमा राष्ट्रवादी कल्पनामा ‘भारतीय राष्ट्रियता’को पहिचानसँग जोडिएको एउटा धारणा हो— जहाँ गोर्खा राष्ट्रियतालाई भारतीय भन्ने परिचयको बाहिर रहेको देखिन्छ ।  उनीहरूले नै ’वीर’ भन्ने उपाधि पायो जसले त्यस समयको शासकहरूको स्वार्थमा काम...बाँकी

बाटो बिरायौ बाबुराम !

August 02, 2017 Posted by Jhilko.com
बाटो बिरायौ बाबुराम !

नबराज बराल पोखराबाट घरमा पुग्दा साँझ पर्नै लागिसकेको थियो । आमा पिँढीमा बसेर तरकारी काट्दै रहिछिन् । मलाई देखिहालिन् । तर, मेरो आगमनले उनमा कुनै खुशियाली देखिएन । केही बोलिनन् । तरकारी लिएर भित्र छिरिन् । पकाउन थालिन् । अघिपछि देख्नेबित्तिकै खुुशी भइहाल्ने आमा आज किन बेखुशी भइन् ? आफैँसँग प्रश्न उब्ज्यो । चिन्ता र चासो मनमा एकैचाटी सल्बलाउन थाल्यो । म पनि सरासर भान्छामैै गएँ । के भो आमा ?–मैले सोधिहालेँ । ‘तँसँग त मलार्ई बोल्नै मन छैन’–आमाले कारण खुलाइनन् ।...बाँकी

भरतपुरमा पुन चुनाव गर्ने सर्वोच्चको फैसलाबाट एमाले किन तरङ्गित ?

August 01, 2017 Posted by Jhilko.com
भरतपुरमा पुन चुनाव गर्ने सर्वोच्चको फैसलाबाट एमाले किन तरङ्गित ?

तारामणि सापकोटा भरतपुर महानगरपालिका वडा नम्बर १९ को पुनः निर्वाचन गर्ने सर्वोच्चको फैसलाबाट एमाले पङ्क्ति तरंगित भएको छ । अदालतप्रति आक्षेप नलगाए पनि फैसला दुर्भाग्यपूर्ण भन्दै टिप्पणी गरेको छ । एमाले अध्यक्ष केपी ओलीदेखि धेरै नेताले फैसला दुर्भाग्यपूर्ण भनी आलोचना गरेका छन् ।   अदालतको फैसलालाई आफ्नो अनुकूलतामा व्याख्या गर्ने वा स्वीकार्ने संस्कारले स्वतन्त्र न्यायपालिकाको मान्यता स्थापित हुन सक्तैन । दुई महिनाअघि त्यही सर्वोच्च अदालतले आइजीपी प्रकरणमा गरेको फैसला एमालेका लागि स्वागत...बाँकी

माओवादी एकता, आजको आवश्यकता

July 25, 2017 Posted by Jhilko.com
माओवादी एकता, आजको आवश्यकता

 देव गुरुङ हालै माओवादी केन्द्रको बैठक बसेर स्थानीय तहको निर्वाचनको समीक्षा गर्ने क्रममा माओवादी आन्दोलनको पनि केही समीक्षा गरी निकालिएको निश्कर्षमध्ये एउटा निश्कर्ष सच्चा कम्युनिस्ट क्रान्तिकारी माओवादीहरुबीचमा पार्टी एकताको आव्हान हो । जसअनुसार मोहन बैद्य ‘किरण’ देखि बाबुराम भट्टराई र नेत्रविक्रम चन्दसम्मका नेतृत्वका पार्टीहरुलाई एकताको आव्हान गरिएको छ । पार्टी एकताको आव्हानको पछाडि केही वैचारिक राजनीतिक कारणहरु छन् । यतिखेर नेपाली कम्युनिष्ट आन्दोलनमात्र होइन विश्व कम्युनिष्ट...बाँकी

