categoryone

ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा नेपाली समाज विकासको विश्लेषण

August 25, 2016 Posted by Jhilko.com
ऐतिहासिक भौतिकवादी दृष्टिकोणका आधारमा नेपाली समाज विकासको विश्लेषण

सीताराम तामाङ १. विषय उठान द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी विश्वदृष्टिकोण हो । यसका सिद्धान्तहरु सामाजिक जीवनको अध्ययनमा पनि विस्तार हुन्छ, सामाजिक जीवनका घटनाहरु, समाज र समाजको इतिहासको अध्ययन गर्न पनि प्रयोग हुन्छ । यसरी “विस्तार र प्रयोग” हुने द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक भौतिकवाद भनिन्छ । एक वाक्यमा भन्नुपर्दा समाज र समाज विकासको नियमहरुको अधययन ऐतिहासिक भौतिकवादले गर्दछ । प्रकृतिको विकासका नियमहरु जस्तै मानव समाज विकासका नियमहरु पनि वस्तुपरक छन् , अर्थात मानिसहरु...बाँकी

प्रचण्डले ओलीकै बाटो पछ्याउनु आवश्यक छैन

August 30, 2016 Posted by Jhilko.com
प्रचण्डले ओलीकै बाटो पछ्याउनु आवश्यक छैन

निमकान्त पाण्डे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेसको सहयोगमा सरकारको नेतृत्व गरेको एक महिना विते पनि सरकारको पूर्णता भने भर्खरै मात्र भएको छ । केपी ओली नेतृत्वको सरकारले नपत्याउँदो किसिमवाट राष्ट्रवादीको पगरी पायो । ओलीको सौभाग्य नै भन्नु पर्छ यो पगरीलाई । ओलीले आफू विरुद्ध लागेको महाकाली सन्धि पारित गर्दाको राष्ट्रघाती दाग पखाल्न सफलता हासिल गरेका छन् । परन्तु ओलीले भूकम्प पीडित जनताप्रति देखाएको व्यवास्ताले ओलीमा अभिभावकीय भावना नभएको पुष्टि गरेको छ । प...बाँकी

माओवादीः जनवादी कि धनवादी ?

August 30, 2016 Posted by Jhilko.com
माओवादीः जनवादी कि धनवादी ?

दीपक मैनाली माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गणतन्त्र नेपालको दोस्रोपटक प्रधानमन्त्री चुनिएको आज २७ दिन पूरा भएको छ । चुनौतीका अग्ला पहाडहरुमाथिको प्रचण्ड यात्राले कस्तो परिणाम ल्याउँछ, सायद माओवादी आन्दोलन र प्रचण्डको भविष्य पनि त्यसैमा निर्भर हुनेछ । जनयुद्धको तयारी र जनयुद्ध हुँदै शान्तिवार्तासम्मका निर्णयहरुलाई हेर्दा प्रचण्ड कसैले पनि पछार्नै नसक्ने गतिका साथ अघि बढेका थिए । उनको यो विगतलाई हेर्दा प्रचण्ड दृढतापूर्वक अघि बढेको समयमा जस्तोसुकै समस्या पनि सामना गर्नसक्ने सामथ्र्य राख्न...बाँकी

यो क्षेत्रमा एक्लिदैं भारत

September 20, 2016 Posted by Jhilko.com
यो क्षेत्रमा एक्लिदैं भारत

बाशु मिश्र अफगानिस्तानबाट नाटो सैनिकहरुको फिर्तिसँगै अमेरिकी प्रभाव ओरालो लाग्ने क्रम शुरु हुँदा दक्षिण एसियाको यस क्षेत्रमा रहेका तीन प्रमुख शक्ति राष्ट्रहरु (चीन, भारत र पाकिस्तान ) को आपसी अन्तरसम्बन्ध नै यस क्षेत्रको भबिष्य निर्धारणको प्रमुख कारण बन्न जान्छ । अझ अगाडि बढेर भन्नुपर्दा यो त्रिकोणीय अन्तर्सम्बन्धमा पनि खासगरी चीन र भारतबीचको सम्बन्धको जटिलताले नै क्षेत्रीय व्यवस्थापनको सीमांकन गर्दछ । यहाँको भूगोलको रणनैतिक महत्वको कारणले यी तीन देशबीचको आन्तरिक खिचातानी र तिनीहरुको राष्ट्रि...बाँकी

