categoryone

देउवाको रुटिन बदलियो

March 14, 2018 Posted by Jhilko.com
देउवाको रुटिन बदलियो

काठमाडौं । नयाँ सरकार गठन हुने वित्तिकै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले भारत भ्रमणको कोशिश गरे पनि अहिलेसम्म सफल हुन सकेका छैनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत केही प्रभावशाली नेतासँग भेटघाटको समय नमिलेका कारण प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान नसकेको कांग्रेस स्रोतले जनाएको छ ।  विगतमा प्रधानमन्त्री पदबाट मुक्त हुँदा देउवाले एउटा रुटिनलाई परम्परा बनाएका थिए । वालुबाटार छाड्ना साथ दुई साता जति टन्न रक्सी पिएर आफ्नो निवासमा बस्ने, दिउँसो समेत रक्सीले गन्हाउँदै...बाँकी

पहिलो चरणमै किन लडखडाएको सरकार ? 

March 13, 2018 Posted by Jhilko.com
पहिलो चरणमै किन लडखडाएको सरकार ? 

टीकाराम पगेनी प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को भ्रष्टाचारको विरोध र सुशासनको नारालाई जनताले कान निकै ठाडो पारेर सुनेका छन् । उनीहरु दुवै नेता राज्यको सम्पत्तिलाई दोहन गर्नेमा पर्दैनन् । र, उनीहरुको बोलीमा निकै ठूलो दम रहेको छ ।  प्रारम्भमा उनीहरुले बोले अनुसार अगाडि जानबाट लडखडाएकोे हो कि भन्ने आशंका गर्नुपर्ने अवस्था छ । ‘शक्तिशाली सरकार’ बनाउने लोभमा उनीहरुका प्रतिबद्धता लर्बराउन खोजेको त होइन ? आशंका गर्ने आधार छ ।  ...बाँकी

फेरि कम्युनिस्ट भिडाउने खेल

March 13, 2018 Posted by Jhilko.com
फेरि कम्युनिस्ट भिडाउने खेल

बादल–विप्लव आमने सामने ! विप्लव, प्रचण्ड र ओलीको घर खोज्दै ! प्रचण्डको घरमा नेकपाले पुर्जी टाँस्ने ! विप्लवलाई वारेण्ट काटियो ! बादल गृहमन्त्री हुनासाथ नेकपाका कार्यकर्तामाथि निगरानी ! नेकपा भूमिगत सशस्त्र विद्रोहको तयारीमा ! राप्ती पहाडमा नेकपाको सैन्य दस्ता ! यस्तै शिर्षक तथा आसयका समाचार प्रेषित गर्नु केही सञ्चारमाध्यमको आजकल दैनिकी जस्तै भएको छ । ती सञ्चारमाध्यमहरु माओवादीका पूर्व घटकहरुका वर्तमान समूह र व्यक्तिबीचको सम्बन्धलाई उत्तेजित बनाउन लागिपरेका छन् । ती सञ्चारमाध्यमले माओवाद...बाँकी

पूर्व उपसभामुखकै घरमा ‘बोक्सी’

March 13, 2018 Posted by Jhilko.com
पूर्व उपसभामुखकै घरमा ‘बोक्सी’

अमृता मगर गत बिहीबार अर्थात् ८ मार्चका दिन कैलालीको घोडाघोडी नगरपालिका ५ देउकलीकी १८ बर्षीया राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट भएको लज्जास्पद घटना अहिले भाइरल भएर सामाजिक सञ्जालमा छाइरहेको छ । र, यो घटनाले राष्ट्रिय बेइज्जती भएको छ । केन्द्र सरकारदेखि स्थानीय सरकार समेतको यसमा ध्यानाकर्षण भएको छ । घटनामा संलग्न अपराधीहरुको अहिले भागदौड चलेको छ । दोषीहरुलाई कडा कार्वाही हुनुपर्ने आवाज सर्वत्र उठिरहेको छ ।   सामाजिक सञ्जालमा नछाएको तर झण्डै यस्तै प्रकृतिको घटना ८ मार्चभन्दा ठीक चार...बाँकी

विनोद चौधरी, रामनारायण बिडारीहरुबाट देश रुपान्तरण होला ? 

March 08, 2018 Posted by Jhilko.com
विनोद चौधरी, रामनारायण बिडारीहरुबाट देश रुपान्तरण होला ? 

टीकाराम पगेनी स्थापना भएको झण्डै ७० बर्षपछि नेपाली शोषित पीडित श्रमजीवी जनताको सच्चा प्रतिनिधि नेपाल कम्युनिष्ट पार्टीको झण्डै दुई तिहाइको सरकार बनेको छ । कुनै पनि प्रकारका शोषण दमनका बिरुद्ध कानुन बनाउन लागू गर्न जनतालाई सुशासन दिने कार्यभार बहन गर्ने अहम र महत्वपूर्ण भूमिका र जिम्मेवारी वाम सरकारले प्राप्त गरेको बर्तमान सन्दर्भमा जनताका दैनिकी गुजारा गर्ने तहका न्युनतम आधारभूत आबश्यकता परिपुर्ति गर्ने, गाँस, बास कपास, स्वास्थ्य, शिक्षामा धेरै काम गर्न आबश्यक छ । बिदेशमा भएको कालोधन राष्ट्...बाँकी

