categoryone

मैले विल्कुलै नसोंचेको कुरा भयो

May 15, 2018 Posted by Jhilko.com
मैले विल्कुलै नसोंचेको कुरा भयो

नीमबहादुर बुढाथोकी हरेक वर्ष झैं यो वर्ष पनि नेपाल सरकारले पत्रकारितामा क्रियाशील रहेका र विशेष योगदान पु¥याएका पाँच जना पत्रकारलाई सम्मानित ग¥यो । पुरस्कृत हुने पाँच जनामा म पनि परेको रहेछु । मेरो नाम पनि पुरस्कृत हुने सूचीमा परेको अनौपचारिक जानकारी केही पत्रकार साथीहरुले दिएका थिए । सबैतिर दलालीकरण मौलाएको बेला त्यो पुरस्कारका लागि मेरो नाम छानिएला भन्ने मैले कल्पना गरेको थिइनँ । मैले विल्कुलै नसोंचेको कुरा यसपटक भयो । जीवनमा मैले कहिल्यै त्यो पुरस्कारको अपेक्षा पनि गरेको थिइनँ...बाँकी

मई दिवस मनाउने परम्पराको थालनी कसरी भयो ?

May 01, 2018 Posted by Jhilko.com
मई दिवस मनाउने परम्पराको थालनी कसरी भयो ?

कृष्णदास श्रेष्ठ मे दिवस अर्थात् अन्तर्राष्ट्रिय मजदुर दिवस संसारभरका श्रमजीवी जनताको महान् र गौरवमय दिन हो । यस दिवसलाई प्रत्येक वर्ष मे १ तारिखका दिन मनाउने गरिन्छ । श्रमजीवी जनताको ऐक्यबद्धताको अभिव्यक्तिस्वरुप रहेको यस महान् दिवस पुँजीवादी शोषण तथा उत्पीडनका विरुद्ध मजदुरवर्गको संघर्षको अग्निज्वालाबाट पैदा भएको थियो । उक्त दिवस सर्वप्रथम सन् १८८६ को मई महिनामा अमेरिकाको सिकागो शहरबाट शुरु भएको थियो । त्यसैले यस दिवसलाई विश्व सर्वहारावर्गको पक्षमा संयुक्त राज्य अमेरिकाको एउटा ठोस, महान्...बाँकी

बहसमा प्रदेश तीन 

April 29, 2018 Posted by Jhilko.com
बहसमा प्रदेश तीन 

 उपेश महर्जन संघीय ढाँचामा रहेका देशहरुमा विभिन्न नामका प्रदेशहरु रहेका हुन्छन् । देशको मौलिकता अनुसार देशको जस्तै प्रदेश र राज्यहरुको नाम सोही अनुसार सिर्जना गर्ने सकिन्छ । मौलिकतासहित उक्त क्षेत्रको इतिहास, संस्कृति, सम्पदा, सभ्यता, भूगोल, भाषा, जाति र धर्मको नामबाट पहिचान स्थापित गरिन्छ । अमेरिका, क्यानडा, स्विजरल्याण्ड, बेल्जियम, इथोपिया, दक्षिण अफ्रिका, भारत, स्पेन, जर्मनीको मोडेल विश्वभर चर्चाको शिखरमा छ । २९ वटा संघीय देशहरुमा १४ वटा देशहरु पहिचान र सामथ्र्यका आधारमा मिश्रित सं...बाँकी

सत्यको खोज र त्यसप्रति निष्ठा

April 08, 2018 Posted by Jhilko.com
सत्यको खोज र त्यसप्रति निष्ठा

कृष्णदास श्रेष्ठ     सत्यको सवाल वैज्ञानिक चिन्तनको, दार्शनिक चिन्तनको एउटा केन्द्रीय सवाल हो । हाम्रो अवसर के भन्ने गर्छौ भने अन्यायमाथि न्यायको, असत्यमाथि सत्यको विजय अवश्य हुन्छ । यो एउटा ऐतिहासिक सत्य पनि हो, किनभने सत्यलाई सुरुमा मानिसहरुले नसकारे पनि, सत्यले विस्तारै–विस्तारै आफुलाई शक्तिशाली बनाउँदै लैजान्छ र अन्त्यमा गएर त्यसले आफुलाई विजय बनाउँछ । यसबाट  कुन कुरा निस्कन्छ भने जो व्यक्ति इमान्दर र समझदार छ, उसले सत्य पक्षमा आफुलाई लगाउनु पर्छ । र सांचो भन्ने हो...बाँकी

 अर्थमन्त्री अपरिपक्व !

April 03, 2018 Posted by Jhilko.com
 अर्थमन्त्री अपरिपक्व !

  लोककृष्ण भट्टराई वाम गठबन्धन सरकार बनेको धेरै भएको छैन । यसका अर्थमन्त्री डा. युवराज खतिवडाले राज्य टाट पल्टिएको भनेर पत्रकार सम्मेलन नै गरे । यसलाई कसरी सुधार्ने, राजस्व संकलनको श्रोत के हो, उत्पादनमुलक अर्थतन्त्र कसरी निर्माण गर्ने भन्ने कुरा उनले उल्लेख गर्न बिर्सिए । कुनै पनि सरकारले पारदर्शिताका नाममा राज्यको ढुकुटी रित्तियो भनेर बाहिर ल्याउँदैन ।  दोश्रो विश्वयुद्धमा युद्धबाट जर्जर भएको चारैतिरबाट हमला गरिएको जर्मनले पनि ढुकुटी रित्तिएको भनेर बाहिर ल्याएन । बाराक ओवामा...बाँकी