पुष्पलाल र नयाँ जनवाद

July 22, 2017 Posted by Jhilko.com
पुष्पलाल र नयाँ जनवाद

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ३४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदैछ ।  विक्रम संवत १९८९ साल असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको २०३५ साउन ७ मा निधन भएको थियो । उनकै पहलमा २००६ सालमा कोलकातामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । २०२२ सालबाट कम्युनिष्ट पार्टी विभाजन हुँदै जाने क्रममा २०२५ सालमा पुष्पलालले पञ्चायती व्यवस्था बिरुद्ध संयुक्त जनआन्दोलनको कार्यदिशा ल्याएका थिए ।  एक समय निकै विवादित बनाइएका पुस्पला...बाँकी

माओवादीको पराजय र अबको बाटो

July 18, 2017 Posted by Jhilko.com
माओवादीको पराजय र अबको बाटो

तारामणि सापकोटा नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचनमा पहिलो चरणमा प्राप्त गरेको मतपरिणाम दोस्रो चरणमा वृद्धि गर्नसक्ने अपेक्षा गरिएको थियो । तर, त्यस अनुसारको परिणाम नआउँदा माओवादीमा एक प्रकारको निराशा छाएको छ । दोस्रो चरणको निर्वाचनको अन्तिम परिणाम आउनुअघि नै माओवादी केन्द्रभित्र र बाहिर तीब्र क्रिया प्रतिक्रिया उत्पन्न भयो । माओवादीका नेता कार्यकर्तादेखि गैरमाओवादीसम्मले माओवादी निर्वाचनमा हार्नुका कारण विश्लेषण गर्न भ्याए ।  माओवादी हारका सम्बन्धमा जतिले कलम चलाए सबैको साझा नि...बाँकी

नेपालमा पञ्चायत, राणा शासनदेखि नै प्रधानमन्त्री पद अस्थिर 

July 13, 2017 Posted by Jhilko.com
नेपालमा पञ्चायत, राणा शासनदेखि नै प्रधानमन्त्री पद अस्थिर 

२७ वर्षमा २६ प्रधानमन्त्री नेपालमा प्रधानमन्त्री पद सुरु भएको दुई सय १८ वर्ष पुगेको छ । नेपालमा सन् १७९९ देखि मुलकाजी दामोदर पाण्डेले तत्कालीन श्री ५ रणबहादुर शाहको अनुपस्थितिमा मुलकाजी भई एकलौटी शासन चलाएपछि उनलाई नै पहिलो प्रधानमन्त्रीका रुपमा मान्न थालिएको हो । मुलकाजी पदमा रहेका पाण्डेको मृत्यु भएपछि त्यो पदलाई मुख्तियार पद भन्न थालियो । पाण्डेले सन् १८०४ सम्म पदमा बसेर शासन गरेका थिए ।  त्यसबीचको दुई वर्ष भने पुनः राजा रणबहादुर शाहले नै कार्यकारी शासन गरे । त्यसपछि नेपालको मुख्ति...बाँकी

चीनविरुद्ध उचाल्यो भारतले भुटान 

July 12, 2017 Posted by Jhilko.com
चीनविरुद्ध उचाल्यो भारतले भुटान 

लक्ष्मण पन्त नयाँ दिल्ली । संसारका सबै मुलुकहरुमा सरकारहरुले  विकास र समृद्धिको मापन सकल राष्ट्रिय उत्पादन (जी.एन.पी.) का आधारमा तय गर्दछन् । तर भुटान मात्र संसारको यस्तो मुलुक हो जसले आफ्नो विकास र समृद्धिको आधार सकल राष्ट्रिय खुशी (जी.एन.एच.) लाई बनाएको छ ।   त्यसैकारण यो देश कहिलेकाहिं विश्वमा चर्चामा आउने गर्दछ । भारतकै भिन्न प्रकारको उपनिवेशका रुपमा रहेको त्यही देश भुटानका लागि सकल घरेलु खुशी यतिखेर सर्वाधिक दुःखको घडीमा बदलिएको छ । भुटान चीनलाई पनि चिढाउन सक्ने स्थितिमा छैन...बाँकी