महिला मुक्तिको समर्पित दिवस

March 08, 2018 Posted by Jhilko.com
महिला मुक्तिको समर्पित दिवस

प्रत्येक वर्ष संसार भरमा ८ मार्चका दिन अन्तर्राष्ट्रिय महिला दिवसका रुपमा मनाइन्छ । विश्वभरमा यस दिवसलाई महिलाले आफ्नो मुक्तिको समर्पित दिवसका रुपमा मनाउँछन् । महिलाको संघर्षको प्रतिकका रुपमा मनाउँछन् । दमन, उत्पीडन, असमानताको विरोधको रुपमा यस दिवसलाई मनाइन्छ ।   पँुजीको नाममा हुने लूटका विपक्षमा महिलाहरुले आन्दोलन गरेको स्मरणमा यो दिवस मनाउन प्रारम्भ गरिएको हो । अहिले यो दिवसलाई महिलाको राजनीतिक अधिकारका लागि संघर्ष, पितृसत्तात्मक उत्पीडिनका विरुद्धको संघर्षको रुपमा पनि यसलाई मनाइने गरि...बाँकी

एमाले–माओवादीको सांसदलाई निर्देशन: सुरु कि अन्त्य ?

March 07, 2018 Posted by Jhilko.com
एमाले–माओवादीको सांसदलाई निर्देशन: सुरु कि अन्त्य ?

एमाले–माओवादी पार्टी एकता प्रक्रिया अन्तर्गत शनिवार सांसद्को संयुक्त भेलामा अध्यक्ष केपी ओली र प्रचण्डले नयाँ सोँच र शैलीबाट चल्न निर्देशन दिए । भेलामा पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ्ले सांसद्को भूमिकाका बिषयमा प्रशिक्षण दिए । एमाले–माओवादीका २ सय १४ सांसदमा अधिकांश नयाँ भएकाले प्रशिक्षणमुलक भेला आयोजना गरेका हुन । संसदीय अभ्यासमा खारिएका नेम्वाङको प्रशिक्षण सांसद्का लागि निकै रोचक बन्यो । उनले मसिना बिषय र प्रसंग सांसदका लागि मननयोग्य थिए । उनी भन्दै थिए, शून्य समय के हो ? ढ्या...बाँकी

विदेशीको चासो बढ्नु जोखिम 

March 06, 2018 Posted by Jhilko.com
विदेशीको चासो बढ्नु जोखिम 

अञ्जली राई पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासी दुई दिने नेपाल भ्रमणमा सोमबार आए । प्रधानमन्त्री केपी ओलीलाई बधाई दिन र दक्षिण एशियाली सहयोग संगठन (सार्क) को शिखर सम्मेलन आयोजनाबारे छलफल गर्न उनी नेपाल भ्रमणमा आएका हुन् ।  अब्बासीको नेपाल भ्रमण ओली प्रधानमन्त्री हुनु वित्तिकै भएको छ । उनी ओलीलाई भेटेर बधाई दिन नेपाल आएका बताइएको छ । पाकिस्तानले यो भन्दा अगाडि नेपालका नवनियुक्त प्रधानमन्त्रीलाई भेटेर बधाई दिएको छैन । तर, यसपल्ट पाकिस्तानी प्रधानमन्त्रीले नेपाल भ्रमण गरी नयाँ प...बाँकी

ओली सरकारको सकारात्मक पाइला

March 06, 2018 Posted by Jhilko.com
ओली सरकारको सकारात्मक पाइला

वाम गठबन्धनले पहिलो पटक दुई तिहाइको समर्थनमा सरकार बनाएको छ । विशेश्वरप्रसाद कोइरालाको नेतृत्वमा बि.सं २०१५ सालमा नेपाली कांग्रेसको सरकार जस्तै केपी शर्मा ओलीको नेतृत्वमा वामपन्थी सरकार बनेको छ । जनताको अपार समर्थन प्राप्त सरकार हुन यी । तत्कालीन बी पी कोइरालाको नेतृत्वको सरकार लामो समय टिकेन । जनविश्वासलाई निरन्तर कायम गर्ने गरी ढंगले जान नसक्ने हो भने ओली सरकार पनि राजनीतिक दुर्घटनामा पर्नसक्छ । २०१७ सालमा गुमेको अवसरलाई नेपाली कांग्रेसले २०४८, २०५६ मा केही हदसम्म पुनस्र्थापित ग¥यो तर वाम...बाँकी

वार कि पारको लडाईमा रामचन्द्र पौडेल

February 28, 2018 Posted by Jhilko.com
वार कि पारको लडाईमा रामचन्द्र पौडेल

काठमाडौं । सर्वसम्मत रुपमा संसदीय दलको नेता निर्वाचित गर्ने आफ्नो प्रयास पार्टी सभापति शेरवहादुर देउवाले नमानेको भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल वार कि पारको लडाईंमा उत्रेका छन् ।  महामन्त्री डा. शशांक कोइरालालाई सर्वसम्मत संसदीय दलको नेता बनाउन पौडेलले प्रस्ताव राखेका थिए । यो प्रस्तावमा प्रकाशमान सिंह लचक देखिए पनि सभापति देउवा नमानेका कारण पौडेलले सतहमै आएर आक्रोस प्रकट गरेका छन् ।  फागुन १३ गते आइतबार बसेको केन्द्रीय समितिको बैठकमा पौडेलले सभापति देउवालाई संस...बाँकी