categoryone

नेपाल–भारतको बैठकमा के भयो ? दुई प्रमको प्रतिबद्धता यस्तो छ

May 12, 2018 Posted by Jhilko.com
नेपाल–भारतको बैठकमा के भयो ? दुई प्रमको प्रतिबद्धता यस्तो छ

काठमाडौँ । गहिरो आत्मीय सम्बन्ध र समझदारीका आधारमा शताब्दीयौँदेखि सुदृढ रहेको नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धमा नयाँ आयाम थपिएको छ ।  इतिहासको कालखण्डमा झेलिएका आरोह अवरोहलाई इतिहासकै गर्तमा राखेर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ नेपालको एक दशकको यात्रामा कूटनीतिक फाँटमा नयाँ आयाम थपिनुको कारण बनेको छ– नेपाल र भारतबीच भएको उच्चस्तरीय वार्ता, छलफल र भेटघाट ।  एक महिनाको अन्तरालमा जननिर्वाचित नेपाल र भारतका कार्यकारी सरकार प्रमुखहरुको नयाँदिल्ली र काठमाडौँमा भएक...बाँकी

सीमा क्षेत्रको समस्या समाधान गर्न अध्यक्ष ‘प्रचण्ड’को आग्रह

May 12, 2018 Posted by Jhilko.com
सीमा क्षेत्रको समस्या समाधान गर्न अध्यक्ष ‘प्रचण्ड’को आग्रह

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले विराटनगरस्थित भारतीय दूतावासको सम्पर्क कार्यालय र नेपाल भारत सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्नुभएको छ ।  नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री मोदीसँग आज यहाँ भएको भेटवार्तामा अध्यक्ष दाहालले सीमा क्षेत्रको समस्या र विराटनगरको सम्पर्क कार्यालयको समस्या समाधान भए दुई देशको सम्बन्ध थप सुमधुर बन्ने विश्वास व्यक्त गर्नुभएको हो ।&nb...बाँकी

नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता

May 11, 2018 Posted by Jhilko.com
नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय वार्ता

  काठमाडौँ । नेपाल र भारतका प्रधानमन्त्रीबीच आज यहाँ प्रतिनिधिमण्डलस्तरीय वार्ता सम्पन्न भयो ।  सौहार्दपूर्ण वातावरणमा भएको उक्त वार्तामा नेपाल–भारत सम्बन्धका सबै पक्षमा विचार विमर्श भएको थियो ।  नेपालको भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको द्विपक्षीय उक्त वार्तामा पारस्पारिक हित र चासोका विषयमा छलफल भएको वार्तापछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीलाई बताउनुभयो ।  पारस्पारिक लाभका क्षेत्रमा कसरी सहकार्य ग...बाँकी

१०० सीमास्तम्भ मर्मत, ३१ नयाँ थप

May 11, 2018 Posted by Jhilko.com
१०० सीमास्तम्भ मर्मत, ३१ नयाँ थप

धनगढी । नेपाल–भारतको संयुक्त सीमा सर्भेसम्बन्धी टोलीले कैलालीको खक्रौला सीमा नाकादेखि कञ्चनपुरको ब्रह्मदेवसम्मका १०१ सीमास्तम्भको मर्मत गरेको छ ।  संयुक्तसीमा सर्भे टोलीमा नेपालका तर्फबाट नेतृत्व गर्नुभएका नापी विभागका प्रमुख नापी अधिकृत सुदर्शनसिं धामीले सो क्षेत्रका थप ३१ सीमास्तम्भ निर्माण गरिएको जानकारी दिनुभयो । सीमा क्षेत्रमा पर्ने ६५९ सीमास्तम्भको रेकी कार्य (पूर्वेक्षण) गरी निर्माण र मर्मत गरिएको चार नं सीमा सर्भे टोलीका प्रमुखसमेत रहनुभएका धामीले बताउनुभयो ।  कैल...बाँकी

