categoryone

सरकारले प्रदेश प्रमुखहरुको नियुक्ती खारेज गर्न सक्ला ? 

July 05, 2018 Posted by Jhilko.com
सरकारले प्रदेश प्रमुखहरुको नियुक्ती खारेज गर्न सक्ला ? 

काठमाडौं । सरकारले बुधबार साँझ भदौपछिका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेसँगै विभिन्न प्रश्न उब्जिएका छन् । सरकारको निर्णयको सीमा कहाँसम्म हो भन्ने प्रश्नले धेरै उच्च निकायका अधिकारीहरुको पद धरापमा परेको हो । अब प्रदेश प्रमुखहरुको पद के होला ? के प्रदेश प्रमुखहरुको नियुक्त यो सरकारले खारेज गर्न सक्ला ?  पूर्ववर्ती शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ ३ गते एकलौटी ढंगले सातै प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा...बाँकी

देउवा सरकारले गरेका राजनीतिक नियुक्त खारेज

July 04, 2018 Posted by Jhilko.com
देउवा सरकारले गरेका राजनीतिक नियुक्त  खारेज

मन्त्रिपरिषद्को  बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले २०७४ भदौ १४ पछि वर्तमान सरकार गठन हुनुपूर्व विभिन्न मन्त्रालय, प्राधिकरण, संस्थान, परिषद्, बोर्ड र संगठित संस्थामा गरिएका सबै राजनीतिक नियुक्ति खारेजीको निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकु...बाँकी

जुम्ला र वीर अस्पतालमा काँग्रेस सांसदको समूह परिचालन

July 04, 2018 Posted by Jhilko.com
जुम्ला र वीर अस्पतालमा काँग्रेस सांसदको समूह परिचालन

२० असार, काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले स्वास्थ्य र शिक्षा क्षेत्रमा सुधारको मागसहित जुम्लामा आमरण अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न सांसदको समूह खटाउने निर्णय गरेको छ ।  डा केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै गम्भीर बन्दै गएको उनको स्वास्थ्य अवस्था बुझ्न प्रतिनिधिसभाका सांसदद्वय प्रकाश स्नेही र रंगमती शाही तथा प्रदेशसभाका सदस्य दीनबन्धु श्रेष्ठलाई पठाउने निर्णय गरेको छ ।  जुम्ला जाने काँग्रेस सांसदको समूहले उहाँको मागप्रति ऐक्यबद्धता जनाउँदै उनको स्वास्थ्य अ...बाँकी

राष्ट्रियसभाको बैठक अवरोध

July 04, 2018 Posted by Jhilko.com
राष्ट्रियसभाको बैठक अवरोध

२० असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ ।  विशेष समयमा बोल्ने क्रममा काँग्रेसकातर्फबाट राष्ट्रियसभा दलका नेता सुरेन्द्रराज पाण्डेले विरोध जनाएपछि बैठक स्थगित भएको हो ।  बैठकमा काँग्रेस सांसद पाण्डेले बोल्दै अनशनरत चिकित्सक डा गोविन्द केसीको मागप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै उनको अवस्थाका बारेमा जानकारी गराउन माग गरे ।  राजधानीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको सम्बन्धमा सदनलाई जानक...बाँकी

बहुआयामिक चिनियाँ ‘दुई प्लस एक’

July 04, 2018 Posted by Jhilko.com
बहुआयामिक चिनियाँ ‘दुई प्लस एक’

अञ्जली राई नेपालको सन्दर्भमा चिनियाँ कू्रटनीतिक ज्ञाताहरुबीच दुई वटा शब्द अधिक प्रयोग हुन थालेको छ, दुई प्लस एक र हिमालयन सीमा पार बहुआयामिक कनेक्टिभिटी । नेपाल, चीन र भारत सम्बन्धमा सन्तुलित राख्न यो अवधारणागत शब्दलाई प्रयोगमा ल्याइएजस्तो छ । चीनले नेपालको सन्दर्भमा भारतसँगको सम्बन्ध परिभाषित गर्न यही सूत्र प्रयोग गरिरहेको छ ।  सबैभन्दा पहिला ‘दुई प्लस एक’ शब्दको अर्थ खोजौं । दुई भन्नाले चीन र भारत र प्लस एक भन्नाले ‘नेपाल’ हो । यो भनेको चीन र भारतमा थप नेपा...बाँकी