भारतीय चङ्गुलबाट उन्मुक्तितिर माल्दिभ्स

March 05, 2018 Posted by Jhilko.com
भारतीय चङ्गुलबाट उन्मुक्तितिर माल्दिभ्स

लगभग पौने पाँच लाख मानिसहरु बसोबास रहेको दक्षिण एसियाली टापु देश मालदिभ्सले केही समयदेखि संसारको ध्यान तान्न सफल भएको छ । मालदिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नासिदसहित विपक्षी दलका अन्य नेताहरुलाई रिहा गर्ने आदेश दिएपछि हिन्द महासागरमा अवस्थित मालदिभ्समा नयाँ शिराबाट संवैधानिक सङ्कट आरम्भ भएको हो । अदालतको आदेश लगत्तै राष्ट्रपति अब्दुल्ला यामिनले सेना परिचालन गरेर सर्वोच्च अदालतको घेराबन्दी गरेका थिए । साथै मुख्य न्यायाधीश र अन्य न्यायाधीश तथा राष्ट्रपति अब्दुल्लाका सौता भाइ मौम...बाँकी

अझ पनि नचेत्ने हो कमरेड !

February 28, 2018 Posted by Jhilko.com
अझ पनि नचेत्ने हो कमरेड !

महेश्वर दाहाल अहिलेको वस्तुगत आवश्यकता कम्युनिस्टहरुबीचको एकता हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात्को कोर्श भनेको मुलुकलाई स्वाधीन बनाएर समृद्धिको योजनाबद्ध यात्रामा लैजाने हो ।  देश र जनताका आधारभूत अन्तरविरोध जसलाई समान्य भाषामा समस्या पनि भनिन्छ । यसको समाधानका लागि कम्युनिस्टहरुबीच एकताबद्ध हुनु पहिलो शर्त हो । सँगैै राष्ट्रिय स्वाधीनताका पक्षधर, देशभक्त तथा जनतान्त्रिक शक्तिहरुलाई पनि कम्युनिस्ट पार्टीको नेतृत्वमा एकाकार गरेर लैजान सक्नुपर्छ ।  कम्युनिस्ट एकता,...बाँकी

क. पुष्पलालको नीति अङ्गालेर एकता गरौं !

January 12, 2018 Posted by Jhilko.com
क. पुष्पलालको नीति अङ्गालेर एकता गरौं !

लोककृष्ण भट्टराई नेकपाका दुई समूह एमाले र माओवादी केन्द्रले पार्टी एकीकरण गर्ने गरी वाम गठबन्धन बनाए भने अर्काे समूह मसाल पनि गठबन्धनभित्र आयो र चुनावमा भाग लियो । मसालले प्रतिनिधि सभामा एक सिट प्रदेश सभामा दुई सिट प्राप्त गरेको छ । उसले पार्टी एकीकरणमा चासो दिएको छैन । नेकपाका अन्य समूह मजदुर किसान पार्टीले गठबन्धन बाहिर बसेर प्रतिनिधि सभामा एक सिट र प्रदेश सभामा एक सिट चुनाव जितेको छ । नेकपाका अन्य समूह सीपी मैनालीको माले र मोहन वैद्यको क्रान्तिकारी माओवादीले कतै सिट प्राप्त गर्न सकेनन् । प...बाँकी

प्रचण्डसँग अपेक्षा

January 03, 2018 Posted by Jhilko.com
प्रचण्डसँग अपेक्षा

सीता अधिकारी २०५२ सालदेखि आजसम्म राजनीतिको केन्द्रमा छन् प्रचण्ड । उनी राजनीतिको आकर्षण त हुँदै हुन, बेलाबेलामा विरोधको तारो पनि बन्ने गर्छन । प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्र अहिले सदनमा तेस्रो पार्टी बनेको छ, तर उनको आगामी भूमिका के हुन्छ भनेर राजनीतितिर चासो राख्ने सबैको आँखा उनैतिर फर्किएको छ ।  समकालीन राजनीतिमा मात्र होइन प्रचण्डले आफू पार्टीको नेतृत्वमा आएदेखि दूरगामी अर्थ राख्ने धेरै महत्वपूर्ण कार्य गरेका छन् । वाम ध्रुवीकरण, सशक्त संघर्ष, लोकतान्त्रिक शक्तिसँगको सहकार...बाँकी

केपी र पीकेलाई केही सुझाव

January 02, 2018 Posted by Jhilko.com
केपी र पीकेलाई केही सुझाव

लोककृष्ण भट्टराई नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६८ वर्ष पूरा भयो । ०१९ सालबाट फुट्न शुरु भएको कम्युनिस्ट पार्टी ०४६ सालको वृहद संयुक्त जनआन्दोलन निर्माणको शिलशिलामा जुट्न शुरु भयो । फेरि पनि फुटदै जुट्दै यो आन्दोलन यहाँसम्म आइपुगेको छ । ०४८ सालको चुनाव अघि हाम्रै प्रयासमा माले÷माक्र्सवादी एकता भएपछि अरु साना ग्रुपहरु मिलेर एकता केन्द्र समेत बन्यो । त्यसबेला यो लेखकले तत्कालिन चर्चित नेताहरु मदन भण्डारी, मनमोहन अधिकारी, सहाना प्रधान, निर्मल लामा, पुष्पकमल दाहाल, विष्णुबहादुर मान...बाँकी