categoryone

वामदेवलाई हराउने षडयन्त्र !

December 23, 2017 Posted by Jhilko.com
वामदेवलाई हराउने षडयन्त्र !

काठमाडौं । संसदीय चुनावमा घात अन्तरघात स्वाभाविक हुन्छ । तर, कतिपय घात अन्तरघात निकै अस्वाभाविक हुन्छ । एमाले उपाध्यक्ष वामदेव गौतममाथिको अन्तरघात निकै अस्वाभाविक छ । वामदेव गौतमलाई हराउन विदेशी शक्ति केन्द्र लागेको बढी देखिन्छ । गौतमलाई हराउन एमालेभित्रैको एउटा हिस्सा नै लागेको प्रारम्भिक रिपोर्टमा देखिन्छ ।  वाम एकताको पक्षमा प्रभावकारी भूमिका खेल्ने नेता हुन वामदेव गौतम । माधव नेपाल र झलनाथ खनाल पार्टीको मुख्य भूमिकामा छैनन् । एमालेमा भूमिका मुख्यतः केपी ओलीको नै छ । ओलीलाई अन्तिममा क...बाँकी

नवराज सिलवालले राजीनामा दिंदा राम्रो

December 22, 2017 Posted by Jhilko.com
नवराज सिलवालले राजीनामा दिंदा राम्रो

काठमाडौं । ललितपुर–१ बाट वाम गठबन्धनबाट विजयी नवराज सिलवाल फेरि विवादमा तानिएका छन् । उनले बढुवा विवादमा अदालतमा पेश गरेको कागजात फर्जी रहेको बताइएको छ ।   यदि उनले पेश गरेको कागजात फर्जी प्रमाणित भयो भने उनीमात्र होइनन् एमाले र वाम गठबन्धन नै नैतिक रुपमा जोडिन्छ । पदमा बस्दा विवादित बनिरहने सम्भावना भइरहन्छ ।   नबराज सिलवालले राजीनामा दिएर विवादलाई सदाका लागि टुंग्याइदिनु सही हुन्छ । उनले राजीनामा दिएको स्थानमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई उठाउँदा मनासिव हुनसक्छ ।...बाँकी

एमालेको स्थायी समितिको वैठकले एकताको ढोका खोल्ला ?

December 22, 2017 Posted by Jhilko.com
एमालेको स्थायी समितिको वैठकले एकताको ढोका खोल्ला ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र एमालेबीच पार्टी एकीकरण र सरकार निर्माणका लागि आन्तरिक पहल भइरहेको छ । यसै विषयलाई लिएर एमालेको वैठक आज बस्दैछ ।  एमालेको आज बस्ने स्थायी समितिको वैठकले एकताको लागि ढोका खोल्छ या ईश्वर र शंकर पोखरेलले भने जस्तै निर्णय गरेर बाटो छेक्छ त्यो हेनै बाँकी छ ।  सरकार गठन र पार्टी एकताको विषयमा कुरा नमिलेर झेला सुरुपछि माओवादीभित्र पछिल्लो समय भिन्न भिन्न विषयमा तिक्तता बढ्दै गएको छ । एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष र...बाँकी

प्रदेश राजधानीको रडाको

December 22, 2017 Posted by Jhilko.com
प्रदेश राजधानीको रडाको

वसन्त पोखरेल निर्वाचनको पाटो सकियो । कसले बाजी मा¥यो, को थला प¥यो यी तपसिलका, पार्टीहरु आफैले समीक्षा गर्ने विषय हुन् । चुनावमा हार्नु, जित्नु स्वाभाविक हुन्छ । जनताले जसलाई मन पराए भोट खन्याइदिए । जसलाई मन पराएनन् रुम्टाइदिए । जित्नेहरु पाँच बर्षका लागि शेर बन्लान् । हार्नेहरु पाँच बर्षका लागि किनारा लाग्लान् । यहाँ पात्रले जिते वा हारे पनि प्रबृत्तिले जितेको छैन र प्रबृत्ति हारेको पनि छैन । कसैको सिद्धान्त र दर्शनले जितेको पनि छैन र हारेको पनि छैन । सम्बिधान कार्यान्वयनको एउटा कडीला...बाँकी

कसरी बन्छ प्रदेश सरकार ?

December 22, 2017 Posted by Jhilko.com
कसरी बन्छ प्रदेश सरकार ?

काठमाडौं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपश्चात नेपालमा पहिलो पटक संघीयता कार्यान्वयनमा आएको छ । अब सातै प्रदेशमा सरकार बन्नेछन् । प्रदेशसभा प्रत्यक्षतर्फको मत परिणाम अनुसार २ नम्बर प्रदेशबाहेकका अन्य प्रदेशमा बाम गठबन्धनले सरकार बनाउनेछ । २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले (संसफो) अन्य दलसँग मिलेर सरकार बनाउने सम्भावना छ । सातवटै प्रदेशमा प्रत्यक्षतर्फ कुल ३३० सिटमा एमाले १६८ सिट, माओवादी ७३, कांग्रेस ४१, संसफो २४, राजपा १६ र अन्यले ८ सिटमा विजय प्राप्त गरेका छन...बाँकी