देशलाई अराजकतातिर धकेल्दै

July 04, 2018 Posted by Jhilko.com
देशलाई अराजकतातिर धकेल्दै

सरकारको सय दिन अर्थात् हनिमुन समय घर्किसकेको छ । यसबीच शान्ति, विकास र समृद्धिलाई परिभाषित गर्नु उपयुक्त हुन्छ । यो परिभाषा गर्ने काम स्वयम् सरकारको हो तर सरकारले यथोचित परिभाषा गर्न नसक्ता राष्ट्रिय राजनीति विषयान्तर हुने खतरा बढेर गएको छ । सरकारले पद्यात्मक रुपमा शान्ति, विकास र समृद्धिलाई नारा बनाए पनि यी विषयको गद्यात्मक रुपरेखा बाहिर नआएकोले नै विषयान्तर हुने सिलसिला सुरु भएको हो । राजनीतिमा मुख्य विषय र गौण विषयको स्थायी अन्तरा हुन्न । साहित्यको गीत विधामा मात्र स्थायी अन्तरा हुन्छ । कह...बाँकी

    माइतीघरमा भिड जम्मा गर्न रवीन्द्र मिश्रको झुटो ट्वीट

July 03, 2018 Posted by Jhilko.com
    माइतीघरमा भिड जम्मा गर्न रवीन्द्र मिश्रको झुटो ट्वीट

रवीन्द्र मिश्रले आफ्नो ट्वीटमा राखेको माथिको प्रचार सामग्री    काठमाडौं । साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले माइतीघर मण्डलामा भिड जम्मा गर्न कर्णालीमा पुगेका डा. गोबिन्द केसीको नाम दुरुपयोग गरेका छन् । उनले आफ्नो टवीटमा लेखेका छन– ‘सकेसम्म आउनुस है, म पनि आउँछु ।’ उनले डा. गाविन्द केसीको फोटोसहितको क्याप्सन लेखेका छन– ‘काठमाडौंलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयको भद्र अवज्ञा गर्ने कार्यक्रममा डा. गोविन्द केसीसँगै माइतीघर...बाँकी

मन्त्रीको आधारहीन गुरुयोजना

July 03, 2018 Posted by Jhilko.com
 मन्त्रीको आधारहीन गुरुयोजना

बहुमूल्य तथा बहुउपयोगी प्राकृतिक वस्तु जलस्रोतमा धनी मुलुक नेपालमा विकासका अवधारणा भित्रिएसँगै जलविद्युत् उत्पादन र यसको उपयोगिताको धेरै चर्चा भए पनि त्यसको अपेक्षित विकास हुन सकेको छैन । मानव र प्रकृतिबीचको अत्यन्त अन्योन्यास्रित सम्बन्ध जीवन–पानीमा प्रष्ट देखिंदै आएको यथार्थलाई मनन गर्दै पछिल्लो विश्वमा पानीको उपयोगिता र यसभित्रको विकासमा ठूला परिवर्तन आए पनि हामीले उचित नीति लिन नसक्दा विकासले गति लिन नसकेको हो । प्राकृतिक स्रोतको दोहन गरेर मानिसले आफ्ना इच्छा र आवश्यकता पूरा गर्न...बाँकी

हेटौंडाबाट फर्केपछि कांग्रेसको झगडा उस्तै 

July 03, 2018 Posted by Jhilko.com
हेटौंडाबाट फर्केपछि कांग्रेसको झगडा उस्तै 

काठमाडौं । पार्टीलाई एक ढिक्का बनाउने प्रतिवद्धताका साथ जिल्ला सभापतिहरुको हेटौंडा भेला सकेर राजधानी काठमाडौं फर्किएका नेपाली कांग्रेसका नेताहरु फेरि पहिलेकै द्वन्द्वमा फर्किएका छन् । हेटौंडा भेलामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमति भएको थियो । अबका दिनमा सबै पक्षलाई समानुपातिक भूमिका दिने र विधान अनुसार चल्ने प्रतिवद्धता सभापति देउवाले जनाएका थिए भने वरिष्ठ नेता पौडेलले पार्टी विधान अनुसार चलेको र आफ्नो पक्षले हैसियत अनुसारको समानुपातिक भूमिका पाएको अवस्थामा आफू सभाप...बाँकी

सरकार निरंकुशताको बाटोमा 

June 30, 2018 Posted by Jhilko.com
सरकार निरंकुशताको बाटोमा 

शान्तिपूर्ण कार्यक्रम गर्न पाउने लोकतान्त्रिक मान्यताका विपरीत केपी शर्मा ओलीको सरकार निरंकुशताको वाटोमा गइरहेको अनुभूत भइरहेको छ ।  संविधान प्रदत्त मौलिक अधिकारका  विपरीत यो सरकारले विपक्षी मतलाई जवर्जस्त कुल्चन खोजिरहेको छ । डा. गोविन्द केसीको गिरफ्तारीका साथै विप्लव नेतृत्वको पार्टी, साझा विवेकशील पार्टीको  शन्तिपूर्ण कार्यक्रममा जवर्जस्त प्रहरी हस्तक्षेपले शान्तिपूर्ण परिस्थितिलाई भड्काउन बल पु¥याइरहेको छ ।  शान्तिपूर्ण ढंगले आफ्नो मत राख्ने अधिकार संव...बाँकी