चार महिनापछि पार्टी कार्यालयको ताला खुला

May 11, 2018 Posted by Jhilko.com
चार महिनापछि पार्टी कार्यालयको ताला खुला

धनकुटा । प्रदेशको राजधानीलगायत विभिन्न माग गर्दै नेपाली काँग्रेस धनकुटाको पार्टी कार्यालयमा चार महिनाअघि लगाएइको ताला आज खोलिएको छ ।  पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काँग्रेस पार्टी कार्यालयमा चार महिनाअघि लगाइएको ताला खोलेर नेता तथा कार्यकर्ताले दिएको राजीनामा फिर्ता गर्न आग्रह गर्नुभएको थियो । पार्टी सरकारमा हुँदा प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा नबनाइएको, पार्टी केन्द्रीय समिति एवं भ्रातृ संगठनमा धनकुटाबाट प्रतिनिधित्व नभएको एवं स्थानीय एवं संसद्को चुनावमा जिल्लाबाट...बाँकी

भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण आजदेखि

May 11, 2018 Posted by Jhilko.com
भारतका प्रधानमन्त्रीको राजकीय भ्रमण आजदेखि

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा शुक्रकार यहाँ आउँदै हुनुहुन्छ ।  भारतका कार्यकारी सरकार प्रमुखका रुपमा तेस्रो पटक हुन लागेको यो भ्रमणले आपसी आत्मीयता, मैत्री र शताब्दीऔँ पुरानो दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने अपेक्षा नेपाल र भारतका जनताले गरेका छन् । प्रधानमन्त्री ओलीको गत महिना सम्पन्न भारतको राजकीय भ्रमणको प्रत्युत्तर भ्रमणका रुपमा पनि प्रधानमन्त्री मोदीको भ्रमणलाई लिइएको छ...बाँकी

चाँडै पार्टी एकीकरण हुनेः अध्यक्ष प्रचण्ड

May 10, 2018 Posted by Jhilko.com
चाँडै पार्टी एकीकरण हुनेः अध्यक्ष प्रचण्ड

बर्दिवास । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमाले र नेकपा (माओवादी केन्द्रबीच चाँडै पार्टी एकता हुने बताउनुभएको छ ।  वामपन्थी नेता स्व निर्मल लामाको १८ औँ स्मृति दिवसका अवसरमा निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको ‘निर्मल लामा र नेपाली वामआन्दोलन’ विषयक प्रवचन कार्यक्रममा उहाँले भन्नुभयो, “हतारमा एकता गरेर भोलि पश्चाताप गर्नुभन्दा घनिभूत छलफल गरेर दुबै पार्टीबीच चाँडै एकता हुनेछ ।”  अध्यक्ष...बाँकी

महतको मनोनयन देउवालाई महङ्गो

May 10, 2018 Posted by Jhilko.com
महतको मनोनयन देउवालाई महङ्गो

  काठमाडौं । निकै ठूलो टाउको दुखाइको मुद्धा बनेको पदाधिकारी मनोनयन बिवादलाई सल्टाउन कांग्रेस सभापति शेरबहादुर देउवा सफल भएका छन् । सभापति पदमा चुनाव जित्नका लागि उनले धेरैलाई पदाधिकारी मनोनयन गर्ने आश्वासन दिएका थिए । एउटालाई मनोनयन गर्दा अर्को  भड्किने अवस्था उत्पन्न भएका कारण देउवाले पदाधिकारी मनोनयनको जिम्मेवारीलाई लामो समयदेखि थाती राख्दै आएका थिए । समय वित्दै जाँदा सबै आकांक्षी भड्कने खतरा उत्पन्न भएपछि देउवाले पदाधिकारी मनोनयन गरेका हुन ।    महाधिबेशन सम्पन्न भएको...बाँकी

तिलगङ्गा क्षेत्रका करीब ४५ अस्थायी टहरा भत्काइए

May 10, 2018 Posted by Jhilko.com
तिलगङ्गा क्षेत्रका करीब ४५ अस्थायी टहरा भत्काइए

  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करीब ४५ वटा अस्थायी टहरा भत्काएको छ ।  केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ ।  नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा टहरा भत्काएको हो ।  यसरी भत्काइएका टहराहरुमा कबाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र...बाँकी

पूर्व बजेट छलफल शुरु

May 10, 2018 Posted by Jhilko.com
पूर्व बजेट छलफल शुरु

काठमाडौँ  । राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको छ ।  अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गर्नुभएको थियो ।  उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्...बाँकी