प्रदेश तर्फको समानुपातिकको सिट संभवत: आजै बाँडफाँट 

December 21, 2017 Posted by Jhilko.com
प्रदेश तर्फको समानुपातिकको सिट संभवत: आजै बाँडफाँट 

६ पौष, काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभा सदस्य निर्वाचनतर्फ समानुपातिकतको सिट आज बाँडफाँट गर्ने भएको छ।  निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन क्षेत्रबाट प्रारम्भिक रुपमा प्राप्त भएको तथ्याङ्क प्रशोधन भइरहेकोले तथ्याङ्क पुनः परीक्षण सकेर आजै सिट बाँडफाँटको तयारी रहेको पनि बताए। प्रदेश सभाका कुल ५५० सिट मध्ये २२० सिट समानुपातिक प्रणालीबाट छनौट हुनेछ भने प्रत्यक्ष तर्फको ३३० सिटको नतिजा यसअघि नै सार्वजनिक भइसकेको छ। समानुपातिकबाट प्रदेश १ मा ३७ सिट, प्रदेश २ मा ४३, प्रदे...बाँकी

प्रादेशिक संरचनाको कार्यान्वयनमा अझै जटिलता

December 21, 2017 Posted by Jhilko.com
प्रादेशिक संरचनाको कार्यान्वयनमा अझै जटिलता

काठमाडौं । संविधान कार्यान्वयनको महत्वपूर्ण पाटोको रुपमा रहेको संघ, प्रदेश र स्थानीय तहको निर्वाचन भएको छ । स्थानीय तहको संरचना र अधिकार विगतको स्थानीय निकायको भन्दा फरक भए पनि नेपालमा फरक ढंगले अभ्यास गरिएकाले धेरै जटिलता मानिएको छैन । पुरानो सोंच र संस्कारअनुसार स्थानीय तहलाई चलाउन खोज्दा समस्या परेकै छ । तर, नेपालमा पहिलो पटक प्रादेशिक संरचनाको कार्यान्वयन हुँदैछ । यसको कार्यान्वयनमा क्रममा थुप्रै जटिलता पैदा हुने संकेत देखिएको छ ।  दोस्रो चरणको निर्वाचन भएको मंसिर २१ गतेको बेलुकाबाटै...बाँकी

एकताबाट पर भाग्दै एमाले 

December 20, 2017 Posted by Jhilko.com
एकताबाट पर भाग्दै एमाले 

५ पौष, काठमाडौं । सोंचेभन्दा संसदमा बढी सिट ल्याएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) माओवादी केन्द्रसँगको एकताबाट टाढा जान खोजेको देखिदैंछ । माओवादी केन्द्रसँग सम्मानजनक एकताभन्दा पनि आत्मसमर्पण गराउने गुरुयोजनामा एमालेका एकथरि नेताहरु लागेका छन् ।  एमाले महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्ष, संसदीय दलको नेता र प्रधानमन्त्री एउटै व्यक्ति हुने जिकिर गरिरहेका छन् । यो भनेको माओवादी केन्द्रसँग यथोचित र सम्मानजनक कार्यविभाजन नभएर आत्मसमर्पण गराउने उनको धारणा रहेको प्रष्ट हुन्छ । ...बाँकी

राष्ट्रिय सभाको विवादले देउवालाई राहत

December 20, 2017 Posted by Jhilko.com
राष्ट्रिय सभाको विवादले देउवालाई राहत

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन सम्वन्धी कानुनको विषयमा उत्पन्न  विवादले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई निकै राहत भएको छ । निर्वाचनमा पार्टीले करारी हार बेहोर्ने वित्तिकै पार्टी पंक्तिबाट देउवाको राजीनामा माग गर्ने लहर नै चलेको थियो । खासगरी गगन थापा, धनराज गुरुङ लगायतको ठूलो युवा पंक्तिले सभापति देउवाको राजीनामा माग  गर्न थालेका थिए । गाउँ कमिटी, क्षेत्रीय कमिटी र जिल्ला कमिटीबाट नै सभापति देउवाले राजीनामा दिनुपर्ने प्रस्ताव पारित गराउने अभियान लिएर कांग्रेसका युवा न...बाँकी

एमाले–माओवादी केन्द्रबीचको एकता अझै अन्यौलमा

December 19, 2017 Posted by Jhilko.com
एमाले–माओवादी केन्द्रबीचको एकता अझै अन्यौलमा

नेपालमा हालै भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा बाम गठबन्धनले स्पष्ट बहुमत ल्याएसँगै नयाँ सरकारको स्वरुप र एकताका बारेमा औपचारिक/अनौपचारिक छलफल शुरु भएको छ । पहिलो हुने र समानुपातिक निर्वाचनमा वाम गठबन्धनको पक्षमा जनमत देखिएको छ । वाम गठबन्धनलाई सरकार सञ्चालन र नेपाली कांग्रेसलाई प्रतिपक्षमा बस्न जनमत प्राप्त भएको छ ।  अहिलेको चुनावले बाम गठबन्धनका एजेण्डा र व्यक्ति दुवैलाई नागरिकबाट अनुमोदन भएको छ । बाम गठबन्धनले बाम एकता अर्थात् एउटै कम्युनिष्ट पार्टी निर्माण र स्थिर सरकार मुख्य एजेण...बाँकी