categoryone

बाबुरामको नयाँ शक्ति ः मीठो विष

March 01, 2016 Posted by Jhilko.com
बाबुरामको नयाँ शक्ति ः मीठो विष

१. बाबुराम भट्टराईले ‘नयाँ शक्ति’ नामक पार्टीको पूर्व रुप बनाएर नेपाली राजनीतिको ध्यान आफूतिर तान्न निक्कै ठूलो प्रयत्न गरेका छन् । अहिले बजारमा यही शक्तिको चर्चा केही चलेको छ । पक्ष र विपक्षमा बहस आइरहेका छन् । उता बाबुराम भट्टराई बजारमा आएको नयाँ ब्राण्डको विज्ञापन बडो सतर्कतापूर्वक उद्योगीले गरेजस्तो गरी प्रचार अभियानमा लागेका छन् । विस्तारै पर्दाहरु खुल्दै आएका छन् । रहस्यहरु समाप्त हुने क्रम शुरु भएको छ । नयाँ शक्तिको विचार, राजनीति र संगठन सार्वजनिक भएको छ । यसका नेतागणहरु पनि...बाँकी

अधिभूतवाद र द्वन्द्ववादबारे

March 01, 2016 Posted by Jhilko.com
अधिभूतवाद र द्वन्द्ववादबारे

हस्तबहादुर के.सी.  वास्तविक जगत्मा जेजति कुरा अस्तित्वमा छन्, ती एकआपसमा अन्तरसम्बन्धित रहेका हुन्छन् । संसारमा अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ–विचारहरू गतिशील हुन्छन् र गतिका कारण वस्तुमा रहेका अन्तरविरोधी पक्षहरू नै प्रवल हुन्छन् भन्ने मान्यताका विपरीत अस्तित्वमा रहेका सारा वस्तुहरू र तिनीहरूको मानसिक छायाँ–विचारहरू स्थिर छन् र गतिका कारण बाहिरी बल हो भन्ने धारणा पनि रहेको छ । संसारका दार्शनिक पद्धतिहरू मुलतः दुई खेमामा बाँडिएका छन् । दार्शनिक जगत...बाँकी

माओवादी विचारको रक्षासँग जोडिएको जनताको आन्दोलनको भविष्य र सम्भावना

March 09, 2016 Posted by Jhilko.com
माओवादी विचारको रक्षासँग जोडिएको जनताको आन्दोलनको भविष्य र सम्भावना

नेपालमा माओवादी आन्दोलन ठूलो संकटमा परेको छ, सिकिस्त भएर छटपटाइरहेको छ । माओवादी आन्दोलनले विश्व इतिहासमा अंकित हुने स्तरको अत्यन्तै ठूलो र प्रभावकारी संघर्ष ग¥यो, विजय निकट पनि पुग्यो तर बीचमै नाटकीय ढंगले संघर्षलाई शून्यमा झार्ने काम गरिएको छ । अहिलेको अवस्था हेर्दा भन्न सकिन्छ– त्यो उँचाइमा पुगेको माओवादी संघर्ष पराजीत भएको छ । यो पराजयका अनेक वाह्य कारण छन् तर मूलभूत रुपमा यो आफ्नै कारणले यो विजोग अवस्थामा आइपुगेको हो भनेर स्वीकार गर्नैपर्ने हुन्छ । कम्युनिस्ट आन्दोलन समाप्त भयो...बाँकी

१९५० को असमान सन्धिको कसीमा नेपाल–भारत सम्बन्ध

March 24, 2016 Posted by Jhilko.com
१९५० को असमान सन्धिको कसीमा नेपाल–भारत सम्बन्ध

लक्ष्मण पन्त बीसौं शताब्दीको चौथो दशक अत्यन्त उथलपुलथपूर्ण कालखण्डका रुपमा रहेको छ । संसारकै एक चौथाई जनसंख्याको बसोबास गरेको चीन यसै कालखण्डमा लाल चीनमा बदलिएको थियो । विश्वको सबैभन्दा ठूलो भूभाग ओगट्ने रुसमा १९१७ मै कम्युनिष्ट क्रान्ति सम्पन्न भइसकेको थियो । पूर्वी यूरोप लाल बनिसकेको थियो । रसियन र चिनियाँ क्रान्तिको रापले सिंगो भारत, नेपालसहित दक्षिण एसिया तातेको थियो । ल्याटिन अमेरिकी मुलुकहरु तथा दक्षिण पूर्वी एसियाका सबैजसो मुलुकहरुमा क्रान्तिका ज्वालाहरु दन्किरहेका थिए वा दन्किने क्रमम...बाँकी

जनयुद्धकालीन मुद्दा ः माओवादीलाई समर्पण गराउने रणनीति

March 24, 2016 Posted by Jhilko.com
जनयुद्धकालीन मुद्दा ः  माओवादीलाई समर्पण गराउने रणनीति

हालै सर्वोच्च अदालतले ओखलढुंगा जिल्ला अदालतमा रहेको जनयुद्धकालीन मुद्दाबारे दिइएको आदेश र केही समय अगाडि सर्वोच्च अदालतमा नै संवैधानिक इजलास खडा गरी जनयुद्धकालीन राजनीतिक मुद्दाहरु सरकारले फिर्ता लिन नमिल्ने भनी दिइएका आदेशहरु हेर्दा राज्यको एउटा अंगको रुपमा रहेको न्यायालयले राज्य र तात्कालीन विद्रोही पक्षको रुपमा रहेको माओवादी पक्षबीचको वृहत् शान्ति सम्झौतालाई स्वीकार गरिरहेको छैन र केवल क्षणिक रुपमा माओवादी पक्षलाई आत्मसमर्पण गराउने अस्त्रको रुपमा मात्र राज्य पक्षले प्रयोग गरिरहेको छ भन्ने यथा...बाँकी