माओवादीको अवसरवादी यात्रा – प्रदीप ज्ञवाली

August 28, 2016 Posted by Jhilko.com
माओवादीको अवसरवादी यात्रा – प्रदीप ज्ञवाली

-प्रदीप ज्ञवाली ‘महान लक्ष्यको यो विस्मृति, दैनन्दिनका क्षणिक स्वार्थहरुप्रतिको मुख्य ध्यान, पछिको परिणाम चाहे जेसुकै होस्- क्षणिक सफलताका निम्ति यो सङ्घर्ष र यो मरिहत्ते, वर्तमानको निम्ति भविष्यको यो कुर्बानी, भलै यो ‘इमानदार’ होस्, तर यो अवसरवाद नै हो र यो अवसरवाद नै रहनेछ । र ‘इमानदार’ अवसरवाद सायद सबैभन्दा खतरनाक हुन्छ ।’ -एङ्गेल्स व्यवस्थापिका-संसदमा प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव प्रस्तुत गर्ने क्रममा माओवादी-केन्द्रका अध्यक्ष पुष्पकमल दहा...बाँकी

अवसर र चुनौतिबीच ‘प्रचण्ड’को दोश्रो आसन

August 28, 2016 Posted by Jhilko.com
अवसर र चुनौतिबीच ‘प्रचण्ड’को दोश्रो आसन

रूद्रप्रसाद भट्टराई साउन २०, काठमाडौं । मूलुकले फेरी नयाँ प्रधानमन्त्री पाएको छ । ३९औँ आशनमा पूनःपुष्पकमल दाहाल ‘प्रचण्ड’ आइपुगेका छन् ।‘घुमिफिरी रुम्जाटार’भनेजस्तै नेपाली काँग्रेस, मधेसवादी लगायत १६ दलको समर्थनमा संसदको ३ सय ६३ मतका साथ देशको कार्यकारी प्रमुखको जिम्मेवारी दोश्रो पटक सम्हाल्दैछन्,‘पुकदा’ । संविधान र स्थायीत्वको यो असहज परिस्थितिको सामना गर्न दोश्रो इनिङ्ग सक्षम हुने विश्वासका साथ प्रचण्ड उत्साहित बनेका देखिन्छन् । तर, अर्कोतिर दोश्र...बाँकी

बहस : ‘भय’ले जुराएको देउवा-प्रचण्ड जोडी

August 28, 2016 Posted by Jhilko.com
बहस : ‘भय’ले जुराएको देउवा-प्रचण्ड जोडी

देवराज पोख्रेल । अन्तत: वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन। ओली सरकार निर्माणको प्रमुख सुत्रधार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दिएको समर्थन, कांग्रेससँग मिलेर फिर्ता लिदै अविश्वासको प्रस्ताव दर्ता गराएपछि वर्तमान सरकार संकटमा परेको थियो। मुलुकमा बामपन्थीहरुको बर्चश्व रहदाँरहदै पनि,बिभाजित हुँदा जनताका आधारभूत समस्याको संबोधन गर्न नसकिएको महशुस गरी लामो २०७४ माघसम्म गठबन्धन कायम राख्दै एउटै कम्युनिष्ट...बाँकी

“आतंकवादले बढाएको त्रासदी”

August 28, 2016 Posted by Jhilko.com
“आतंकवादले बढाएको त्रासदी”

ईस्लामिकहरुको पवित्र पर्व रमजान र ईदको अवसर पारेर अफगानिस्तानको काबुल र बंगलादेशको ढाकामा मुस्लिम आतंककारी संगठन ईस्लामिक ईस्टेट (आईएस) ले क्रुरतापर्वक निर्दोष एवं निहत्था मानिसहरुलाई ढाल बनाएर बन्धक बनाउने,गोली हानी हत्या गर्ने,घाँटी रेटी निर्मम रुपलेमार्ने जस्ता जघन्य अपराध गरेबाट सिँगो बिश्व नै आतंकित बन्न पुगेको छ । मानव सभ्यताको लागि यो एउटा गंभिर चुनौती हो । सार्बजनिक स्थलमा क्रुरतापर्वक घटाईएका अपराध कुनै एक ब्यक्तिको लहड वा सनकको परिणाम पक्कैपनि होईन । कुनै भावुक वा उन्मादी डफ्फाले निश्च...बाँकी