नवऔपनिवेशिक पुँजीवाद

March 27, 2016 Posted by Jhilko.com
नवऔपनिवेशिक पुँजीवाद

१. परिभाषाको सट्टामा १.१. सामन्तवादी देशहरुमा पुँजीवादीहरुको नेतृत्वमा क्रान्ति सम्पन्न भएर ती देशहरुमा पुँजीवादी राज्यव्यवस्था कायम बन्न पुग्यो । सामन्तवादका विरुद्ध राष्ट्रिय पुँजीपतिहरुले आफ्ना देशका मजदुर, किसान, निम्न पुँजीपति सबैसँग मोर्चा कसी १५ औं शताब्दीबाट १७ औं शताब्दीसम्म यस्ता विद्रोहात्मक क्रान्ति सम्पन्न गरेका छन् । क्रान्तिपश्चात् राज्यसत्तामा पुँजीपति आसिन हुन पुगे र उनीहरुले सामन्तवादभन्दा नौलो शासन प्रणाली शुरुवात गरे जसलाई पुँजीवादी व्यवस्था भनियो । वेलायतसहित सिंगो युरोप,...बाँकी

माओवादी एकता ः ऐतिहासिक आवश्यकता

May 29, 2016 Posted by Jhilko.com
माओवादी एकता ः ऐतिहासिक आवश्यकता

विश्व राजनैतिक रङ्गमञ्चतर्फ फर्केर हेर्दा आज साम्राज्यवादको एक्लो दबदबा कायम छ । हिजो एउटा उभारको रुपमा विकसित हुँदै आएको र जनसंख्याको ठूलो हिस्सालाई परिचालित गर्न सफल कम्युनिस्ट आन्दोलन प्रतिरक्षात्मक बन्न पुगेको छ । सबै जनवादी÷समाजवादी सत्ताहरु ढलेका छन् । पुँजीवादको पुनस्र्थापना भएको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा माओको निधनपछिका कुनै पनि प्रयोगहरुले सफलता हासिल गरी सत्ता हात पारेका छैनन् । कतै उठ्नै नसकेका, उठेकाहरु कठ्ङ्याग्रिएका र विकास गर्न नसकिरहेका जो–जसले विकास ग...बाँकी

किन यस्तो हस्तक्षेप ?

April 05, 2016 Posted by Jhilko.com
किन यस्तो हस्तक्षेप ?

भर्खरै इयु–भारतको सम्मेलनपछि जारी गरिएको वक्तव्यमा नेपालको संविधानको विषयलाई पनि उठाएर नेपालको आन्तरिक मामिलामा ठाडो हस्तक्षेप गरिएको छ । यसअघि नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हुनेगरी भारत र बेलायतको तर्फबाट पनि यस्तै प्रकारको संयुक्त वक्तव्य आएको थियो । यी वक्तव्यहरु असान्दर्भिक र अनपेक्षित मात्रै होइन, एउटा स्वतन्त्र र सार्वभौम मुलुकमाथि गरिएको अर्घेल्याइँ पनि हो ।   उनीहरुको संयुक्त वक्तव्यमा नेपालको संविधानलाई अपूर्ण भन्दै निश्चित समयसीमाभित्र संविधानका विवादित विषय मिलाउनुप...बाँकी

नेपाली क्रान्ति र पार्टी एकताबारे

April 05, 2016 Posted by Jhilko.com
नेपाली क्रान्ति र पार्टी एकताबारे

कुलप्रसाद के.सी. ‘सोनाम’ विगत लामो समयदेखि नेपाली जनताले राष्ट्रियता र जनवाद प्राप्तिको उद्देश्यमा रही साम्राज्यवाद, विस्तारवाद तथा सामन्तवादको विरुद्ध ऐतिहासिक जनसंघर्षहरु, जनआन्दोलन एवम् महान जनयुद्धको युगान्तकारी प्रक्रियाबाट आज नेपालमा सामन्तवादको राजनीतिक पराजय हुन पुगेको छ भने साम्राज्यवादी विस्तारवादी हस्तक्षेपको कारण पूर्ण प्रजातन्त्र र राष्ट्रिय स्वाधीनता प्राप्तिको उद्देश्य अझै पूरा हुन सकेको छैन । तसर्थ परिवर्तनको यो प्रकृया लाई नेतृत्वदायी राजनीतिक शक्ति हुनका कारण हाम...बाँकी

मुलुकको भावी राजनीतिक दिशा कता ?

April 05, 2016 Posted by Jhilko.com
मुलुकको भावी राजनीतिक दिशा कता ?

असहमतिका बीचबाट संविधान जारी भएदेखि चर्केको मधेस आन्दोलन र इन्धन आपूर्तिमा लगाइँदै आएको नाकाबन्दी नेपाली सेनाका प्रधान सेनापति र केही जर्नेलहरुको भारत भ्रमणपश्चात् रहस्यमय ढंगले शिथिलीकरण भएको थियो । नेपाली सेनापतिलाई मानार्थ पद प्रदान गर्नका लागि आमन्त्रण गरिएको भनिए पनि मधेस आन्दोलनको शिथिलीकरण र त्यसलगत्तै प्र.म. ओलीको भारत भ्रमण हुनुले दक्षिणी छिमेकीको नेपालसम्बन्धी नीति शैन्य कूटनीतितर्फ मोडिएको त होइन ? भन्ने प्रश्न उठेको छ । प्र.मं. ओलीको भारत भ्रमणका क्रममा पारवाहन, भूकम्प पीडित क्षेत्रक...बाँकी